अवैध सुन कारोबार गरेको आरोपमा सुनचाँदी व्यवसायीसहित ३ जना पक्राउ


आयोमेल संवाददाता
उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य

आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका


धनगढी–अवैध सुन कारोबार गरेको आरोपमा कैलालीबाट सुनचाँदी व्यवसायीसहित ३ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी चौराहमा सुनचाँदी व्यवसाय गर्दै आएका ओम शिवशक्ति सुनचाँदी गहना पसलका सञ्चालक सचिन सोवसहित धनगढी–३ का दिपेन्द्र विक र गोदावरी नगरपालिका बस्ने डडेल्धुराको अमरगढी नगरपालिका–५ का सुरज घताने पक्राउ परेका छन्।

उनीहरुबाट १ सय ८७ ग्राम १ सय ८० मिलिग्राम सुन, नगद ४ हजार र १० लाखको बैंक भौचर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले बताए।

विष्टका अनुसार धनगढी–४ उत्तरवेहडी घर भइ धनगढी चौराहास्थित ओम शिवशक्ति सुनचाँदी गहना पसल सञ्चालन गर्दै आएका ४२ वर्षीय सचिन सोवले सुनको अवैध कारोवार गरिरहेको आशंकामा सुदूरपपिश्चम प्रदेश प्रहरी कार्यालय धनगढी, अपराध अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय मालाखेतीले संयुक्त अनुसन्धान अनुसन्धान थालेको थियो।

त्यसैक्रममा डडेल्धुराको अमरगढी नगरपालिका–५ का ३० वर्षीय सुरज घताने अत्तरियाबाट पक्राउ परेका हुन्। घतानेबाट १ सय २० ग्राम सुन र ४ हजार नगद बरामद गरिएको थियो । घतानेमाथि थप अनुसन्धान गर्दै जाँदा धनगढी–४ का ४२ वर्षीय सचिन सोव र धनगढी ३ का ४० वर्षीय दिपेन्द्र विकबीच अवैध सुन कारोवार हुने गरेको पाइएको निमित्त प्रहरी प्रमुख विष्टले बताए।

विष्टका अनुसार सुनचाँदी व्यवसायी सचिन सोबले अर्का युवक दिपेन्द्र विकबाट १० लाखमा सुन खरिद गरेका छन्। तर उक्त सुनको वैधता भने खुलेको छैन। उनीहरुले सुन कारोवार गरेको बैंकको भौचरसमेत बरामद भएको विष्टले बताए।

पक्राउ परेका तीनै जनालाई थप कारबाहीका लागि राजस्व अनुसनधान कार्यालय कोहलपुर बाँकेमा पठाइएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
अष्ट्रेलियाविरुद्धको टी-२० मा बंगलादेशलाई ऐतिहासिक जित

बंगलादेशले अष्ट्रेलियाविरुद्धको पाँच खेलको टी-२० सिरिजअन्तर्गत पहिलो खेलमा ऐतिहासिक जित निकालेको छ। बंगलादेशले टी-२० मा पहिलो पटक अष्ट्रेलियालाई पराजित गरेको

कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुन्छ, हल्लाको पछि नलाग्नुस्…

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने स्पष्ट पारेको छ। बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले केही सञ्चार माध्यममा

उच्च जोखिममा रहेका घरमा नबस्न आग्रह

गत असार १ गतेदेखि आएको बाढीले नदीतटीय घर बस्तीमा क्षति पुर्‍याएको बेलासमेत स्थानीय सरकारले बेवास्ता गरेको भन्दै आलोचना भइरहेको बेला

अफगानिस्तानका रक्षामन्त्रीको घरमा आक्रमण, चारजनाको मृत्यु

अफगानिस्तानका रक्षामन्त्रीको घरमा गरिएको आक्रमणमा परी चारजनाको मृत्यु भएको छ। बन्दुकधारीले काबुलको सबैभन्दा सुरक्षित मानिने ग्रीन जोनस्थित रक्षामन्त्री विस्मिल्लाह खान