तालिवानले भन्यो : महिलाहरु पुरुषसँग बजार नजाऊ, पुरुषले दाह्री नकाट


विचार
आयोमेल संवाददाता
‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक…

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक

आयोमेल संवाददाता
गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट

आयोमेल संवाददाता
सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता


काठमाडौं – उत्तरी अफगानिस्तानको एक सुदूर क्षेत्रमा कब्जा गर्दै कट्टरपन्थी इस्लामिक संगठन तालिवानले आफ्नो पहिलो आदेश जारी गरेको छ। जसमा भनिएको छ, ‘महिलाहरु पुरुससँग बजार जान पाउनेछैनन् र पुरुषले दाह्री काट्न तथा धुम्रपान गर्न पाउने छैनन्।’

समाचार एन्जेसी एएफपीका अनुसार आदेशहरु इस्लामका स्थानीय प्रमुख तथा पुजारीहरुलाई लेखेर दिइएको छ। जसमा यी सर्तलगायत अन्य पनि कार्यान्वयनका लागि आग्रह गरिएको छ। साथै आदेश नमान्नेमाथि कडा कारबाही हुने पनि उल्लेख गरिएको छ।

नेटो सेनाले अफगानिस्तान छोडेपछि तालिवानले सक्रियता बढाउँदै विभिन्न भू-भागमाथि कब्जा जमाउन थालेको छ। तालिवानको दाबी अनुसार उ सँग अब सरकारभन्दा बढी क्षेत्र र भौतिक सम्पत्ति कब्जामा छ।

तालिवानले छिमेकी देशको सीमामा रहेका सुरक्षाकर्मीका चौकीमाथि पनि कब्जा जमाएको छ। सरकारका सैनिकलाई उसले आत्मसमर्पण गर्न पनि चेतावनी दिएको छ। उसले आफूहरु सहरमा रक्तपात मच्चाउन इच्छुक नभएको भन्दै स‍ैनिकलाई आत्मसमर्पण गर्न भनेको हो।

गत महिना पनि अफगानिस्तानको शेर खाँ बान्देर क्षेत्र कब्जा गरेपछि तालिवानले महिलालाई घरभित्रै बस्न तथा बाहिर ननिस्कन आदेश जारी गरेको थियो।

तर, केहीले अफगानिस्तान मूल रुपमै एक रुढीवादी देश भएकाले तालिवानको आदेशअघि पनि केही ग्रामिण क्षेत्रमा महिलामाथि कडा प्रतिबन्धहरु लगाइँदै आएको बताएका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक आज दिउँसो ३ बजेका लागि तय गरिएको थियो।

गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट नगरपालिका-४ स्थित दोभान भन्ने स्थानमा लु १ ज ४५५९ नम्बरको

सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय बाँडफाँटको जिम्मा…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच तत्काल मन्त्रिपरिषद विस्तार गर्ने सहमति जुटेको

राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी संग्रहालयको उद्घाटन (फोटो फिचर)

सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण सम्पन्न गरेको युद्ध संग्रहालयको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन्। संग्रहालयको उद्घाटनका लागि राष्ट्रपति भण्डारी हेलिकप्टरमार्फत