आफूले आफैंलाई मार्ने मान्छेहरू


विचार
आयोमेल संवाददाता
सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता

आयोमेल संवाददाता
राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी संग्रहालयको उद्घाटन (फोटो फिचर)

सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण सम्पन्न गरेको युद्ध संग्रहालयको राष्ट्रपति विद्यादेवी

आयोमेल संवाददाता
बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ। बैठकमा मन्त्रिपरिषद


‘डाक्टरसाप! एउटा लाश आएको छ। झुन्डिएको हो। शंका त अहिलेसम्म केही छैन।’ फोनमा आवाज आउँछ।प्रहरीको यस्तो आवाज र शब्दले धेरै दिनको सुरुवात गराएका छन्। एक दिन १२ वर्षको बालकको पोष्टमार्टम गर्नुपर्‍यो।

जिज्ञासा लागेर बुझ्दा कुरो के रहेछ भने, आमासँग पैसा माग्दा आमाले हप्काएपछि बेल्टको पासो लगाएको रे। सुनेपछि चस्स भयो। अब त उमेरको पाउबन्दी र कारणको विविधता पनि फराकिलो हुन लागेको आभास भयो।

सर्जनले अपरेसन गरेका लगभग सबै बिरामी त अपरेसन पछि उठ्ने गर्छन्। एकाध घटना मात्र दुर्भाग्यपूर्ण होलान्। रोग सन्चो भए-नभएको भन्नलाई व्यक्तिको श्वास र मुटुले साथ दिएकै हुन्छ।

नतिजा पनि थाहा हुन्छ। तर, मान्छे मरेपछि गरिने अपरेसन (पोष्टमार्टम) मा भने आ-आफ्नो संस्कार अनुसार माटोमा समाहित हुन्छन् कि त अग्निमा विलय हुन्छन्। भन्नलाई त काल नआई मरिन्न भने पनि आफूसँग भने अकाल मृत्‍यु मानिएका घटना वैज्ञानिक प्रमाणले अझै चिरफार गर्ने हेतुले पुलिसले ल्याइपुर्‍याउँछन्।

सायद मरेपछि अपरेसन गरिएका अधिकांशहरु स्वास फेर्दा र मुटुको गति हुँदासम्म कुनै रुपले बिरामी थिए कि भन्ने लाग्छ। विशेष गरी आत्महत्याको केशहरुमा कुनै प्रकारको मनको वा सामाजिक बिसञ्चो थियो कि भन्ने लाग्छ।

पोष्टमार्टम गर्न भनेर ल्याइने अधिकांश केश झुन्डिएर मरेको पाएको छु। मैले गरेको पोष्टमार्टम ८ वर्षको उमेरदेखि ८५ वर्षको उमेरसम्मका व्यक्तिहरु छन्। उनीहरु अधिकांश झुन्डिएर आत्महत्या गरेका छन्। त्यसमध्येमा १८ वर्ष वरिपरिका महिलाहरुको संख्या बढी छ। हुन त आत्महत्या हो कि कर्तव्य हो भन्ने कुरो त पछि अदालतले निर्णय गर्ने कुरो हो।

तथापि, थाहा पाएसम्म अधिकांश आत्महत्या नै रहेको पाएको छु। एकदिन झुन्डिएर मरेका भनिएका ८२ वर्षको वृद्धको पोष्टमार्टम गर्नुपर्‍यो। अनि म धेरै बेर घोत्लिएँ। किनकि, प्रश्नवाचक विचारका ज्वारभाटा एकाएक मस्तिष्कमा ठेलमठेल ओइरो लागे। पोष्टमार्टम किन गरिँदै छ त? यसपछि के हुन्छ? पोष्टमार्टम गरेर मात्रै होला त?

