सुजिता ठाकुरका छोराको बयानः काठ काट्ने मेसिनमा मम्मीको घाँटी काटे


विचार
आयोमेल संवाददाता
सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता

आयोमेल संवाददाता
राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी संग्रहालयको उद्घाटन (फोटो फिचर)

सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण सम्पन्न गरेको युद्ध संग्रहालयको राष्ट्रपति विद्यादेवी

आयोमेल संवाददाता
बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ। बैठकमा मन्त्रिपरिषद


काठमाडौं–

जेठ १९ गतेदेखि महोत्तरीको सुजिता ठाकुर बेपत्ता थिइन्। गत आइतबार मात्रै महोत्तरीको भ्रमरपुरामा एक महिलाको शव भेटियो। त्यो शव सुजिताकै हो भनेर स्थानीयले भनिरहेका छन्। प्रहरीले भने औपचारिक रुपमा त्यो शव सुजिताकै हो भनेर प्रमाणित गरेको छैन।

शव भने खेतमा गाडिएको अवस्थामा भेटिएको थियो।

घटना यसरी बाहिरियो
महोत्तरी भ्रमरपुराकी सुजिता ठाकुर जेठ १९ गतेदेखि बेपत्ता थिइन्। श्रीमान परिवारले सुजिता अर्कैसँग भागेको दाबी गर्दै आएका थिए तर, माइती पक्षले सुजिताको हत्या परिवारले गरेर लाश गायब पारेको आरोप लगाउँदै आएकाे थियाे।

सुजिताका बुबा कामेश्वर पाण्डेले छोरी बेपत्ता भएको र हत्या आशंका गर्दै खोजीका लागि उजुरी दिन जाँदा प्रहरीले पनि दर्ता गर्न मानेका थिएन।
प्रहरीले उजुरी दर्ता गर्न नमानेपछि सुजिताका बुबाले महिला सेलमा निवेदन दिए। निवेदन दर्ता भए पनि प्रहरीले खासै चासो देखाएन। र, अनुसन्धान प्रक्रियासमेत अघि बढाएन।

कतैबाट पनि सहयोग नभएपछि वैदेशिक रोजगारीको सिलसिलामा साउदी रहेको सुजिताका भाइ जितेन्द्र पाण्डेले सामाजिक सञ्जालमार्फत घटनाका बारेमा लेखे। उनले आफ्नी दिदीलाई उनकै घर (श्रीमानका परिवार) ले हत्या गरेर खेतमा गाडेको भनेर लेखे। उनको त्यो भनाइलाई लिएर सामाजिक अभियन्ता सरोज रायले त्यसबारेमा चासो लिए। त्यसपछि अरू धेरै अधिकारकर्मीहरूले घटनाको छानबिन गर्न प्रहरीलाई दबाब दिन थाले।

सुजिताका छोराको भिडियो
आयोमेल
ले प्राप्त गरेको एउटा भिडियोमा सुजिताका पाँच वर्षीय छोराले घटनाको थप खुलासा गरेका छन्। ४ मिनेट ४८ सेकेन्डको त्यो भिडियोमा उनले आफ्नी आमा (सुजिता)को हत्या हजुरबुबा, बुबा र काकाले गरेको भनेका छन्।

त्यसबारे उनले सुजिताकी आमा (माइतीतिरकी हजुरआमा) सँग कुराकानी गरेका छन्।

मैथिली भाषामा सुजिताकी आमाले आफ्ना नातीसँग गरेको कुराकानीलाई आयोमेलले सम्पादन गरेको छ :

सुजिताकी आमा: बाबु कसरी गरियो तिम्रो आमाको हत्या?

सुजिताका छोराः छेपारो भगाउने चिर्पट लिएर काकाले आमालाई पिट्नुभयो। र, आमाको आँखामा चोट लागेको थियो, आमा रुँदै हुनुहुन्थ्यो, आमाको आँखा फुलेर (सुन्निएर) ठूलो भएको थियो। पछि हजुरबुबाले आमालाई टेपले बाँधेर, चक्कुले हाने। त्यसपछि आमालाई काठको गोलिया बनाउने मसिनमा आमाको घाँटी काँटियो…

आमाः तिमीले मसिनमा काट्दै गरेको देख्यौ?

छोरा: देखेँ, मम्मी सुरुमा रुँदै हुनुहुन्थ्याे, पछि बोल्न सक्नुभएन।

आमाः अहँ तिमी झुटो बोल्दैछौ…

छोरा: (चिच्याउँदै) नाइँ म झुटो बोलिरा’को छैन…

आमाः अनि मम्मीलाई काटेपछि के गरे तिम्रो अंकल र हजुरबुबाले?

छोरा: मेरो अंकल र हजुरबुबाले टेपले मम्मीलाई बाँधेर…

आमाः अरू को–को थियो?

छोरा: सबैजना थियो….

आमाः सबैजना को–को?

छोरा: घरको सबैजना…

आमाः बाबु त्यसपछि के भयो?

छाेरा: मम्मीलाई फ्रिजमा राखे, अनि हजुरबुबाले मलाई जा भन्नुभयो…

आमाः फ्रिजमा राखे?

छोरा: हो…


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय बाँडफाँटको जिम्मा…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच तत्काल मन्त्रिपरिषद विस्तार गर्ने सहमति जुटेको

राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी संग्रहालयको उद्घाटन (फोटो फिचर)

सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण सम्पन्न गरेको युद्ध संग्रहालयको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन्। संग्रहालयको उद्घाटनका लागि राष्ट्रपति भण्डारी हेलिकप्टरमार्फत

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ। बैठकमा मन्त्रिपरिषद विस्तार, सरकारका न्यूनतम साझा कार्यक्रमलगायत समसामयिक राजनीतिमाथि छलफल भइरहेको बताइएको

भारतमा पुन: बढ्न थाल्यो कोरोना संक्रमण

भारतमा कोरोना संक्रमण पुन: बढ्न थालेको छ। नयाँ भेरियन्टले भारतमा केही समययता सुस्त बन्न लागेको संक्रमणलाई पुन: बढाउँदै लगेको छ।