राष्ट्रलाई समृध्द बनाउने हो भने

श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं


विचार
आयोमेल संवाददाता
‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक…

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक

आयोमेल संवाददाता
गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट

आयोमेल संवाददाता
सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता


संसारभरि जुनसुकै क्षेत्र र विषयको विकास गर्न थुप्रै किसिमका भौतिक साधन र स्रोत आवश्यकता पर्दछ। ती यावत साधन र स्रोत परिचालन गर्न पुन: मानव स्रोत नै अपरिहार्य हुन्छ। मानव स्रोत भएमात्र उपलब्ध साधन स्रोत उपयोग गर्न सकिन्छ। तर, साधन र स्रोत अभावलाई मानव स्रोतले नै परिपूर्ति गर्न सक्दछ, त्यो चाहे उत्पादन गरेर होस्, उत्खनन गरेर होस्, आयात गरेर होस् या त कृत्रिमरूपमा सिर्जना गरेर नै किन नहोस्। यसर्थ सम्पूर्ण साधन स्रोतका तुलनामा मानव साधनकै अहम् महत्व रहेको पुष्टि हुन्छ।

नेपालको जनसांख्यकी (Demography of Nepal) :
नेपालको पछिल्लो जनगणना २०६८ अनुसार कूल जनसंख्या २ करोड ६८ लाख छ र जनसंख्या वृध्दिदर ३.६८ प्रतिशत प्रक्षेपण गरिएको छ। सोही जनगणनाअनुसार २० देखि ४५ वर्ष उमेर समूहका जनता ४३ लाख ८० हजार ७ सय ९ छ। वृध्दिदर ३.६८ प्रतिशतलाई आधार मान्ने हो भने हाल नेपालको कूल जनसंख्या करिब ३ करोड ७० लाख हुन आउँछ भने २० वर्षदेखि ४५ वर्ष उमेर समूहको संख्या करिब ६० लाख हुन्छ। यसरी कूल जनसंख्याको १६.३४ प्रतिशत २० देखि ४५ वर्ष उमेर समूहको हुन्छ। जुनसुकै मुलुकको उत्पादनशील जनसंख्या यही उमेर समूह हो। हातपाखुरा खियाउँदै बल, विद्या र बुध्दि प्रयोग गरी राष्ट्रिय उत्पादनमा र देश विकासको कार्यमा जुट्नुपर्ने र जुट्ने जनशक्ति निर्विवाद यही नै हो। अब यो जनशक्तिको वितरण वा प्रयोग कहाँ र कसरी भएको छ, नियालौं।

वैदेशिक रोजगारमा रहेको जनशक्ति :
माथि उल्लेखित २० देखि ४५ वर्ष उमेर समूहको उत्पादनशील जनशक्तिमध्ये नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निजामती कर्मचारी, शिक्षक र निजी क्षेत्र तथा कलकारखानामा कार्यरत संख्या ८ देखि १० लाख हुन आउँछ। कूल गार्हस्थ उत्पादनको दुई तिहाइभन्दा बढी ओगट्ने कृषि क्षेत्रमा काम गर्ने यो उमेर समूहको जनशक्ति आजको समयमा नगण्य छ। यसरी सोही उमेर समूहका ६० लाख संख्यामध्ये १० लाखजति मात्र देशभित्र छ भने ५० लाखजति विदेशमै र यो संख्याको अधिकांश अदक्ष (सीविहीन) कामदारका रूपमा छन्। १० वर्षदेखि वार्षिक सरदर ५ लाखका दरले विदेशिने युवामध्ये करिब ३० लाख समुद्रपार मुलुकमा (Ref. Emigration of Nepalese People and its Impact –Nepal Journals Online) र २० लाखजति छिमेकी भारतमा निरन्तर कार्यरत रहेको अनुमान छ। यस हिसाबले मुलुकभित्र उत्पादनशील जनशक्ति नगण्यप्राय: छ।

वैदेशिक रोजगारका सबल पक्षहरू :
१. रोजगारीको अवसर : मुलुकमा विद्यमान बेरोजगारी (रोजगारीका अवसर अभावमा) रोजीरोटीके अहम् समस्या निराकरणका लागि वैदेशिक रोजगारीले ठूलो राहत दिएको छ।

२. रेमिट्यान्स भित्रिई मुलुकको अर्थतन्त्र चलायमान भएको छ। अर्थशास्त्रीहरूले त यहाँसम्म भनेका छन् कि वैदेशिक रोजगारीलाई हटाएर हेर्ने हो भने मुलुकको अर्थतन्त्र नै धराशयी अवस्थामा पुगेको छ। रेमिट्यान्सको मात्रा सन् २०१०-२०११ मा २.५४ अर्ब अमेरिकी डलर थियो भने २०१८-१९ मा आएर यो मात्रा ८.७९ अर्ब डलर पुगेको छ र वैदेशिक मुद्रा आर्जनको ६८.५ प्रतिशत वैदेशिक रोजगारमा भर परेको छ। (Ref. Nepal Labour Migration Report 2020, Published by Government of Nepal, Ministry of Labour, Employment and Social Security)। के वैदेशिक मुद्रा आर्जनको स्रोत युवा जनशक्तिलाई विदेशी माटोमा नङ्ग्रा खियाउन लाउनु नै ठिक हो त? हैन भने यो सिल्सिला कहिलेसम्म जारी राख्ने?

