ओलीलाई जरुरी पर्‍यो भने माधव नेपालको खुट्टा ढोग्न सक्छन् : प्रचण्ड


आयोमेल संवाददाता
उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य

आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका


काठमाडौं–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली जरुरी पर्‍यो भने माधव नेपालको खुट्टा ढोग्न सक्ने मान्छे भएको बताएका छन्।

आज काठमाडौंमा नागरिक समाजसँगको अन्तरक्र्रियामा बोल्दै प्रचण्डले ओली आफ्नो व्यक्तिगत स्थार्थका लागि जे गर्न गर्न तयार मान्छे भएको बताए।

‘ओली भन्ने मान्छे बडो विचित्रको हुनुहुँदाेरैछ, उहाँ व्यक्तिगत स्वार्थको निम्ति जस्तोसुकै सहमतिमा हस्ताक्षर गर्ने, त्यसको भुक्तभोगी मभन्दा पनि माधव नेपाल हुनुहुन्छ, ओलीले जरुरी पर्‍यो भने माधवजीको खुटमा आएर पनि ढोग्न सक्छन्, तपाईंले भनेको जे पनि भयो भनिदिन सक्छन्, तर पालनचाहिँ एउटा पनि गर्दैनन्।’ उनले भने।

‘ओलीले एकैदिन एउटै पार्टीका तीन नेतालाई बोलाएर तपाईं नै हो अध्यक्ष, तपाईं नै हो प्रधानमन्त्री भन्न सक्छन्, त्यस्तो नेता नेपालमा अरु छैनन्,’ प्रचण्डले भने।

राष्ट्रवादी छवि भनेर भ्रम दिन सक्ने तर लम्पसार पर्ने मान्छे ओली नै भएको पनि उनले बताए।

‘भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्न भनेर मिठो भाषा बोल्ने तर दुनियाले देख्यो प्रधानमन्त्री भएर भ्रष्टाचारमा निर्लिप्त हुने, अर्बौ लुट्ने को हो?’ उनले भने।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
अफगानिस्तानका रक्षामन्त्रीको घरमा आक्रमण, चारजनाको मृत्यु

अफगानिस्तानका रक्षामन्त्रीको घरमा गरिएको आक्रमणमा परी चारजनाको मृत्यु भएको छ। बन्दुकधारीले काबुलको सबैभन्दा सुरक्षित मानिने ग्रीन जोनस्थित रक्षामन्त्री विस्मिल्लाह खान

साझा कार्यक्रमलाई अन्तिमरूप दिन आज पुन: कार्यदलको बैठक बस्दै

सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज पुन: सत्तारुढ गठबन्धन कार्यदलको बैठक बस्दैछ। मंगलबार बसेको बैठकले कार्यक्रमलाई अन्तिमरूप दिन आज

उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य जे जति हल्ला व्याप्त भए पनि यस देशमा केही मानिस

मन्त्रिपरिषद् निर्णयः भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज

सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मीलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को मंगलबारकाे बैठकले आयोगको सदस्यमा डिल्लीराम रिमाल र नन्दकुमारी महर्जनलाई