८९ प्रतिशत जनताको पहुँचमा इन्टरनेट सेवा


विचार
आयोमेल संवाददाता
सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता

आयोमेल संवाददाता
राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी संग्रहालयको उद्घाटन (फोटो फिचर)

सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण सम्पन्न गरेको युद्ध संग्रहालयको राष्ट्रपति विद्यादेवी

आयोमेल संवाददाता
बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ। बैठकमा मन्त्रिपरिषद


काठमाडौं-

नेपालमा ८९ प्रतिशत जनसंख्याको पहुँचमा इन्टरनेट पुुगेको पाइएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को नौ महिना (गत साउनदेखि चैत मसान्तसम्म) को तथ्याङ्कअनुसार नेपालमा ८८ दशमलव ९३ प्रतिशत जनताको पहुँचमा इन्टरनेट सेवा पुगेको हो।

प्राधिकरणले जनसङ्ख्या प्रक्षेपण (२०११–२०३०) लाई आधार मानेर प्रतिवेदन तयार पारेको हो। प्रतिवेदनमा प्राधिकरणले नेपालको कूल जनसङ्ख्या दुई करोड ९८ लाख ७६ हजार ५३१ लाई आधार बनाएको छ। प्राधिकरणको तथ्याङ्कअनुसार चैत महिनासम्म दुई करोड ६८ लाख ८२ हजारभन्दा बढीकोे पहुँचमा इन्टरनेट सेवा पुगेको छ। गत फागुनको तुलनामा चैतमा पाँच लाख २६ हजार बढी प्रयोगकर्ता थपिएका छन्। गत फागुनमा दुई करोड ६३ लाख ५६ हजार बढी रहेका थिए ।

उक्त तथ्याङ्कअनुसार सबैभन्दा धेरै योगदान मोबाइल इन्टरनेटको रहेको छ। चैतसम्म मोबाइल इन्टरनेटको हिस्सा ६५ दशमलव ३९ प्रतिशत छ। एक करोड १७ लाख ६० हजार बढीको पहुँचमा थ्रिजी इन्टरनेट पुगेको छ। त्यसमा सबैभन्दा धेरै नेपाल टेलिकमको ९३ लाख ३५ हजार र एनसेलको २४ लाख २५ हजार रहेको जनाइएको छ ।

फोरजीका प्रयोगकर्ता ७८ लाख ७१ हजार ५५५ पुगेका छन्। नेपालमा तीन दूरसञ्चार सेवा कम्पनीले फोरजी सेवा सञ्चालन गरेका छन्। तीन कम्पनीमध्येमा सबैभन्दा धेरै ग्राहक एनसेलका रहेका छन्। नौ महिनामा एनसेल कम्पनीका फोरजीका ग्राहक ५० लाख १७ हजार १७० पुगेका छन् । एनसेलमा एक महिनामा एक लाख ६० हजार ४२८ फोरजी ग्राहक थपिएका छन्। गत फागुनमा फोरजीका ग्राहक ४८ लाख ५६ हजार ७४२ रहेका थिए।

सरकारी स्वामित्वमा सञ्चालित नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) नेपाल टेलिकमले ४७ हजार ३५३ फोरजी प्रयोगकर्ता थपेको छ । फागुनमा टेलिकमसँग २५ लाख ८९ हजार २९४ रहेकामा बढेर २६ लाख ३६ हजार ६४७ पु¥याइएको प्राधिकरणले जनाएको छ ।

यसैगरी स्मार्ट टेलिकमका फोरजी प्रयोगकर्ता दुई लाख १७ हजार ७३८५ पुगेका छन् । गत फागुनको तुलनामा चैतमा ग्राहक सङ्ख्यामा पाँच हजारभन्दा बढीले कमी आएको छ । स्मार्ट टेलिकमका फोरजीका मात्र ग्राहक रहेका छन् ।

फिक्स ब्रोडब्यान्डको हिस्सा २२ दशमलव ७८ प्रतिशत रहेको छ। यसमा एडिएसएलका आठ लाख सात हजार र एफटिटिएच इन्टरनेट पाँच लाख १५ हजार बढी रहेका छन्।रासस


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय बाँडफाँटको जिम्मा…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच तत्काल मन्त्रिपरिषद विस्तार गर्ने सहमति जुटेको

राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी संग्रहालयको उद्घाटन (फोटो फिचर)

सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण सम्पन्न गरेको युद्ध संग्रहालयको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन्। संग्रहालयको उद्घाटनका लागि राष्ट्रपति भण्डारी हेलिकप्टरमार्फत

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ। बैठकमा मन्त्रिपरिषद विस्तार, सरकारका न्यूनतम साझा कार्यक्रमलगायत समसामयिक राजनीतिमाथि छलफल भइरहेको बताइएको

भारतमा पुन: बढ्न थाल्यो कोरोना संक्रमण

भारतमा कोरोना संक्रमण पुन: बढ्न थालेको छ। नयाँ भेरियन्टले भारतमा केही समययता सुस्त बन्न लागेको संक्रमणलाई पुन: बढाउँदै लगेको छ।