अकाल मृत्‍युका केशहरुमा जिल्ला प्रहरी कार्यालयले पोष्टमार्टम गरिदिनु भनी जिल्ला अस्पातल वा सम्बन्धित निकायलाई चिठी काटेको हुन्छ। जिल्ला प्रहरी कार्यालयले चिठी पठाए बमोजिम पोष्टमार्टम गरी पठाउने दायित्व भनेको सरकारी अस्पातल वा स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टरको हो।

मानौं, कुनै व्यक्ति झुन्डिएर मरेको फेला परेमा प्रहरीलाई खबर हुन्छ। प्रहरी घटनास्थलमा पुग्छ। मुचुल्का उठाउँछ। शंका-उपशंका, बयान, घटना विवरण आदिका आधारमा आत्महत्या वा कर्तव्य भनी निर्क्यौल गर्छ। अनि पोष्टमार्टम गर्न ल्याउँछ। डाक्टरले चिठी बुझी पोष्टमार्टम गर्छ। अनि रिपोर्ट पठाउँछ। कसैको उजुरी नभएमा वा घरपरिवारको कुनै शंका नरहेमा पोष्टमार्टम गरेपछि लाश आफन्तले बुझ्छन् र यथोचित काजक्रिया गर्छन्। अनी कार्य समाप्त हुन्छ।

साथसाथै आत्महत्या गर्नुको कारण जड शरीरले नबोल्ने हुनाले समाजमा विद्यमान हुनसक्ने गुप्त समस्या आफैंसाथ लुप्त हुन्छ। र, घटनाको लहरो एउटै प्रकृतिमा दोहोरिरहन्छन्, हरेक वर्ष। अनि वार्षिक समीक्षामा तथ्यांक सबैमाझ राखेर समस्याको गाम्भिर्य हरेक साल ताजा त हुन्छ नै।

तर क्षयरोग, निमोनिया आदिजस्ता रोगहरु ओझेलमा पर्छ। हालमा त कोभिडले सबै कुरा ओझेलमा पारेको छ। अनि फेरि अर्को वर्ष पनि उस्तै हुन्छ। सरोकारवाला कुनै निकायको जिज्ञासु दृष्‍टि पर्दैन। सायद आत्महत्याको दोषी त स्वयं व्यक्ति हो भन्ने सुशुप्त मनसिकताले हो कि जस्तो लाग्छ। आत्महत्या भनी निर्क्यौल भएका पोष्टमार्टमका फाइलहरु अदालतमा कुनै मुद्दा नचलेसम्म कतै दराजका कुनामा आराम गरिरहेका हुन्छन्।

घटना घट्नेदेखि रिपोर्ट बनेर दराजमा पुग्नेसम्मका औपचारिक कार्य सधैंजसो हुने गरेकै हो। यो सधैं जानिएको र देखिएको नियमित कार्य नै हो। नदेखिएको त कसैको सरोकार र यी घटनाको लहरो पछ्याउँदै जाँदा पत्ता लाग्न सक्ने बिसञ्चो र त्यसको उपचार हो।

कुरो के भने, आत्महत्या मानिएका कति घटनाहरु सायद जोगाउन सकिने खालका थिए कि भन्ने गम्भीर प्रश्न हो। पोष्टमार्टमको औपचारिकता मात्रै पूरा गरेर कतै भयावह समस्याको उपचार छुटेको त छैन? कतै रोगको समयमा पहिचान गर्न घरपरिवार, समाज र चिकित्सक असफल भएका त होइनौं? पुलिसको रिपोर्ट अनुसार गरिबी, प्रेममा धोका, असाध्य रोग, घरेलु झगडा, अभिभावकको हप्काई मुख्य कारण छन्।

जुन कुरो सत्य पनि देखिन्छ। आत्महत्यासँग मानसिक स्वास्थ्यको अवस्था पनि नजिकबाट जोडिएको हुन्छ। नैराश्यताले सबैलाई समातेको हुन्छ। सामाजिक, आर्थिक, राजनीतिक नैराश्यताले अचेल युवा जमातलाई निकै छोएको देखिन्छ। करिब ७० प्रतिशतले डिप्रेसनका लागि उपचार नै खोज्दैनन्। डिप्रेसनका ८० प्रतिशत बिरामीमा सही उपचारले उल्लेखनीय सुधार आउँछ।