३. मुलुकका बेरोजगार युवाहरूले रोजगारी पाउनुका साथसाथै केही सीप सिक्न र देशविदेश देख्न र घुम्न पाएका छन्।

वैदेशिक रोजगारका खराब पक्षहरू :
१. राष्ट्रिय उत्पादनमा ह्रास आई वैदेशिक व्यापार घाटामा उल्लेख्य वृध्दि : लक्ष्मणसिंह कुँवर Economic Journal of Development Issues Vol. 19 & 20 No. 1-2 (2015) को Combined Issue – Emigration of Nepalese People and Its Impact नामक लेखको निष्कर्षमा लेख्नुहुन्छ-Potential areas of High consumption of Manpower of Nepal has a long history (more than 200 years) of emigration and it is in increasing trends. There are no effective emigration policies due to the lack of proper research and in one side and less government interest in other in this field. The contribution of remittance in share of GDP has increased, poverty level has decreased, the education and health sectors have been improved gradually but level of development is in slow motion and at the same time trade deficit has increased significantly. Therefore there is urgent need of management of international migration (both emigration and immigration) keeping national interest in high priority.

तीन दशक अघिसम्म खाद्यान्न निर्यात गर्ने हाम्रो मुलुकले हालका वर्षहरूमा सम्पूर्ण किसिमका खाद्यान्न गरी करिब २ खर्बबराबरका अन्न, माछामासु, तरकारी फलफूल र दुग्धजन्य पदार्थ आयात गरिरहेको सरकारी तथ्याङ्कले नै देखाइरहेका छन्। यसबाट के सावित हुन्छ भने रेमिट्यान्सले मुलुकको अर्थतन्त्र धानिएको छ भन्ने सरकारी अर्थशास्त्रीहरूले त्यो रेमिट्यान्ससँगै राष्ट्रिय उत्पादनमा कति ह्रास आएको छ र त्यसको असर व्यापार घाटामा कति परिरहेको छ भन्ने तथ्याङ्क छुटाइरहेको पाइन्छ जुन तथ्य डा. लक्ष्मणसिंह कुँवरले तथ्याङ्कमा नभए पनि तथ्यमा उजागर गर्नुभएको छ।

२. देश विकासमा अवरोध र विकास खर्चको मूल्य अभिवृध्दि : मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा दुई तीन गुणा बढी समय लगाएर सम्पन्न हुने गरेका छन्। यसो हुनुमा थुप्रै कारण छन् र तीमध्येको प्रमुख कारण श्रमिक अभाव पनि हो भन्ने गरिन्छ। त्यस्तै ठुल्ठूला विकास निर्माण कार्यमा प्रशस्त मात्रामा विदेशी श्रमिक प्रयोग पनि देख्न पाइन्छ। एकातर्फ आफ्नै मुलुकमा उपलब्ध जनशक्तिलाई सस्तो मूल्यमा विदेशमा बेचिरहेका छौं भने अर्कोतर्फ महँगो मूल्यका विदेशी कामदार प्रयोग गरिरहेका छौं। यसरी हाम्रो विकास कार्यको गतिमा अवरोध र मूल्यमा महँगो पर्न गइरहेको छ।

३. चरम प्रतिकूल कार्य वातावरणले जीवन जोखिममा : वैदेशिक रोजगारमा रहेका कामदारले प्रतिकूल वातावरणमा काम गरिरहेका छन्। त्यसको तत्कालिक र दिर्घकालीन असर हाम्रो समाजले भोग्दै आइरहेको छ। सन् २००८-०९ मा पुरुष ८७ र महिला ३ जना, २००९-१० मा पुरुष ३ सय ९९ र महिला १९, २०१-११ मा पुरुष ५ सय ४१ र महिला ८, २०११-१२ पुरुष ६ सय ३२ र महिला १४, २०१२-१३ मा पुरुष ७ सय १६ र महिला ११, २०१३-१४ मा पुरुष ८ सय ६४ र महिला २४ तथा २०१४-१५ मा पुरुष १ हजार र महिला ६ गरी सात वर्ष अवधिमा ४ हजार ३ सय २४ नेपाली युवाले विदेशी भूमिमा अकाल मृत्युवरण गरेको सरकारी तथ्याङ्क छ। (Ref. Nepal Labour Migration Report, 2020, Published by Government of Nepal)।

