ओली सत्ताको अन्त्यपछि महन्थमाथि मडराइरहेको संकट


विचार
आयोमेल संवाददाता
गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा

आयोमेल संवाददाता
‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक…

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक

आयोमेल संवाददाता
गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट


काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष पुस ५ गते पहिलोपटक प्रतिनिधिसभा विघटन गर्दा जनता समाजवादी पार्टी (जसपा) पुनःस्थापनको पक्षमा उभियो।

पुस ७ मा जसपा कार्यकारिणी समितिको बैठक बस्यो। र, एक ढिक्काले विघटनविरुद्ध सडकमा उत्रिने निर्णय गर्‍यो। प्रतिनिधिसभा विघटन गर्ने ओलीको त्यो कदमलाई प्रतिगमन ठहर गरेको थियो।

अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवका साथै राजेन्द्र महतोलगायतका नेताहरू विघटनविरुद्ध सडकमा आक्रामक रूपमै प्रस्तुत भए। ओलीले प्रतिगमन गरे, संविधान क्षतविक्षत बनाए– उनीहरूको भाषणमा अधिकत प्रयोग हुने वाक्यहरू थिए यी।

ओलीको कदमलाई असंवैधानिक ठहर गर्दै सर्वोच्च अदातले फागुन ११ गते प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला सुनायो। महन्थले संविधान र लोकतन्त्रको जित भएको प्रतिक्रिया दिए।

प्रतिनिधिसभा पुनःस्थापना भएको केही दिन नबित्दै फागुन २३ गते सर्वोच्च अदालतको अर्को फैसला आयो, नेकपा नामको विवादसम्बन्धमा। नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिँदै सर्वोच्चले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्यूँतायो।

र, सर्वोच्चको त्यो फैसलापछि ओलीसँग महन्थ र राजेन्द्रहरूको हिमचिम बढ्यो। त्यो अझै कायम छ।

मधेश आन्दोलनका बेला ओलीलाई कट्टर मधेश विरोधीका रूपमा प्रस्तुत गरेमा महन्थ, राजेन्द्रहरू फागुन २३ पछि उनकै ओतमा पुगे।
जेठ ८ गते मध्यरातमा ओलीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गर्दा त्यसअघि प्रतिगमन र प्रतिक्रान्ति बताउँदै आएका महन्थ र राजेन्द्रको तर्फबाट कुनै विरोध भएन। बरू मौन बसेर भित्रभित्रै ओलीलाई सघाइरहे।

कांग्रेस, माओवादी केन्द्र, जसपा (उपेन्द्र समूह) लगायत प्रायः सबै राजनीतिक दल र नागरिक अगुवा विघटनको विरोधमा थियो नै। यहाँसम्म कि ओलीको आफ्नै पार्टी एमालेको एक समूह पनि त्यसलाई स्वीकार गरेको थिएन।

तर, महन्थ र राजेन्द्रहरू ओलीको काँध थापिरहे। १९ दिने मन्त्रीको रूपमा काँध थापेको पुरस्कार पनि पाए, उनीहरूले।

दोस्रो विघटनविरूद्ध सर्वोच्चमा रिट दायर हुनुअघिसम्म राजनीतिको केन्द्रमा देखिन्थे ओली र महन्थ। तर, अहिले परिस्थिति फेरिएको छ।

प्रतिनिधिसभा पुनःस्थापना गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सोमबार सर्वोच्चले परमादेश जारी गरेसँगै राजनीतिक जीवनको उत्तरार्द्धमा पुगिसकेका महन्थमाथि संकट मडराउन थालेको छ।

सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि ओली सत्ताको अन्त्य भएको छ। ओली सत्तासँगै फसेका महन्थ र राजेन्द्रहरूले सर्वोच्चको पछिल्लो फैसलाबारे सार्वजनिक प्रतिक्रिया पनि दिनसकेका छैनन्।

ओली आफैं त डुबे नै साथै महन्थलाई पनि डुबाए–जसपाका एक नेताको बुझाइ छ।

‘वर्षौंको राजनीतिक जीवन, सुझबुझ र परिपक्वताका बाबजुद ठाकुरजीले कसरी बुझ्नसक्नु भएन,’ ती नेता बताउँछन्।

केही दिनअघिसम्म नेपाली राजनीतिको केन्द्रमा रहेका महन्थको ठाउँमा अहिले उपेन्द्र यादव आइपुगेका छन्।

ओलीसँग लागेका महन्थमाथि सत्ताको मात्रै होइन पार्टीभित्र पनि संकट आइपरहेको छ। निर्वाचन आयोगमा जसपा आधिकारिकता विवाद विचाराधीन अवस्थामा छ। साउन ३ गते सुनुवाइका लागि आयोगले दुबै पक्षलाई बोलाएको छ।

आधिकारिकतासम्बन्धी विवादमा आयोगको केही निर्णय आउला नै। तर, अल्पमतमा परिसकेका महन्थलाई बुढेसकालमा नयाँ पार्टी दर्ता गराउनुपर्ने अवस्था आइलागेको छ।

आधिकारिकता पनि नपाउँदा र केन्द्रीय कार्यकारिणी समिति तथा संघीय संसदको संसदीय दलभित्र ४० प्रशित पु¥याउन नसके विभाजित दलको मान्यता नपाउने संकट पनि महन्थमाथि थपिएको छ।

ओली नेतृत्वको सरकारमा सहभागी भएको बखत प्रतिनिधिसभाका ३२ मध्ये २० सांसद महन्थतिर खुले पनि अहिले परिस्थिति फेरिएको छ। मन्त्री बन्न नपाएका ८ जना त बिच्किएकै छन्। उपेन्द्र सरकारमा जाने भएपछि ती ८ जनाका साथै थप सांसद कित्ता परिवर्तन गर्ने सम्भावना पनि उत्तिकै छ।

यदि त्यसो भइदिए राष्ट्रियसभामा समेत ४० प्रतिशत नरहेको महन्थले प्रतिनिधिसभामा पनि त्यो संख्या गुमाउने छन्। र, त्यतिबेला विभाजित दलको मान्यता पाउन महन्थलाई सकस हुनेछ।

विभाजित दलको मान्यता नपाएको अवस्थामा नयाँ दल दर्ताबाहेक अन्य कुनै विकल्प उनीसँग बाँकी रहने छैन। तर, नयाँ दल दर्ता गर्दा उनीसँग अहिले रहेका संघीय र प्रदेश सांसदका साथै स्थानीय तहको जनप्रतिनिधि पद गुम्ने जोखिम मोल्नुपर्ने भएकाले साथ नदिन पनि सक्छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल सरकारमा सहभागी…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा नजाने भएको छ। आज बिहान बालुवाटारमा बसेको गठबन्धन बैठकमा सो

‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक आज दिउँसो ३ बजेका लागि तय गरिएको थियो।

गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट नगरपालिका-४ स्थित दोभान भन्ने स्थानमा लु १ ज ४५५९ नम्बरको

सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय बाँडफाँटको जिम्मा…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच तत्काल मन्त्रिपरिषद विस्तार गर्ने सहमति जुटेको