कांग्रेस महाधिवेशनः नेपाल–भारत मैत्री धर्मशालामा क्रियाशीलको ‘माथापच्ची’


विचार
आयोमेल संवाददाता
व्यवसायीलाई मन्त्री बनाउँदैमा विरोध गरिहाल्नु पर्दैन : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले व्यवसायीलाई मन्त्री बनाउँदैमा असन्तुष्टि र विरोध गर्न

आयोमेल संवाददाता
गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा

आयोमेल संवाददाता
‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक…

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक


काठमाडौं
नेपाली कांग्रेसको १४ औं महाधिवेशनको सार्वजनिक कार्यतालिकाअनुसार क्रियाशील सदस्यता टुंग्याउन तोकिएको समयसीमा नाघिसकेको छ।

३० जेठमा बसेको पदाधिकारी बैठकले ७–१० भदौसम्म तोकिएको महाधिवेशनलाई ९ दिन पर सारेर १६–१९ गराउँदै कार्यतालिका हेरफेर गरेको थियो। र, त्यसका लागि २० असारसम्म क्रियाशील सदस्यता छानबिन गरेर २४ गते सार्वजनिक गर्ने निर्णय पदाधकारी बैठकको थियो।

महाधिवेशनका लागि दुई महिनाभन्दा पनि कम समय बाँकी छँदा नेपाली कांग्रेस अझै क्रियाशील विवाद सल्टाउनमै अल्झिएको छ।

क्रियाशील सदस्य मतदाता हुने भएकोले कांग्रेस महाधिवेशनमा हरेकपटक यो विवादित बन्दै आएको छ। र, आसन्न महाधिवेशनमा पनि क्रियाशील विवादबाट कांग्रेस अछुतो रहन सकेको छैन।

कांग्रेसले क्रियाशील विवाद छानबिन गर्न केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा छानबिन समिति बनाएको छ। समितिमा आनन्दप्रसाद ढुंगाना, जीवन परियार, श्यामकुमार घिमिरे, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ र योगेन्द्र चौधरी सदस्य छन्।

क्रियाशील विवाद टुंग्याउन समितिका सदस्यहरू काठमाडौंको गौशालास्थित नेपाल–भारत मैत्री धर्मशालामा बसेर काम गरिरहेका छन्।

समितिका सदस्यका साथै सहयोगी कर्मचारीहरू क्रियाशील सदस्यतासम्बन्धी काम छिनोफानो गर्न जुटेका छन्।

महाधिवेशनको समय नजिकिँदै जाँदा क्रियाशील सदस्यता टुंगो लगाउनु कांग्रेसको प्राथमिकतामा छ यतिबेला। क्रियाशील सदस्यता विवाद छानबिन भइसकेर प्रकाशित भइसकेपछि बल्ल वडा, क्षेत्र, प्रदेश, प्रतिनिधिसभा निर्वाचन क्षेत्र हुँदै केन्द्रीय महाधिवेशन सुरू हुनेछ।

छानबिन समितिका सदस्य योगेन्द्र चौधरी असार मसान्तसम्म क्रियाशील सदस्यता विवाद समाधान गर्ने गरी काम भइरहेको बताउँछन्।

‘तोकिएको कार्यतालिकाअनुसार विवाद समाधान गरेर क्रियाशील सदस्यता टुंग्याउन सम्भव नै थिएन। यसबारे समितिले नेतृत्वलाई ब्रिफिङ गरिसकेको छ,’ उनले भने,‘जोडतोडले काम भइरहेको छ। असार मसान्तसम्म जसरी पनि सक्छ।’

समितिले असार मसान्तसम्म सबै प्रक्रिया पूरा गरेर क्रियाशील सदस्यहरूको नामावली प्रकाशन गर्ने तयारी गरेको छ। समितिका सदस्यहरू उजुरीमाथि छानबिन गरिरहेका छन् भने बाहिरबाट ल्याइएका सहयोगी कर्मचारीहरू प्रिन्टलगायतका काम गरिरहेका छन्।

विभिन्न जिल्लाबाट इन्ट्री भएका क्रियाशील सदस्यहरूको नामावली कांग्रेसले आफ्नो वेबसाइटमा सार्वजनिक गरिसकेको छ। र, सार्वजनिक भएका नामावलीमध्ये करिब १५ हजारमाथि उजुरी परेको छ।

