‘केपी ओलीलाई समर्थन गरेर भारतले गल्ती गर्‍यो’


विचार
आयोमेल संवाददाता
सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता

आयोमेल संवाददाता
राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी संग्रहालयको उद्घाटन (फोटो फिचर)

सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण सम्पन्न गरेको युद्ध संग्रहालयको राष्ट्रपति विद्यादेवी

आयोमेल संवाददाता
बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ। बैठकमा मन्त्रिपरिषद


काठमाडौं-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सर्वोच्च अदालतको परमादेशपछि प्रधानमन्त्रीबाट पदच्युत भएका छन्। ओलीले गरेको प्रतिनिधिसभाको दोस्रो विघटनलाई बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्चले परमादेश जारी गर्‍यो। देउवाले प्रधानमन्त्रीको सपथ लिएर पदभार ग्रहण गरिसकेका छन्।

दुई पटक प्रतिनिधिसभा विघटन गरेर पनि आफ्नो कदमलाई सही सावित गर्नखोज्ने ओलीको दाबीलाई अन्ततः सर्वोच्च अदालतले गलत ठहर गरिदिएको छ।

दुई तिहाइ बहुमतको सपथ लिएका ओलीलाई अल्पमतको प्रधानमन्त्री बनेर सत्ताबाट बहिर्गमन भएको छ। नेपाली राजनीतिमा पुस ५ पछि सुरू भएको उथल–पुथलका बीच ओलीले दक्षिणी छिमेकीको साथ पाइरहेको आरोप पनि झेल्नु पर्‍यो।

लामो रस्साकस्सी, आरोप प्रत्यारोप र झैंझगडाबीच नेपालमा भएको सत्ता परिवर्तनबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले चासो व्यक्त गरेको छ।भारतको लोकप्रिय पत्रिका द हिन्दुस्तान टाइम्सले ओलीको आलोकतान्त्रिक गतिविधिको समर्थन गरेर भारतले गल्ती गरेको बताएको छ।

‘न्यायालयले जोगायो नेपालको लोकतन्त्र’ शीर्षकमा सम्पादकीय लेख्दै भारतकाे हिन्दुस्तान टाइम्सले भनेको छ,‘केपी ओलीको अलोकतान्त्रिक र अराजनीतिक रणनीतिलाई समर्थन गरेर भारतले आफ्नो लोकतान्त्रिक मूल्यको विपक्षमा उभिएर गल्ती गर्‍यो। अब भारतले कोर्स परिवर्तन गर्नुपर्छ।’

सम्पादकीयमा भनिएको छ-‘नेपालको सर्वोच्च अदालतले संविधानवादको समर्थन गरेको छ र भारतले अब कोर्स परिवर्तन गर्नुपर्छ’

‘पछिल्लो तीन वर्षमा ओलीले शक्तिलाई केन्द्रिकृत गरे, संस्थाहरूलाई विकृत पारे र सत्ता गुम्ने आशंकामा प्रतिनिधिसभा भंग गरे जुन संविधानको विपरीत थियो,’ हिन्दुस्तान टाइम्सले भनेको छ,‘नेपालको पछिल्लो राजनीतिक उथल–पुथलको घटनामा राष्ट्रपति विद्यादेवी भण्डारीको पनि सहयोग रह्यो।’

तर, सर्वोच्च अदालतले निर्णय उल्टाएर प्रतिनिधिसभालाई पुनःस्थापित गरिदिएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय बाँडफाँटको जिम्मा…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच तत्काल मन्त्रिपरिषद विस्तार गर्ने सहमति जुटेको

राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी संग्रहालयको उद्घाटन (फोटो फिचर)

सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण सम्पन्न गरेको युद्ध संग्रहालयको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन्। संग्रहालयको उद्घाटनका लागि राष्ट्रपति भण्डारी हेलिकप्टरमार्फत

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ। बैठकमा मन्त्रिपरिषद विस्तार, सरकारका न्यूनतम साझा कार्यक्रमलगायत समसामयिक राजनीतिमाथि छलफल भइरहेको बताइएको

भारतमा पुन: बढ्न थाल्यो कोरोना संक्रमण

भारतमा कोरोना संक्रमण पुन: बढ्न थालेको छ। नयाँ भेरियन्टले भारतमा केही समययता सुस्त बन्न लागेको संक्रमणलाई पुन: बढाउँदै लगेको छ।