पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप नेपाली बजारमा


विचार
आयोमेल संवाददाता
गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा

आयोमेल संवाददाता
‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक…

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक

आयोमेल संवाददाता
गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट


पाठेघरको मुखको क्यान्सर गराउने मुख्य भाइरस ‘ह्युमन पेपिलोमा भाइरस’ विरुद्धको खोप सोमबारदेखि बजारमा उपलब्ध हुने भएको छ।

यतिकेम डिस्ट्रिब्युटरस प्र.लि.ले बेल्जियमबाट खरीद गरेको १५,००० डोज खोप आज नेपाल आइपुगेको छ।

पाठेघरको क्यान्सर हुनबाट जोगाउन उक्त खोपको प्रयोग गरिन्छ।

‘गत दुई वर्ष देखि यो खोप ल्याउन हामीले प्रयास गरिरहेका थियौं। नेपालमा थोरै मात्र माग भएका कारण ल्याउन सकिएको थिएन,’ यतिकेम डिस्ट्रिब्युटरसका कार्यकारी प्रमुख प्रभुराज वैद्यले भने।

हरेक वर्ष झण्डै २५ सय महिलाहरुमा पाठेघरको मुखको क्यान्सर देखिने गरेको छ। तर क्यान्सरको उपचारका लागि कुनै ओषधी उपलब्ध नभएका कारण यो रोगबाट बच्न सानै उमेरमा खोप लगाउनुपर्ने हुन्छ।

१२ वर्ष भन्दा कम उमेर समूहका बालिकाहरुले लगाउँदा भविष्यमा पाठेघरको क्यान्सर हुने न्यून सम्भावना रहन्छ।

यौन सम्पर्कबाट ह्युमेन पेपिलोमा भाइरस सर्ने गर्दछ। त्यसैले सानो उमेरमा खोप लगाउँदा क्यान्सरबाट बच्न सकिन्छ, उनले भने।

भरतपुर क्यान्सर अस्पतालले १२,५०० डोज अर्डर गरिसकेको छ भने ती बाहेक बाँकी रहेका खोप बजारमा उपलब्ध गराउने वैद्यले बताए।

एक व्यक्तिले तीन डोज (मात्रा) खोप लगाउनुपर्ने हुन्छ। पहिलोखोप लगाइसकेर ३० दिन पछि दोस्रो र अर्को १८० दिन पछि तेस्रो खोप लगाउनुपर्छ।

उक्त खोप एक मात्राको ५ हजार रुपौंया पर्ने उनले बताए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल सरकारमा सहभागी…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा नजाने भएको छ। आज बिहान बालुवाटारमा बसेको गठबन्धन बैठकमा सो

‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक आज दिउँसो ३ बजेका लागि तय गरिएको थियो।

गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट नगरपालिका-४ स्थित दोभान भन्ने स्थानमा लु १ ज ४५५९ नम्बरको

सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय बाँडफाँटको जिम्मा…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच तत्काल मन्त्रिपरिषद विस्तार गर्ने सहमति जुटेको