चीनबाट जोगिने ताइवानको हतियार ‘सिलिकन शिल्ड’


विचार
आयोमेल संवाददाता
सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता

आयोमेल संवाददाता
राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी संग्रहालयको उद्घाटन (फोटो फिचर)

सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण सम्पन्न गरेको युद्ध संग्रहालयको राष्ट्रपति विद्यादेवी

आयोमेल संवाददाता
बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ। बैठकमा मन्त्रिपरिषद


चीनबाट जम्मा १८० किलोमिटरको दूरीमा रहेको ताइवाइन। यहाँको भाषा चाइनिज हो, यहाँका पूर्खा पनि चिनियाँ नै हुन्। तर यहाँ चीनको भन्दा अलि फरक राजनीतिक व्यवस्था छ। त्यही नै चीन र ताइवानबीच दुश्मनीको प्रमुख कारण हो।

ताइवान खाडीको एकातिर १३० करोड भन्दा धेरै जनसंख्या भएको चीन छ। जहाँ एकदलीय कम्युनिस्ट शासन छ। अर्कोतिर ताइवानमा जम्मा दुई करोड तीस लाखमात्रै जनसंख्या छ। अनि त्यहाँ पूर्णत: लोकतान्त्रिक व्यवस्था छ।

चीन र ताइवानबीच १९४९ देखि नै विवाद चल्दै आएको छ। जसका कारण पूरै विश्वले अझै पनि ताइवानलाई पूर्ण स्वतन्त्र राष्ट्रका रुपमा लिँदैनन्। विश्वका करिब १५ देशले मात्रै ताइवानको स्वतन्त्र अस्तित्व स्विकार गर्छन्।

चीनका लागि तताइवान उसँग अलग भएको एउटा सानो टुक्रा हो। अनि चीनले ताइवानलाई एक विद्रोही प्रान्तका रुपमा लिन्छ। २००५ मा चीनले एउटा पृथकतावाद विरोधी कानुन पास गरेको थियो। जसले ताइवानलाई चीनमा बिलिन गर्नका लागि पूरा अधिकार दिन्छ।

यो कानुनअनुसार ताइवानले आफूले आफूलाई एउटा स्वतन्त्र राष्ट्र घोषणाको प्रयास गर्‍यो भने चिनियाँ सेनाले ताइवानमाथि आक्रमण गर्नसक्ने अधिकार छ। वर्षौंदेखिको तनाव र धम्कीका बावजुद ताइवानले एउटा यस्तो रणनीति लिएको छ जसले उसलाई चीनको आक्रमणबाट बचाउन सक्छ।

के हो सिलिकन शिल्ड?

ताइवानको यो रणानीतिले ‘सिलिकन शील्ड’का रुपमा काम गर्नसक्छ। ताइवानका लागि यो एक प्रकारको हतियारजस्तै हो जो अरू कुनै पनि देशले सजिलै बनाउन सक्दैनन्।

यो ताइवानको एउटा त्यस्तो महत्वपूर्ण उद्योग हो जसमाथि लडाकु बिमान देखि सोलार प्यानलसम्म अनि भिडियो गेमदेखि मेडिकल उपकरणको उद्योगसम्म निर्भर छन्।

सिलिकन शील्ड– प्रोटेक्टिङ ताइवान अगनेस्ट अट्याक प्रम चाइना’ शीर्षकको किताबमा पत्रकार क्रेग एडिशनले यो शब्दलाई निकै शक्तिशाली रुपमा उठाएका छन्।

‘यसको मतलव ताइवान एडभान्स सेमिकन्डक्टर चिप्स उत्पादन गर्ने विश्वको सबैभन्दा अग्रणी देश हो। त्यसैका कारण पनि चीनले उसमाथि आक्रमण गर्न सक्दैन’ उनले भनेका छन्।

क्रेगका अनुसार यो विश्वमा यो युद्धको असर यतिधेरै हुनेछ कि चीनले त्यसको मूल्य चुकाउनै सक्दैन।

विश्वका अरु देशजस्तै चीन पनि ताइवानमै उत्पादन हुने त्यही चिप्समै निर्भर छ। यो एउटा त्यस्तो ‘चिप्प’ हो जसले सारा विश्वको प्रविधिलाई थेगेको छ। यो चिप्स सिलिकनबाट बनेको हुन्।

चीन र ताइवानबीचको यो शीत युद्ध एकप्रकारको म्यूचुअल एस्योर्ड डिस्ट्रक्सन सिद्धान्तमा अडिएको छ। यसको मतलव हुन्छ दुबैको वर्वादी निश्चित। ताइवान खाडीमा सैन्य कारबाहीको असर यति व्यापक हुनेछ कि चीन या अमेरिका पनि त्यसबाट बच्न सक्दैनन्।

