देउवाले किन पाएनन् छिमेकीको बधाइ?


विचार
आयोमेल संवाददाता
व्यवसायीलाई मन्त्री बनाउँदैमा विरोध गरिहाल्नु पर्दैन : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले व्यवसायीलाई मन्त्री बनाउँदैमा असन्तुष्टि र विरोध गर्न

आयोमेल संवाददाता
गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा

आयोमेल संवाददाता
‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक…

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक


काठमाडौं
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको भोलिपल्टै भारतीय राजदूत विनयमोहन क्वात्राले बुढानीलकण्ठस्थित निजी निवासमा गएर भेटे। बधाइ र सफल कार्यकालको शुभकामना दिए। भेटपछि ‘इण्डियाइन नेपाल’को ट्वीटर ह्याण्डलबाट क्वात्राले देउवालाई फुलको गुच्छा दिइरहेको तस्बिर सार्वजनिक भयो।

अमेरिकी राजदूत र्‍याण्डी बेरीले पनि त्यही दिन देउवालाई बुढानीलकण्ठमै भेट गरे र बधाइ दिए।

देउवा प्रधानमन्त्रीमा नियुक्त भएको चार दिनपछि नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले देउवालाई बालुवाटारमा गएर भेटिन् र शुभकामना तथा बधाई दिइन्। औपचारिक जवाफमा देउवाले भने–नेपाल र चीनबीचको सम्बन्ध थप सुदृढ बनाउन प्रतिबद्ध छु।
सरसर्ति हेर्दा लाग्छ–नेपालका नयाँ प्रधानमन्त्रीलाई तीनै शक्तिमुलुकले बधाइ दिए।

तर वास्तविकता भने अलिक फरक छ।

विगतमा नेपालमा नयाँ प्रधानमन्त्री नियुक्त भएपछि छिमेकी मुलुक तथा मित्र राष्ट्रका सरकारप्रमुखहरुले बधाइ दिँदै सफल कार्यकालको शुभकामना दिन्थे। नियुक्त हुनेबित्तिकै देखि लिएर २४ घण्टाको अवधिसम्म त्यस्ता सन्देश आइसक्थे। यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केपी ओली प्रधानमन्त्रीमा नियुक्त भएकै दिन राति साढे १० बजे फोन गरेर बधाइ दिँदै आफू ओलीलाई स्वागत गर्न प्रतिक्षारत रहेको बताएका थिए।

सर्वोच्च अदालतको २८ फागुनको परमादेशबाट प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवालाई अहिलेसम्म भारत, चीन तथा अमेरिका गरी तीनै मुलुकका राष्ट्र तथा सरकारप्रमुखहरुले बधाइ सन्देश पठाएका छैनन्। उनीहरु मौन छन्।

‘यो सामान्य कूटनीतिक शिष्टाचारविपरीत हो,’ राजनीतिशास्त्री दीपक गजुरेल भन्छन्, ‘यसरी कुनै मुलुकका राजदूतले नेपालका प्रधानमन्त्रीलाई भेटेर र हात मिलाएर मौखिक रुपमा बधाइ छ भन्नु हाम्रो अपमान हो।’

यसअघि नेपालमा प्रधानमन्त्री नियुक्त हुँदा छिमेकी मुलुकका अतिरिक्त युरोपेली युनियन, अमेरिका, क्यानडा, सार्कमुलुकका सरकार प्रमुखको बधाइको ओइरो लाग्ने गरेको सन्दर्भ उल्लेख गर्दै उनले भने, ‘अहिले कुनै पनि सरकारप्रमुखले बधाइ पठाएको समाचार आएको छैन, राजदूतले भेटेर व्यक्तिगत रुपमा मौखिक बधाइ दिनु कूटनीतिक हिसाबले हाम्रो अपमान हो, नेपाल र नेपालका शासकहरुलाई देशको रुपमा मान्यता दिएनन् भन्ने अर्थ लाग्छ कूटनीतिमा।’

कूटनीति सञ्चालनमा विगतमा गरिएका क्रियाकलापकै कारण यस्तो परिस्थिति सिर्जना भएको उनको भनाइ छ। केही समयअघि राष्ट्रपति विद्यादेवी भण्डारीले केही राष्ट्रप्रमुखलाई चिठी लेखेर खोप दिन आग्रह गरेको विषय सार्वजनिक हुँदा पनि कूटनीतिक वृत्तमा आलोचना भएको थियो।

गजुरेलका अनुसार अन्तर्राष्ट्रिय समुदायमा अध्ययन नगरी जथाभावी बोल्ने, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीकै नीतिगत भनाइ पनि अलग–अलग हुनेजस्ता व्यवहारका कारण पनि नेपाल कूटनीतिक रुपमा कमजोर भएको हो।

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख प्रेम खनाल अदालतको आदेशबाट गठित वर्तमान सरकारको आयु नै अनिश्चित भएकाले पनि छिमेकी मुलुक तथा मित्रराष्ट्रहरुले बधाइ दिन हतार नगरेको तर्क गर्छन्।

‘यो अदालतको आदेशबाट गठित सरकार हो, यसले एक महिनाभित्र विश्वासको मत प्राप्त गर्नुपर्ने छ र कसरी प्राप्त गर्छ भन्ने नै अनिश्चित छ, यसको स्थायीत्वको ग्यारेन्टी छैन, छिट्टै चुनावमा जाने अवस्था आयो भने दीर्घकालीन नीतिगत निर्णय लिन सक्दैन, त्यसकारणले पनि बधाइ दिन हतार नगरेको हुनसक्छ,’ उनले भने।

चुनावबाट गठित बहुमतप्राप्त सरकार या स्थिर सरकार भएको भए तत्काल बधाइ आउने अवस्था हुने उनको भनाइ छ।

उनका अनुसार अरु देशले गर्ने सम्मान देशभित्रको अवस्थामा पनि भर पर्छ। २०६२/०६३ को दोस्रो जनआन्दोलनपछि गठित सरकारको नेतृत्व गरेर गिरिजाप्रसाद कोइराला भारत भ्रमणमा जाँदा त्यहाँका प्रधानमन्त्री नै विमानस्थलमा रिसिभ गर्न आउने परिस्थिति देशको अवस्थाले सिर्जना भएको उल्लेख गर्दै उनले भने, ‘देशभित्रकै शक्ति बलियो अवस्थामा छैनन् र साना–साना कुरामा झगडा गरिबस्छन् भने अरुले पनि रेस्पेक्ट गर्दैनन्।’


प्रतिक्रिया दिनुहोस्
थप समाचार
व्यवसायीलाई मन्त्री बनाउँदैमा विरोध गरिहाल्नु पर्दैन : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले व्यवसायीलाई मन्त्री बनाउँदैमा असन्तुष्टि र विरोध गर्न जरूरी नरहेको बताएका छन्। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको

गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल सरकारमा सहभागी…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा नजाने भएको छ। आज बिहान बालुवाटारमा बसेको गठबन्धन बैठकमा सो

‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक आज दिउँसो ३ बजेका लागि तय गरिएको थियो।

गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट नगरपालिका-४ स्थित दोभान भन्ने स्थानमा लु १ ज ४५५९ नम्बरको