असारे विकासको नमूना : हिलाम्य सडकमा सोझै ढलान


विचार
आयोमेल संवाददाता
‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक…

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक

आयोमेल संवाददाता
गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट

आयोमेल संवाददाता
सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता


जनकपुरधाम – असार मसान्त सकिनै लाग्दा टुक्रे योजनाका जिम्मेवारी लिएका उपभोक्ता समितिहरूलाई काम सम्पन्न गर्ने चटारो छ। अर्को आर्थिक वर्ष सुरू हुनुअगावै सम्बन्धित कार्यालयमा बील भर्पाइ पेश गर्नुपर्ने भएकाले दिनरात हिलोपानी केही विचार नगरी उपभोक्ता समितिहरू निर्माण कार्यमा जुटेका छन्।

सडक, नालाजस्ता टुक्रे काम गरिरहेका उपभोक्ता समितिहरूले कतिपय स्थानमा वर्षाकै बीच ढलान गरिरहेका छन् भने कतै हिलाम्य सडकमै पिसिसी गरिरहेका छन्।

ढलानका लागि प्रयोग गरिएको सिमेन्ट वर्षाले बगाइरहेको छ भने हिलाम्य सडकमा भइरहेका ढलान भासिइरहेको छ। तर, उपभोक्ता समितिलाई गुणस्तरदेखि मतलब छैन। जसरी पनि पैसा निकासा गर्नुपर्ने छ।

कामको एउटा यस्तै नमुना देखिएको छ, धनुषाको सीमावर्ती मुखियापट्टी मुसहरनिया गाउँपालिकामा।

गाउँपालिकाको वडा नम्बर ५ स्थित बहेडा टोलमा बहेडादेखि बैरिया जाने सडक उपभोक्ता समितिमार्फत निर्माण भइरहेको छ। विघटित प्रतिनिधिसभाका सांसद राजेन्द्र महतोको संसदीय विकास कोषको ५० लाख र स्थानीय उपभोक्ताको १० लाख गरी ६० लाख रूपैयाँको लागतमा पिसिसी सडक निर्माण भइरहेको छ।

जिल्ला सहरी विकास कार्यालयमार्फत पिसिसी सडक निर्माण गर्न वडाध्यक्ष नरेश यादवका भाइ दिनेश यादव उपभोक्ता समितिका अध्यक्ष बनेका छन्।
पिसिसी गर्नुअघि ईंटाको सोलिङ गर्नुपर्ने सम्झौता छ। तर, उनले हिलाम्य सडकमा सोझै ढलान गर्न सुरू गरेका छन्।

सोलिङ नै नगरी हिलाम्य सडकमा ढलान भइरहेको देखेपछि स्थानीयवासीले अवरोध गरे। उपभोक्ता समितिका अध्यक्ष दिनेशले जिद्दी गरेपछि उनीहरूले सडक नै खने। तर, कहिँकतै ईंटा प्रयोग भएको पाइएन।

No description available.

सम्झौताविपरीत गुणस्तरहीन काम भइरहेको देखेपछि आफूहरूले निर्माण कार्य बन्द गर्न लगाएको स्थानीय जयकुमार यादव बताउँछन्।

‘पिसिसी गर्नुअघि सोलिङ गर्नुपर्ने सम्झौता छ। तर, हिलोमा सोझै ढलान गरिएको छ,’ यादवले भने, ‘पैसाको खतिमात्रै भइरहेको देखेपछि हामीले काम बन्द गर्न लगाएका छौं।’

तीन बाल्टी बालुवा र तीन बाल्टी गिट्टीमा एक बाल्टी सिमेन्ट हाल्नुपर्ने सम्झौता रहे पनि १०/१० बाल्टी बालुवा र गिट्टीमा एक बाल्टी सिमेन्ट प्रयोग भइरहेको पाइएको उनले बताए।

सम्झौताअनुसार नै काम भइरहेको जिद्दी कसेका उपभोक्ता समितिका अध्यक्ष दिनेशले स्थानीयवासीको विरोधपछि गुणस्तरहीन काम भएको स्वीकार गरेका छन्।

जनकपुरस्थित सहरी डिभिजन कार्यालयका साइट इन्जिनियर मनोज मण्डलले पनि उपभोक्ता समितिले सम्झौताअनुसार काम नगरेको बताए।

‘सम्झौताअनुसार निर्माण कार्य गर्न हामीले पटक-पटक निर्देशन दिएका थियौं। उपभोक्ता समितिले सम्झौता पनि ढिलै गरी गरेको थियो,’ इन्जिनियर मण्डल भन्छन्, ‘मापदण्डअनुसार काम भएको छैन। गुणस्तरहीन काम भएको छ।’

सम्झौताविपरीत काम भएकोले उपभोक्ता समितिलाई रूपैयाँ भुक्तानी नगरिने उनको भनाइ छ।

५० लाख कार्यालयबाट र १० लाख उपभोक्ताबाट सडक निर्माणको योजना स्वीकृत भएको बताउँदै मण्डलले अहिलेसम्म आफूहरूले रकम भुक्तानी नगरेको जानकारी दिए। उनले असार २४ गतेसम्म निर्माण सम्पन्न गर्ने गरी उपभोक्ता समितिलाई कार्यादेश दिइएको बताए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक आज दिउँसो ३ बजेका लागि तय गरिएको थियो।

गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट नगरपालिका-४ स्थित दोभान भन्ने स्थानमा लु १ ज ४५५९ नम्बरको

सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय बाँडफाँटको जिम्मा…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच तत्काल मन्त्रिपरिषद विस्तार गर्ने सहमति जुटेको

राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी संग्रहालयको उद्घाटन (फोटो फिचर)

सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण सम्पन्न गरेको युद्ध संग्रहालयको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन्। संग्रहालयको उद्घाटनका लागि राष्ट्रपति भण्डारी हेलिकप्टरमार्फत