निषेधाज्ञापछि पुनः व्यापार सुरु गर्ने खुद्रा विक्रेतालाई सहयोग गर्दै कोकाकोला


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


काठमाडौं-

बहुराष्ट्रिय कम्पनी कोकाकोलाले निषेधाज्ञापछि पुनः व्यापार सुरु गर्न लागेका खुद्रा विक्रेतालाई सहयोग गर्ने योजना ल्याएको छ।

यो योजनामा खुद्रा विक्रेताहरूका लागि सुरक्षाका पहल पनि समावेश गरिएको कम्पनीले जनाएको छ। जसमा खाद्य र पेय क्षेत्रलाई पहिलेको स्तरमा फिर्ता ल्याउन, कोभिडपछि पुनरुत्थान हुन र फस्टाउन सहयोग गर्ने लगायत विषय समेटिएका छन्।

किराना स्टोरहरूको व्यवसाय पुनर्जीवित गर्ने प्रयासमा ह्वाट्सएपमार्फत द्रुत र सुविधाजनक अर्डर सेवा सुरु गरेको र जसबाट विक्रेता र वितरकलाई जोड्न सहयोग पुगेको कोकाकोलाले जनाएको छ।

कोकाकोलाका अनुसार खुद्रा विक्रेताले ह्वाट्ससएपको माध्यमबाट वितरकसँग सिधै अर्डर लिन सक्नेछन्। यो अवधारणाले व्यापार अगाडि बढ्न र राम्रो समन्वय गर्न सहयोग पुग्ने छ। यसलाई फेसबुक मेसेन्जर र भाइबरमा पनि जोडिने छ।

‘गत वर्ष साना व्यवसायीका लागि व्यवसाय राम्रो भएन। यो पहलले खुद्रा विक्रेताहरूको व्यापार छिटो पुनरुत्थान गर्न सहयोग पुग्ने छ,’ नेपालका लागि कोकाकोलाका निर्देशक आदर्श अवस्थीले भने, ‘यसले ग्राहकलाई सुरक्षित तरिकाले नजिकैको आउटलेटबाट खरिद गर्न पनि प्रोत्साहन मिल्ने छ।’

कम्पनीले आफ्ना उत्पादन हरेक चरणमा ‘हाइजेनिकल्ली ह्यान्डल्ड’ रहेको निश्चित गर्न थप सावधानी अपनाएको जनाएको छ। कम्पनीले कोकाकोलाको कुलर र त्यसमा भएका उत्पादन सफा राख्ने ‘क्लिन अप’ कार्यक्रम आयोजना गर्ने जनाएको छ।

यो पहलले काठमाडौंका रिटेल र किराना स्टोरलाई समेट्ने छ। कोकाकोलाले हाइजिन र पिपिई किट वितरण गर्ने छ र १ हजारभन्दा बढी स्टोरमा काउन्टरसिल्ड स्थापना गर्ने छ।

‘कोकाकोलाले इकोनोमिक रिकभरीमा सहयोग गर्दै आएको छ र खुद्रा विक्रेतालाई सामान्य नेभिगेट गर्न मद्दत गर्ने हाम्रो एउटा जिम्मेवारी रहेको छ,’ बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदिप पाण्डेले भने, ‘हामी साना व्यवसाय र पसल सञ्चालकहरूका साथमा रहँदै आएका छौं र अर्थपूर्ण रूपमा नेपालको अर्थतन्त्र वृद्धिमा योगदान गर्दै आएका छौं।’


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार

फोर्ड नेपालका अनुसार फिगो शृंखलाका ‘फोर्ड फिगो टाइटेनियम एटी’ र ‘फोर्ड फिगो टाइटेनियम प्लस एटी’ गरी दुई नयाँ भेरियन्ट सार्वजनिक

एमालेले गठन गर्‍यो ९ वटा विभाग, माधव समूहका लागि ठाउँ…

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी महाधिवेशनलाई लक्षित गरेर विभिन्न विभागहरू गठन गरेको छ। तीन दिनदेखि जारी स्थायी कमिटी बैठकको

नेप्सेमा झिनो सुधार, बजार पूँजीकरण ४२ खर्ब ९८ अर्ब

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साेमबार पनि झिनो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.०६ बिन्दुले