शेरबहादुर देउवाः १० वर्ष जेल, ५ पटक प्रधानमन्त्री


विचार
आयोमेल संवाददाता
सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता

आयोमेल संवाददाता
राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी संग्रहालयको उद्घाटन (फोटो फिचर)

सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण सम्पन्न गरेको युद्ध संग्रहालयको राष्ट्रपति विद्यादेवी

आयोमेल संवाददाता
बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ। बैठकमा मन्त्रिपरिषद


राजनीतिक जीवनकालमा पाँचौपटक प्रधानमन्त्री बनेका शेरबहादुर देउवा अहिले नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता पनि हुन्।

यसअघि २०७४ साल जेठ २४ गते देउवा प्रधानमन्त्री बनेका थिए। देउवालाई प्रधानमन्त्री बनाउनका लागि नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनता पार्टी, नेपाल लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरम नेपाल तथा अरु साना दलले समर्थन गरेका थिए।

तर पछि भने उनले माओवादीका सबै मन्त्रीहरूको जिम्मेवारी खोसेर बिना विभागीय बनाइदिएका थिए। देउवाको त्यही सरकारले २०७४ स्थानीय तहको चुनाव र आम चुनाव सम्पन्न गराएको थियो।

प्रसादसिंह देउवा र द्रौपदीदेवी देउवाको कोखबाट डडेल्धुराको एउटा ठकुरी परिवारमा जेठा छोरा शेरबहादुर देउवाको भएको थियो। उनी २००३ जेठ ३१ सालमा जन्मिएका हुन्। डडेल्धुराको तत्कालीन असीग्राम गाविस–५ रुवाखोला छेउमा उनको जन्मघर भने युद्धकालमा माओवादीले ध्वस्त पारिदिएको थियो।

डडेल्धुरा जिल्लाको पश्य गर्खा क्षेत्रमा एक सम्पन्न परिवारको रुपमा रहेको शेरबहादुर देउवाको परिवारलाई डडेल्धुरा क्षेत्रमा ठकुरी देउवा कुल भनेर चिनिन्छ। यो कुलको इतिहास बैतडी चन्द, डोटी पचनाली, लुलानी मल्ल, डोटी बोगटानी बम र ठकुरी बोगटी रजवारसँग मात्र बैबाहिक सम्बन्ध गर्ने यो परिवार धनी खानदानका रुपमा चिनिन्छ।

डोटी राज्यकालमा डडेल्धुराको ‘पश्यगर्खा क्षेत्र’ यिनैको अधिनमा थियो। चन्द्रवंशी, कश्यप गोत्रीय यी देउवाको कुलको देवता बडालको गन्याप लाटो (गणेश) र अशिग्राम केदार हो। डोटी राज्यकालमा चर्चित बनेका क्षत्रीय राजपूत(ठाकुर-ठकुरी) देउवाहरु यसै कुलका पूर्वजहरु थिए।

यस कुलका कुसलसिंह देउवा रजवारका दुई पुत्र जेठा गोमनसिंह देउवा रजवार र कान्छा बहादुरसिंह देउवा रजवार हुन्। जेठा गोमन सिंह देउवा रजवारका एक पुत्र उदैसिंह देउवा रजवार भए। उदै सिंह देउवा रजवारका एक पुत्र प्रसाद सिंह देउवा रजवार हुन्।

प्रसाद सिंह देउवा रजवारका दुई श्रीमती डडेल्धुरा गणेशपुर मैरोड़ाका मल्लकुलकी छोरी धनादेबी (मल्ल) देउवा र डोटी बोगटानका ठकुरी बम कुलकी छोरी द्रोपती (बम) देउवाबाट ३-३जना छोराहरु गरेर ६ जना छोराहरू क्रमश शेरबहादुर देउवा, लोकबहादुर देउवा, गणेश बहादुर देउवा, प्रेमबहादुर देउवा, ललितबहादुर देउवा र बल बहादुर देउवा हुन्।

यी ६ भाई मध्ये जेठा छोरा शेरबहादुर देउवा राजनीतिमा सफल र ‘भाग्यमानी’ सन्तान भनेर चिनिन्छन्।

उनका माईला भाइ लोकबहादुर देउवाका छोरा भानबहादुर देउवा (भानु) शेरबहादुर देउवाका स्वकिय सचिव हुन्। २०२० सालदेखि नै सक्रिय राजनीतिक यात्रा थालेका देउवा कुलकै ‘भाग्यमानी’ सन्तानका रुपमा चिनिन्छन्।

२०२२ सालमा सुदूरपश्चिमाञ्चल विद्यार्थी संघमा लागेर प्रजातान्त्रिक आन्दोलनमा होमिएका थिए। त्यसपछि उनी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको प्रथम निर्वाचित सभापति भए २०२८ सालमा।

विसं २०२३ सालमा गठित तरुण–सभाको अध्यक्ष भएर काम गरेका उनी २०२८ असोज १ गतेदेखि २०३६ फागुन २९ गतेसम्म नेपाल विद्यार्थी संघको अध्यक्ष थिए।

२०४८ सालदेखि अहिलेसम्म उनले डडेल्धुराबाटै चुनाव जित्दै आएका छन्। आफ्नो त्यो क्षेत्रबाट उनले अहिलेसम्मका कुनै पनि निर्वाचन हारेका छैनन्।

