कैलालीमा साँझ छ बजेसम्म पसल खुल्ने, सवारीसाधनमा जोरबिजोर प्रणाली


विचार
आयोमेल संवाददाता
गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा

आयोमेल संवाददाता
‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक…

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक

आयोमेल संवाददाता
गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट


धनगढी–कैलालीमा मंगलबारदेखि पसलहरु साँझ छ बजेसम्म खुल्ने भएका छन्। जिल्ला संकट व्यवस्थापन केन्द्र कैलालीले पसलहरु खुल्ने समय थप्दै निषेधाज्ञा असार २२ गतेसम्म लम्ब्याउने निर्णय सोमबार गरेको हो। यसैगरी आन्तरिक रुपमा सबै सवारीसाधन जोरविजोर प्रणालीका आधारमा सञ्चालन गर्न दिइने निर्णय प्रशासनले गरेको छ।

असार ८ गतेदेखि जारी निषेधाज्ञा सोमबार राति १२ बजे सकिएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले असार १६ गतेदेखि बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म पसलहरु खुला रहने बताए।

खाद्य सामग्री तथा निर्माण सामग्रीका पसल, हार्डवेयर, इलेक्ट्रोनिक र भाडावर्तन पसल, पुस्तक पसल र स्टेशनरी, कपडा, जुत्ता, फेन्सी र कस्मेटिक्स, गिफट आइटम, भान्साजन्य पसलहरु, पुजा सामग्री वितरण गर्ने पसल, खेलकुद सामग्रीका पसल बिहान छ बजेदेखि साझ छ बजेसम्म खोल्न दिने निर्णय बैठकले गरेको छ ।

वर्कशपहरु बढीमा तीन जना कामदारमात्र राखेर बिहान छ बजेदेखि साँझ सात बजेसम्म खोल्न सकिनेछन्।

होटल, रेष्टुरेन्ट, खाजा तथा चिया पसलहरु पूर्ण रुपमा बन्द रहनेछन्। तर होम डेलिभरि तथा टेक अवे सेवा दिन सक्नेछन्।

निजी सवारी साधनहरु कार, जीप, भ्यान, ट्याक्सी, अटो मोटरसाइकल र स्कुटर जोरबिजोर प्रणालीका आधारमा जिल्लाभित्र सञ्चालन हुनसक्नेछन् । तर जिल्ला बाहिर जानु परेमा अनुमति लिनु पर्नेछ । यात्रुवाहक सार्वजनिक सवारी साधन जोरबिजोर प्रणाली अपनाएर जिल्लाभित्र सञ्चालन हुन पाउनेछन् । बैठकले जिल्लाभित्र निजी सवारी साधनहरु जोर बिजोर प्रणालीका आधारमा सञ्चालन हुन दिने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल सरकारमा सहभागी…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा नजाने भएको छ। आज बिहान बालुवाटारमा बसेको गठबन्धन बैठकमा सो

‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक आज दिउँसो ३ बजेका लागि तय गरिएको थियो।

गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट नगरपालिका-४ स्थित दोभान भन्ने स्थानमा लु १ ज ४५५९ नम्बरको

सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय बाँडफाँटको जिम्मा…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच तत्काल मन्त्रिपरिषद विस्तार गर्ने सहमति जुटेको