मृत्यका कारणमा कार्यस्थलको दुर्घटना, आत्महत्या, सडक दुर्घटना, प्राकृतिक कारण र मुटुसम्बन्धी समस्या भनिए पनि यी सबका जड कारण घरबाट लामो समयसम्म टाढा हुनु, न्यून आय भई आहारविहार र मनोरञ्जन अभाव, ऊच्च तापक्रम वा साह्रै चिसो वातावरणमा काम गर्नुपर्ने अवस्थालगायत प्रतिकूल कार्य वातावरण नै हुन्। यसरी हाम्रा २० देखि ४५ वर्ष उमेरका युवाले विदेशी माटोमा सरदर ३ जनाभन्दा बढी प्रतिदिनका दरले अकालमा जीवन गुमाइरहेका छन्। के तिनीहरुको अमूल्य जीवनलाई रेमिट्यान्ससँग तुलना गर्न मिल्छ?

४. पारिवारिक र सांस्कृतिक विचलन : युवा जति विदेशिएपछि स्याहारसम्भार आवश्यक पर्ने समयमा बुढाबुढी बाआमाहरूको बेस्याहार भएको छ, श्रीमान वा श्रीमती विदेशिनाले पारपाचुके र पारिवारिक कलह यत्रतत्र सर्वत्र फैलिँदो छ जुन कारणले ती परिवारमा आश्रित बच्चाबच्चीहरूको भविष्य अन्धकारमा रुमलिएको छ। लामो समय परिवार छिन्नभिन्न भएर बस्नुपर्दा आफ्नो रीतिरिवाज र सांस्कृतिक मौलिकता हराउँदै गएको छ। यी सब कारणले हाम्रो भावी समाज कुन दिशातर्फ मुखरित छ? यी सब कुराहरूको सम्बन्धित सबै निकायले बेलैमा हेक्का राखेन भने हाम्रो मुलुक हाइटी र अन्य गरिबीको चपेटामा परी द्वन्द्वमा फसेका मुलुकको हविगतमा पुग्न बेर छैन, सबैलाई चेतना भया।

५. विषम परिस्थिति जस्तै कोभिड-१९ महामारी वा श्रमिक कार्यरत रहेको मुलुकमा कुनै किसिमको आपत आइलागी ज्यान जोखिममा पर्‍याे र लाखौंको संख्यामा वैदेशिक रोजगारमा रहेका श्रमिक आफ्ना नागरिकलाई एकै समयमा उद्धार गर्नुपर्यो भने हाम्रो राष्ट्रिय क्षमता कस्तो छ, परीक्षण भई नै सकेको छ। के भविष्यमा यस क्षेत्रमा हाम्रो क्षमता अभिवृध्दि होला, हामी सक्षम हौंला? यो विषय प्रमाणित भइसकेको छ कि हाम्रा श्रमिकको रेमिट्यान्सभन्दा उनीहरूको उद्धार कयाैँ गुणा महँगो पर्ने र हाम्रो सरकार निरीह र लाचार बनेको थियो र छ।

सीप आयात र निर्यातले के असर पार्छ त?
सीप निर्यात गर्दा उच्च प्रतिफल प्राप्त हुन्छ, शिक्षाको स्तर उच्च भएका हुन्छन्, आफ्नो स्वास्थ्य, काम गर्ने वातावरण र कायदाकानुन थोरबहुत जानेका हुन्छन् र स्वास्थ्य लगायत शारीरिक जोखिम नभएका काम गर्छन् वा जोखिमबाट बँच्ने उपाय अवलम्बन गर्छन्। यिनीहरूले विदेशी भूमिमा लगानी गर्ने सीप मर्दैन, बरु अभिवृध्दि भएर आउँछ। यसर्थ निश्चित समय (केही वर्ष (समय तोकेर) गरिएको सीप निर्यातले फाइदै हुन्छ। त्यस्तै आफ्नो मुलुकमा अनुपलब्ध सीप आयात गरी आफ्ना युवालाई प्रशिक्षित गरुन्जेल आयातित सीपले पनि फाइदै पुर्‍याउँछ।

यसर्थ श्रम शक्तिको आयात-निर्यात रोकौं, रोजगारीका अवसरहरू पहिल्याऔं, सीपको आयात-निर्यातलाई आवश्यकताअनुसार बढावा दिऔं।

वैदेशिक रोजगारीमा जाने युवाहरुको मनको बह

लेखक पूर्व प्रहरी नायब महानिरीक्षक हुन्


प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक आज दिउँसो ३ बजेका लागि तय गरिएको थियो।

गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट नगरपालिका-४ स्थित दोभान भन्ने स्थानमा लु १ ज ४५५९ नम्बरको

सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय बाँडफाँटको जिम्मा…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच तत्काल मन्त्रिपरिषद विस्तार गर्ने सहमति जुटेको

राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी संग्रहालयको उद्घाटन (फोटो फिचर)

सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण सम्पन्न गरेको युद्ध संग्रहालयको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन्। संग्रहालयको उद्घाटनका लागि राष्ट्रपति भण्डारी हेलिकप्टरमार्फत