२०४८ सालदेखि २०५१ सालसम्म गिरिजाप्रसाद कोइरालाको नेतृत्व सरकारमा गृहमन्त्री भएका देउवाले त्यसपछि राजनीतिक नेतृत्वमा धेरै मौकाहरू पाए। २०४८ ताका उनले आफ्नाे थर देउपा लेख्ने गरेका थिए।

२०५९ साल जेठमा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले उनलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेका थिए। त्यसपछि देउवाले असन्तुष्ट पक्षसँग मिलेर २०५९ साल असार २ गतेदेखि काठमाडौंस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बानेश्वरमा विशेष महाधिवेशन भेला बोलाए।

त्यो भेलाले प्रधानमन्त्री देउवामाथि कारबाही फिर्ता गर्नको लागि सभापति कोइरालालाई अनुरोध गरेको थियो। तर कोइरालाले त्यो अनुरोध स्विकारेनन्।

त्यसपछि देउवाको त्यही भेला विशेष महाधिवेशनमा परिणत भयो। अनि देउवालाई सभापति बनायो। उनले कांग्रेसलाई फुटाएर ‘नेपाली कांग्रेस प्रजातान्त्रिक’ गठन गरे।

२०६४ सालमा संविधानसभाको निर्वाचनअघि कोइराला र देउवाले फेरि पार्टीलाई एक बनाए। कांग्रेस एकीकरणपछि देउवा पार्टीमा दोस्रो मर्यादाक्रममा थिए।

२०७२ साल फागुन २१-२४ गतेसम्म काठमाडौंमा भएको कांग्रेसको १३औं महाधिवेशनमा देउवा पार्टी सभापतिका लागि कृष्णप्रसाद सिटौला र रामचन्द्र पौडेलसँग भिडेका थिए। पहिलो चरणको निर्वाचनामा तीनैजनाको बहुमत आएन। त्यसपछि दुई प्रमुख प्रतिष्पर्धी पौडेल र देउवाबीच चुनावी प्रतिष्पर्धा भयो। देउवा पार्टी सभापतिमा निर्वाचित भए।

२०५२ देखि २०६१ सम्मको एक दशकको छोटो अवधिभित्र देउवा मुलुकको तीनपटक प्रधानमन्त्री बने। देउवाले २०५१ साल र २०५६ सालको संसदीय निर्वाचन तथा २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा डडेल्धुराबाट चुनाव जिते।

२०५१ सालमा गठन भएको नेकपा एमालेको अल्पमतको सरकार बीचमै ढलेपछि देउवा पहिलोपटक २०५२ साल भदौ २६ गते प्रधानमन्त्री निर्वाचित भएका थिए।

दोस्रोपटक २०५८ साल साउन ७ गतेदेखि प्रधानमन्त्री बनेका देउवालाई १८ असोज २०५९ मा चुनाव गराउन नसेकपछि अक्षम घोषणा गर्दै राजा ज्ञानेन्द्रले बर्खास्त गरे।

तिनै राजा ज्ञानेन्द्रले देउवालाई २०६१ साल जेठ २१मा फेरि प्रधानमन्त्री बनाए। पछि राजा ज्ञानेन्द्रले मुलुकमा ‘कू’ गरे, देउवालाई अपदस्थ गरे र आफैं मन्त्रिपरिषद्को अध्यक्ष बने।

मुलुकको शासनसत्ता आफ्नो हातमा लिएपछि पूर्वराजा ज्ञानेन्द्र शाहले भ्रष्टाचार नियन्त्रण गर्ने भन्दै शाही आयोग गठन गरेका थिए। त्यही आयोगले देउवालाई भ्रष्टाचारको मुद्दा लगायो।

आयोगका अध्यक्ष भक्तबहादुर कोइराला थिए। आयोगले देउवालाई मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको आरोप लगायो र पक्राउ गर्‌यो।

सभापति देउवा प्रजातान्त्रिक पार्टीको अन्तर्राष्ट्रिय संगठन सोसलिस्ट इन्टरनेसनलका उपाध्यक्ष र संगठनको एसिया क्षेत्रको अध्यक्षको जिम्मेवारी लिएर पनि काम गरिसकेका छन्।

राजनीतिक जीवनमा उनले पटक पटक गरी दश वर्ष दश महिना जेल जीवन बिताएका छन्।

त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका देउवा सन् १९८८–८९ मा बेलायतको लन्डन स्कूल अफ इकोनोमिक्समा पढेका हुन्।

देउवाकी पत्नी डा. आरजु देउवा २०७४ सालको निर्वाचनमा कैलालीमा चुनाव लडेकी थिइन्। तर उनले चुनाव जित्न सकिनन्। देउवाका एकमात्र सन्तान जयवीर देउवा हुन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय बाँडफाँटको जिम्मा…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच तत्काल मन्त्रिपरिषद विस्तार गर्ने सहमति जुटेको

राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी संग्रहालयको उद्घाटन (फोटो फिचर)

सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण सम्पन्न गरेको युद्ध संग्रहालयको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन्। संग्रहालयको उद्घाटनका लागि राष्ट्रपति भण्डारी हेलिकप्टरमार्फत

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ। बैठकमा मन्त्रिपरिषद विस्तार, सरकारका न्यूनतम साझा कार्यक्रमलगायत समसामयिक राजनीतिमाथि छलफल भइरहेको बताइएको

भारतमा पुन: बढ्न थाल्यो कोरोना संक्रमण

भारतमा कोरोना संक्रमण पुन: बढ्न थालेको छ। नयाँ भेरियन्टले भारतमा केही समययता सुस्त बन्न लागेको संक्रमणलाई पुन: बढाउँदै लगेको छ।