पाकिस्तानका लागि अफगानी राजदूतकी छोरी अपहरण गरेर कुटपिट


विचार
आयोमेल संवाददाता
‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक…

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक

आयोमेल संवाददाता
गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट

आयोमेल संवाददाता
सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता


पाकिस्तानका लागि अफगानिस्तानका राजदूत नजिबुल्लाह अलिखेलकी छोरीलाई हतियारधारी एउटा समूहले अपहरण गरेर कुटपिट गरेका छन्।

अपहरणका क्रममा राजदूतकी छोरी उनीहरूसँग लडेर भागेकी थिइन्।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सुरक्षा नियकालाई ४८ घण्टाभित्र घटनाबारे सम्पूर्ण विवरण पेश गर्न भनेका छन्।

घटनापछि अफगानिस्तानका राजदूत नजिबुल्लाह अलिखेलले भने आफ्नी छोरी अपहरणमा परेको बताएका छन्। उनले ट्विट गर्दै भनेका छन् ‘शनिबार इस्लामावादमा मेरी छोरीलाई अपहरण गरियो र उनिमाथि कुटपिट गरियो। तर भगवानको कृपाले छोरी त्यहाँबाट भाग्न सफल भइन्। अहिले उनी ठिक छिन्। यो अमानवीय काम हो।’                          

अफगानिस्तानका पूर्व राष्ट्रपति हामिद करजइले पनि ट्विट गर्दै घटना निकै दुर्भाग्यपूर्ण भएको भन्दै घटनाको तत्काल छानबिन गर्न र दोषीमाथि कारबाही गर्न पाकिस्तान सरकारसँग माग गरेका छन्।

प्रहरीका अनुसार बजारमा किनमेल गर्न गएकी राजदूतकी छोरी सिलसिला अलिखेललाई हतियारधारी एउटा समूहले अज्ञात ठाउँमा लगेको थियो।

उनी आफ्नो भाइका लागि केही उपहार खरिद गर्न बजार गएकी थिइन् र फर्किनका लागि एउटा ट्याक्सी रोकिन्। उनी त्यो ट्याक्सीमा चढ्दै गर्दे केही अपरित व्यक्तिहरूमा त्यसमा चढे। तर उनले त्यसको विरोध गरिन्।

त्यसपछि ती व्यक्तिहरूले उनको मुख बन्द गरिदिए। जसका कारण उनी बेहोस् भइन्।

त्यसपछि ब्यूँझिदा उनी एउटा जंगलमा थिइन्।

अफगानिस्तानले पाकिस्तानमाथि तालिवानलाई सहयोग गरिरहेको आरोप लगाएको छ। यही कारण अहिले दुबै देशका नेताबीच ‘वाकयुद्ध’ चलिरहेको छ।

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएसँगै त्यहाँको सुरक्षास्थिति गम्भिर भएको छ। तालिवानले अफगानिस्तानका धेरै स्थानमा आफ्नो कब्जा जमाउन थालेको छ।

शुक्रबार दक्षिण एशिया सम्पर्क सम्मेलनमा अफगानिस्तानका राष्ट्रपति असरफ गनीले आफ्नो छेउमै बसेका छिमेकी पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई इंगित गर्दै पाकिस्तानले आतंकवादीसँग सम्बन्ध नतोडेको र तालिवानलाई समेत सहयोग गरिरहेको आरोप लगाएका थिए।

उनले पाकिस्तानबाट १० हजार भन्दा धेरै आतंकवादी लडाकु अफगानिस्तान भित्रिएको समेत आरोप लगाएका थिए। एजेन्सीकाे सहयाेगमा


प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक आज दिउँसो ३ बजेका लागि तय गरिएको थियो।

गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट नगरपालिका-४ स्थित दोभान भन्ने स्थानमा लु १ ज ४५५९ नम्बरको

सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय बाँडफाँटको जिम्मा…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच तत्काल मन्त्रिपरिषद विस्तार गर्ने सहमति जुटेको

राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी संग्रहालयको उद्घाटन (फोटो फिचर)

सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण सम्पन्न गरेको युद्ध संग्रहालयको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन्। संग्रहालयको उद्घाटनका लागि राष्ट्रपति भण्डारी हेलिकप्टरमार्फत