यस्तोमा ‘सिलिकन शिल्ड’ एउटा यस्तो सुरक्षा कवच हुनसक्छ जसले ताइवानलाई चिनियाँ सेनाको आक्रमणबाट बचाउन सक्छ। क्रेग भन्छन्– ताइवानमाथि आक्रमणको मूल्य यति भारी हुनेछ कि चीनले आक्रमणअघि पटकपटक सोच्नुपर्ने हुनसक्छ।

चीनले पटक पटक धम्की दिइरहन्छ कि ताइवानलाई उसले आफ्नो शक्तिमार्तफ चीनमै बिलीन गर्नसक्छ। तर चीनले अहिलेसम्म ताइवानमाथि सैन्य कारबाही गर्न सकेको छैन। त्यसको स्पष्ट कारण हो – सिलिकन शिल्ड।

सारा दुनियाको प्रविधिक उपकरणहरूको चलाउने त्यो ‘चिप’को महत्व उति धेरै नभइदिएको भए चीनले अहिलेसम्म ताइवानमाथि कब्जा जमाइसकेको हुनेथियो।

१९९६मा ताइवानको सिमानामा केही तनाव उत्पन्न भएको थियो। त्यो बेला अमेरिकाले आफ्ना दुई लडाकु बिमान ताइवानको सहयोगका लागि पठाएको थियो। त्यो मध्ये एउटा बिमानले क्षेप्यास्त्र प्रहारसमेत गर्नसक्थ्यो।

अटोमोटिव क्षेत्रमा सेमिकन्डर चिप्सको एक चौथाई माग ताइवानले पूर्ति गर्दै आएको छ। यो चिपबिना माेबाइल-ल्यापटपदेखि लडाकु बिमानसम्मका कुनै पनि विद्युतीय सामान चल्न सक्दैनन्।

एउटा सत्य त के पनि हो भने प्रविधिको क्षेत्रमा कुनै पनि देश पूर्णरुपमा आत्मनिर्भर हुन सक्दैन। त्यसमाथि पनि यो सेमिकन्डक्टरको मामलामा त झन् धेरैले सोच्न पनि सक्दैनन्। बितेको दशकभरि यस्ता उद्योगहरूको खडेरी नै छ।

खासमा यसकाे डिजाइन अमेरिकामा तयार हुन्छ। तर त्यसको सबैभन्दा धेरै उत्पादन ताइवानमा हुन्छ। त्यसको असेब्लिङ तथा टेस्टिङमात्रै चीन वा दक्षिण पूर्वी एशियाली राष्ट्रहरूमा हुन्छ। अमेरिकी सेनाका लडाकु बिमानहरूको मुख्य प्राविधिक चिजहरू नै ताइवानसँग छ।

करिब डेढ वर्षदेखिको कोरोना महामारीका कारण विश्वमा धेरै आर्थिक मन्दी भयो। तर प्रविधिले यति धेरै फड्को कि यो अब आम मान्छेकाे आधारभूत आवश्यकता जस्तै हुन थालेकाे छ। यही बेला यो ‘चिप’काे माग पनि खुब भयाे। त्यसकाे माग थेग्नका लागि ताइबानले केही नयाँ प्लान्टहरूमा लगानी गर्ने घाेषणा गरेकाे छ। तर त्यसकाे शुत्र भने उसले कसैले दिन चाहेकाे छैन।

बिबिसीकाे सहयाेगमा


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय बाँडफाँटको जिम्मा…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच तत्काल मन्त्रिपरिषद विस्तार गर्ने सहमति जुटेको

राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी संग्रहालयको उद्घाटन (फोटो फिचर)

सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण सम्पन्न गरेको युद्ध संग्रहालयको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन्। संग्रहालयको उद्घाटनका लागि राष्ट्रपति भण्डारी हेलिकप्टरमार्फत

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ। बैठकमा मन्त्रिपरिषद विस्तार, सरकारका न्यूनतम साझा कार्यक्रमलगायत समसामयिक राजनीतिमाथि छलफल भइरहेको बताइएको

भारतमा पुन: बढ्न थाल्यो कोरोना संक्रमण

भारतमा कोरोना संक्रमण पुन: बढ्न थालेको छ। नयाँ भेरियन्टले भारतमा केही समययता सुस्त बन्न लागेको संक्रमणलाई पुन: बढाउँदै लगेको छ।