११ महिनामा भित्रियो ८ खर्ब ७० अर्ब रेमिट्यान्स


विचार
आयोमेल संवाददाता
गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट

आयोमेल संवाददाता
सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता

आयोमेल संवाददाता
राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी संग्रहालयको उद्घाटन (फोटो फिचर)

सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण सम्पन्न गरेको युद्ध संग्रहालयको राष्ट्रपति विद्यादेवी


काठमाडौं-

कोरोना भाइरस महामारीले विश्वअर्थतन्त्र डामाडोल भए पनि नेपाल भित्रिने विप्रेषण (रेमिट्यान्स) भने साढे १२ प्रतिशतले बढेको छ।

चालू आर्थिक वर्षको ११ महिना (साउनदेखि जेठ) मा ८ खर्ब ७० अर्ब ९४ करोड रुपैयाँबराबरको रेमिट्यान्स नेपाल भित्रिएको छ। यो गत आर्थिक वर्ष सोही अवधिको दाँजोमा १२.६ प्रतिशतले बढी हो। त्यसबेला भने ३.२ प्रतिशतले घटेको थियो।

मुलुकको केन्द्रीय बैंकले चालू आर्थिक वर्ष २०७७–७८ को ११ महिनाको तथ्यांक समेटेर बिहीबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ अनुसार गत ११ महिनामा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १०.४ प्रतिशतले बढेर ७ अर्ब ३९ करोड पुगेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष सोही अवधिमा भने ५.२ प्रतिशतले घटेको थियो।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम स्वीकृति लिने नेपालीको संख्या ५९.९ प्रतिशतले घटेको छ। गत वर्ष सोही अवधिमा भने १२.४ प्रतिशतले घटेको थियो।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या गत ११ महिनामा ४७.१ प्रतिशतले घटेको थियो भने अघिल्लो वर्ष यस्तो संख्या ३१.१ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट नगरपालिका-४ स्थित दोभान भन्ने स्थानमा लु १ ज ४५५९ नम्बरको

सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय बाँडफाँटको जिम्मा…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच तत्काल मन्त्रिपरिषद विस्तार गर्ने सहमति जुटेको

राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी संग्रहालयको उद्घाटन (फोटो फिचर)

सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण सम्पन्न गरेको युद्ध संग्रहालयको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन्। संग्रहालयको उद्घाटनका लागि राष्ट्रपति भण्डारी हेलिकप्टरमार्फत

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ। बैठकमा मन्त्रिपरिषद विस्तार, सरकारका न्यूनतम साझा कार्यक्रमलगायत समसामयिक राजनीतिमाथि छलफल भइरहेको बताइएको