फेरियो जसपाको समीकरण : संसदीय दलमा पनि उपेन्द्रको बहुमत!


विचार
आयोमेल संवाददाता
सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता

आयोमेल संवाददाता
राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी संग्रहालयको उद्घाटन (फोटो फिचर)

सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण सम्पन्न गरेको युद्ध संग्रहालयको राष्ट्रपति विद्यादेवी

आयोमेल संवाददाता
बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ। बैठकमा मन्त्रिपरिषद


काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्षका ६ सांसद अर्का अध्यक्ष उपेन्द्र यादवतिर खुलेका छन्।

शनिबार बालकुमारीस्थित पार्टी कार्यालयमा बोलाएको संसदीय दलको बैठकमा महन्थ पक्षीय सांसदहरू उपेन्द्रतिर खुलेका छन्।

यसअघि महन्थ पक्षमा रहेका प्रमोद साह, अमृता अग्रहरी, नरमाया ढकाल, रूही नाज र दुलारीदेवी खत्बे अध्यक्ष यादवले बोलाएको संसदीय दलको बैठकमा सहभागी भएका छन्।

६ जना सांसदले कित्ता परिवर्तन गरेपछि प्रतिनिधिसभाका ३२ मध्ये १८ सांसद उपेन्द्र समूहमा पुगेका छन् भने महन्थ पक्षमा १४ जना रहेका छन्।

उपेन्द्र पक्षका एक नेताले महन्थ समूहबाट थप एकजना आउने कुरा भइरहेको दाबी गरेका छन्। तर, ती सांसदको नाम उनले उल्लेख गर्न चाहेनन्।

‘६ जना माननीयज्यू त खुलेरै आइसक्नु भएको छ,’ आयोमेलसँग ती नेताले भने, ‘थप एकजना आउने कुरा भइरहेको छ। आइसकेपछिमात्रै नाम सार्वजनिक गरौं।’

राष्ट्रियसभामा पनि उपेन्द्र पक्ष बहुमतमा देखिएको छ।

जसपाका तीन राष्ट्रियसभा सदस्यमध्ये मृगेन्द्रकुमार सिंह यादव र रञ्जु यादव उपेन्द्रतिर छन् भने एकजना शेखर सिंहमात्र महन्थ पक्षमा छन्।

यसअघि पार्टीभित्र विवाद उत्कर्षमा पुगेको बेला भक्तपुरको डोलेश्वर रिसोर्टमा बसेको महन्थ पक्षको बैठकले २० जना सांसदको समर्थनमा राजेन्द्र महतोलाई संसदीय दलको नेता बनाएको थियो।

यसैगरी केन्द्रीय कार्यकारिणी समितिमा पनि उपेन्द्र पक्षमा दुईजना थप भएका छन्। यसअघि महन्थ पक्षतिर रहेका गोविन्द चौधरी र अमृता अग्रहरी कार्यकारिणी समितिमा थपिएका छन्।

दुईजना थप भएपछि केन्द्रीय कार्यकारिणी समितिमा उपेन्द्र पक्षको संख्या ३२ पुगेको छ। जसपाको केन्द्रीय कार्यकारिणी समिति ५२ सदस्यीय छ।

कसले पाउला आधिकारिकता?

निर्वाचन आयोगमा जसपा आधिकारिकतासम्बन्धी विवाद सुनुवाइ हुनु एक दिनअघि जसपाको आन्तरिक समीकरण फेरिएको छ।

आधिकारिकताको दाबी गर्दै अध्यक्ष यादवले निर्वाचन आयोगमा पेश गरेको निवदेनमाथि आइतबारदेखि सुनुवाइ सुरू हुँदैछ।

केन्द्रीय कार्यकारिणी समिति र संसदीय दल गरी दुवै ठाउँमा बहुमत पुगेपछि आफूहरूले आधिकारिकता पाउने दाबी उपेन्द्र पक्षको छ।

‘प्रतिनिधिसभा विघटित भएको अवस्थामा कार्यकारिणी समितिलाई आधार बनाएर हामीले आधिकारिकताको दाबी पेश गरेका हौं,’ जसपा नेता राजेन्द्र श्रेष्ठ भन्छन्,‘दलमा पनि हाम्रो बहुमत पुगेको छ। आधिकारिकता हामीले ने पाउँछौं।’

शनिबार बसेको संसदीय दलको बैठकमा सनाखत नै गर्नपर्ने अवस्था आए आफूहरू निर्वाचन आयोगमा उपस्थित हुन तयार रहेको महन्थ पक्ष छोडेर उपेन्द्रतिर आएका सांसदहरूले बताएका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय बाँडफाँटको जिम्मा…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच तत्काल मन्त्रिपरिषद विस्तार गर्ने सहमति जुटेको

राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी संग्रहालयको उद्घाटन (फोटो फिचर)

सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण सम्पन्न गरेको युद्ध संग्रहालयको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन्। संग्रहालयको उद्घाटनका लागि राष्ट्रपति भण्डारी हेलिकप्टरमार्फत

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ। बैठकमा मन्त्रिपरिषद विस्तार, सरकारका न्यूनतम साझा कार्यक्रमलगायत समसामयिक राजनीतिमाथि छलफल भइरहेको बताइएको

भारतमा पुन: बढ्न थाल्यो कोरोना संक्रमण

भारतमा कोरोना संक्रमण पुन: बढ्न थालेको छ। नयाँ भेरियन्टले भारतमा केही समययता सुस्त बन्न लागेको संक्रमणलाई पुन: बढाउँदै लगेको छ।