त्यसैले डिप्रेसनका लक्षण बारेमा जनचेतना बढाउनु आवश्यक छ। यो एउटा महामारीजस्तै फैलिँदो छ। आत्महत्या गर्नसक्ने सम्भावना भएका व्यक्तिहरुलाई समयमै पहिचान गर्नुपर्ने देखिन्छ। आत्महत्या गरेका करिब २० देखि ५० प्रतिशतले कुनै समयमा आत्महत्याको प्रयास गरेको तथ्यांकले देखाउँछ।

कसैले आत्महत्या गर्ने खालको कुनै पनि मनसाय व्यक्त गरेमा गम्भिरताकासाथ लिनुपर्ने हुन्छ। आफ्नो वरिपरीका साथीहरुसँग गुणस्तरीय समय बिताउन प्रयास गर्नुपर्छ। एक्लोपनाले नैराश्यता बढाउन सहयोग गर्छ। मानसिक स्वास्थ्य स्क्रिनिङको पनि टड्कारो आवश्यकता देखिन्छ।

जुन कुरा हामी अधिकांश प्राथमिक उपचार गर्ने स्वास्थ्यकर्मीले ध्यान नदिएको पाइन्छ। मानसिक पीडा र गुनासो अरुलाई भन्न धेरैलाई असहज हुन सक्छ। त्यसैले जाँच गर्दा सहज वातावरण सिर्जना नगरी कुराहरु स्वत:स्फूर्त बाहिर पोखिँदैन। मानसिक रोगको औषधी सेवन गरिरहेका व्यक्तिलाई हेर्ने नजर पनि सकारात्मक हुन नसक्नु एउटा पक्ष हो।

बिरामीको चाप बढी हुने र सबैलाई हतार भए पनि आ-आफ्नो स्थानबाट प्रथमिकता दिएर हामी स्वास्थ्यकर्मीले सक्दो प्रयास गरे समस्या केही न्युनीकरण हुने थियो भन्ने लाग्छ । यसको महत्व बुझेर मानसिक स्वास्थ्यको कार्यक्रमले पनि अरु मोटो बजेटको कार्यक्रमको जस्तै ग्राह्यता पाओस् । पोस्ट्मोर्टम गराएर र गरेर मात्र प्रशासन , प्रहरी ,स्वास्थ्यकर्मी ,चिकित्सक र समाजका बुद्धिजिवी पन्छिन मिल्दैन ।

सामाजिक रोग घुमिफिरी आफ्नै घर आँगनमा एक दिन आइपुग्न सक्छ । आउनुपूर्व समस्याको गहिरो बिस्तृत पोस्ट्मोर्टम गर्नुपर्ने खाँचो छ । सबैभन्दा महत्त्वपूर्ण कुरा व्यक्तिले बाहिर दुनियाँसग के कुरा गरिरहेको छ भन्ने भन्दा आफू भित्र आफैंसँग के कुरा गरिरहेको छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । विचार गर्ने गरौं । मनलाई विसाउने चौतारी खोजौँ । मनका भावनाहरुलाई व्यवस्थित गरौं । आत्महत्याको सोचलाई समयमा नै उपचार गरौं । आफ्ना चिनजानका साथीभाइ एकाएक सन्सारमा नहुदा मात्रै गम्भीर हुने दिन नआओस् ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय बाँडफाँटको जिम्मा…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच तत्काल मन्त्रिपरिषद विस्तार गर्ने सहमति जुटेको

राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी संग्रहालयको उद्घाटन (फोटो फिचर)

सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण सम्पन्न गरेको युद्ध संग्रहालयको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन्। संग्रहालयको उद्घाटनका लागि राष्ट्रपति भण्डारी हेलिकप्टरमार्फत

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ। बैठकमा मन्त्रिपरिषद विस्तार, सरकारका न्यूनतम साझा कार्यक्रमलगायत समसामयिक राजनीतिमाथि छलफल भइरहेको बताइएको

भारतमा पुन: बढ्न थाल्यो कोरोना संक्रमण

भारतमा कोरोना संक्रमण पुन: बढ्न थालेको छ। नयाँ भेरियन्टले भारतमा केही समययता सुस्त बन्न लागेको संक्रमणलाई पुन: बढाउँदै लगेको छ।