महान्यायाधीवक्ताको प्रश्न–सनाखतलाई रिट निवेदक मान्ने व्यवस्था कहाँ छ श्रीमान?


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


काठमाडौं–महान्यायाधीवक्ता रमेश बडालले सनाखतलाई रिट निवेदक मान्ने व्यवस्था नभएको जिकिर गर्दै प्रतिनिधिसभा विघटनविरुद्धको रिट नै अवैधानिक भएको दाबी गरेका छन्।

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा संवैधानिक इजलासमा भइरहेको सुनुवाइमा सरकारको प्रतिरक्षा गर्दै बडालले यस्तो रिट खारेजयोग्य भएको बताए।

‘यो रिट १४६ जनाको नभई ५ जनाको मात्र हो । सनाखतलाई रिट निवेदक मान्ने व्यवस्था कहाँ छ श्रीमान। त्यसैले यो रिट अवैधानिक छ। खारेजयोग्य छ,’ उनले भने।

बडालले अदालतले दुरुत्साहनलाई बढावा दिएको हो भनेर प्रश्न पनि गरेका छन्। ‘प्रधानमन्त्री र राष्ट्रपतिको हत्याको धम्की दिइँदा पनि इजलासले कुनै अब्जेक्सन जनाएन। बेलायतको उदाहरण दिएर यहाँको हकमा पनि भन्ने तर्क गर्ने विद्वान वकिलहरुलाई रोकिएन। अदालतले दुरुत्साहनलाई बढावा दिएको हो?’

उनले राष्ट्रपतिले संविधानले भनेको काम कर्तव्य पूरा गर्नुपर्ने उल्लेख गर्दै सरकारले गरेको सिफारिस सदर गर्ने काम राष्ट्रपतिको भएकोमा त्यो ठीक नलागे अदालतले बदर गर्न सक्ने बताए।

प्रधानमन्त्री ओलीले मार्गप्रशस्त गर्छु भनेकोमा अन्तिम समयमा आएर जसपाले समर्थन दिएको उनले बताए। तर प्रधानमन्त्रीका दुवै दाबी अस्वीकृत गर्दा असंवैधानिक हुने भए ओलीको मात्र बदर हुँदाचाहिँ कसरी संवैधानिक हुन्छ भनी प्रश्न गरे। ‘प्रधानमन्त्रीको पद खेलाँची होइन, दाबी गर्नेबित्तिकै नियुक्त गर्नुपर्ने,’ उनले भने।

‘देशको महत्वपूर्ण विषय राष्ट्रपतिले हेर्नुपर्छ। शासन निरन्तरता हुने अवस्था हुनुपर्छ र त्यो राष्ट्रपतिले पनि देख्नुपर्छ। त्यो हेर्ने आधार, अधिकार राष्ट्रपतिलाई छ,’ बडालले भने, ‘तर हस्ताक्षरमा किर्ते देखेपछि, राष्ट्रपतिले उहाँहरुलाई संवैधानिक जामा लगाइदिनु भएको थियो । उहाँहरु त्यो फुकालेर अदालत आउनुभयो।’


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार

फोर्ड नेपालका अनुसार फिगो शृंखलाका ‘फोर्ड फिगो टाइटेनियम एटी’ र ‘फोर्ड फिगो टाइटेनियम प्लस एटी’ गरी दुई नयाँ भेरियन्ट सार्वजनिक

एमालेले गठन गर्‍यो ९ वटा विभाग, माधव समूहका लागि ठाउँ…

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी महाधिवेशनलाई लक्षित गरेर विभिन्न विभागहरू गठन गरेको छ। तीन दिनदेखि जारी स्थायी कमिटी बैठकको

नेप्सेमा झिनो सुधार, बजार पूँजीकरण ४२ खर्ब ९८ अर्ब

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साेमबार पनि झिनो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.०६ बिन्दुले