छानबिन समितिका सदस्य चौधरी उजुरी छानबिन भइसकेका ३० जिल्लाको क्रियाशील सदस्यता प्रिन्ट भइसकेको बताए।

‘छानबिन भएर ३० जिल्लाका क्रियाशील सदस्यता प्रिन्ट भइसकेको छ,’ उनले भने,‘बाँकी पनि चाँडै सक्ने गरी काम भइरहेको छ।’

पुरानै क्रियाशील सदस्यको नम्बरमा अरूको नाम राखेर पठाएको, अन्य पार्टीमा गइसकेका व्यक्तिको नाम पठाइएको, वडा सभापतिले सदस्यता फर्म नदिएको, तोकिएको संख्याभन्दा बढीको नाम सिफारिस गरिएकोलगायतका प्रकृतिका उजुरी छानबिन समितिसमक्ष आइपुगेको छ।

शीर्ष नेताहरूले यसखाले विवाद समाधान गर्न मापदण्ड नबनाइदिँदा समितिलाई समस्या परेको थियो। तर, गएको साता बसेको पदाधिकारी बैठकले मापदण्ड तोकिदिएपछि समितिलाई विवाद समाधान गर्न सहज भएको छ।

मापदण्ड नहुँदा उजुरीमाथि छानबिनमा समस्या भएपनि अहिले सहज भएको समितिका सदस्य चौधरी बताउँछन्।

अन्य राजनीतिक दलबाट आएकालाई क्रियाशील सदस्य दिने विषय कांग्रेसको सबैभन्दा ठूलो टाउको दुखाइ बनेको थियो। कतिपयलाई जिल्लाले पनि स्वीकार नगरिदिएपछि क्रियाशील सदस्यता दिनेबारे समिति अन्योलमा परेको थियो।

तर, मापदण्ड निर्धारण भइसकेपछि समितिलाई अहिले विवाद टुंग्याउन सहज भएको छ।

‘अन्य राजनीतिक दलबाट आएकालाई कसरी टुंग्याउने प्रमुख विवाद बनेको थियो। अन्य दलबाट आएकालाई जिल्लाले पनि स्वीकार नगरिदिएपछि हामीलाई अप्ठ्यारो थियो,’ उनी भन्छन्,‘जिल्लाले स्वीकृत गरिसकेकोलाई केही गर्नु परेन। अन्यको हकमा भने केन्द्रले नै संख्या र नाम टुंग्याइने भएको छ।’

प्रत्येक वडामा साविकको संख्याको शतप्रतिशत क्रियाशील सदस्यता वितरण गर्ने निर्णय कांग्रेसको छ। तर, कतिपय वडाले साविकको भन्दा बढी सदस्यता पठाइदिएपछि विवाद देखिएको छ।

‘शतप्रतिशतभन्दा बढी नाम आएको वडामाथि उजुरी परेको अवस्थामा साविकको संख्या हेर्ने र जुन संख्यामा गएर वडाले सिफारिस गरेको साविकको संख्या पुग्छ त्यसभन्दा मुनिको नाम स्वीकृत नगर्ने कुरा भएको छ,’ उनले भने।

यसैगरी वडाले सिफारिस गरेको तर इन्ट्री हुन छुटेकालाई क्रियाशील सदस्यता दिनबाट बञ्चित नगर्ने हिसाबले समिति अगाडि बढिरहेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
व्यवसायीलाई मन्त्री बनाउँदैमा विरोध गरिहाल्नु पर्दैन : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले व्यवसायीलाई मन्त्री बनाउँदैमा असन्तुष्टि र विरोध गर्न जरूरी नरहेको बताएका छन्। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको

गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल सरकारमा सहभागी…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा नजाने भएको छ। आज बिहान बालुवाटारमा बसेको गठबन्धन बैठकमा सो

‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक आज दिउँसो ३ बजेका लागि तय गरिएको थियो।

गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट नगरपालिका-४ स्थित दोभान भन्ने स्थानमा लु १ ज ४५५९ नम्बरको