नेपालले किनेको खोप कहिले आउँछ? भारतीय राजदूतले जवाफै दिएनन्


विचार
आयोमेल संवाददाता
‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक…

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक

आयोमेल संवाददाता
गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट

आयोमेल संवाददाता
सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता


कोरोना व्यवस्थापन तथा उपचारका लागि भारतले नेपाललाई १ सय ५० बेडको आईसीयु सहयोग गरेको छ।

स्वास्थ्य मन्त्रालयमा एक आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई १ सय ५० बेड आईसीयु हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा पत्रकारहरूले राजदूत क्वात्रालाई नेपालले भारतसँग किनेको खोप कहिले पाउँछ? भनेर सोधेका थिए तर उनले त्यसको जवाफ दिएनन्। बरू उनले घुमाएर उनले अहिलेको आवश्यकता खोपसँगै स्वास्थ्य सामग्री र स्वास्थ्य संरचनाहरू भएको बताए।

नेपालले भारतसँग कोभिसिल्ड २० लाख खरिद गरेको थियो। तर, हालसम्म १० लाख डोज मात्रै प्राप्त भएको छ।

भारतको सेरम इन्स्टिच्युट अफ इण्डियासँग नेपालले खरिद गरेको १० लाख किन प्राप्त नभएको भन्ने प्रश्नमा क्वात्राले यसबारे भने स्पष्ट जवाफ दिएनन्।

क्वात्राले पहिला पनि भारतमा खोप तयार भएको ४–५ दिनमा नेपाललाई १० लाख खोप उपलब्ध गराएको बताए। ‘त्यो खोप तयार भएको ५-७ दिनमै नेपाल आइपुगेको थियो’ उनले भने ‘कोरोनाविरुद्धको यो लडाइँ हामी सबै मिलेर लड्नुपर्छ।’

सबै मिलेर मात्र कोरोनालाई हराउन सकिने उनको भनाई थियो।

हालसम्म नेपालमा १४ लाखभन्दा बढी नागरिकले कोभिसिल्डको दोस्रो डोज पाएका छैनन्।

विश्व स्वास्थ्य संगठनको सहजीकरणमा खोप सञ्जाल (कोभ्याक्स)  सुविधाअन्तर्गत जापनाले नेपाललाई अस्ट्राजेनिकाको खोप १६ लाख उपलब्ध गराउने घोषणा गरेको छ।

उक्त खोप उपलब्ध भएपछि सरकारले दोस्रो मात्रा लगाउन बाँकी भएकाले दिने तयारी गरेको छ।

हस्तान्तरण कार्यक्रममा मन्त्री कार्कीले नेपालको समृद्धिमा सहयोग गर्न भारतलगायतका छिमेकी देशहरुलाई आग्रह गरे। नेपाल भारतबीचको सम्वन्ध ऐतिहासिक रहे्को भन्दै यसलाई कायम गर्नका लागि पनि एक अकाबीच सहयोग आदानप्रदान हुने गरेको बताए।

भारतीय राजदूत क्वात्राले दुई देशबीचको सदिऔँ पुरानो विशिष्ट सम्वन्ध रहेकाले नेपाली जनतालाई कोभिड १९ को संकटबाट जोगाउन भारतले सक्दो सहयोग गरेको बताए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक आज दिउँसो ३ बजेका लागि तय गरिएको थियो।

गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट नगरपालिका-४ स्थित दोभान भन्ने स्थानमा लु १ ज ४५५९ नम्बरको

सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय बाँडफाँटको जिम्मा…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच तत्काल मन्त्रिपरिषद विस्तार गर्ने सहमति जुटेको

राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी संग्रहालयको उद्घाटन (फोटो फिचर)

सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण सम्पन्न गरेको युद्ध संग्रहालयको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन्। संग्रहालयको उद्घाटनका लागि राष्ट्रपति भण्डारी हेलिकप्टरमार्फत