विपक्षीको अवरोधपछि प्रदेश १ सभा स्थगित


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


विराटनगर–प्रदेश १ सभाको आठौँ तथा बजेट अधिवेशनको १४ औँ बैठक सोमबार स्थगित भएको छ। निर्धारित समयअनुसार सञ्चालन हुन लागेको सभामा माओवादी केन्द्रका सदस्यले उभिएर विरोध जनाएपछि सभामुख प्रदीपकुमार भण्डारीले लगातार आसन ग्रहणका लागि अनुरोध गरेका थिए।

सदन अवरुद्ध भएपछि आफ्ना कुरा राख्दै प्रदेशसभा सदस्य रामकुमार राईले भौतिक पूर्वाधार विकास मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफमा सम्बन्धित मन्त्री अम्बिरबाबु गुरुङले अमर्यादित, अशोभनीय र गैरजिम्मेवारीपूर्वक जवाफ दिएकाले उनले सदनमा माफी माग्नुपर्ने माग गरे।

सदस्य राईले आत्मालोचनासहित सदनमा सम्बोधन नगरेसम्म सदन लगातार अवरोध गर्ने जानकारी दिँदै प्रदेश सरकारले बजेट पुनः लेखन समिति बनाएर बजेट बनाउन लागेको कुरा सुन्नमा आएकाले यसको पनि जवाफ दिनुपर्ने माग गरे। सदनमा आर्थिक वर्ष २०७८/७९ का लागि वार्षिक आय–व्ययको बजेट सार्वजनिक भइसकेपछि सरकारले असंवैधानिक तरिकाले बजेट बनाउन नहुने तर्क गर्दै उनले भने, ‘यदि बजेट नै बनाउनुपर्ने भएमा सदनमै छलफल गरेर बनाउनुपर्छ।’ प्रदेशसभाको अर्को बैठक मङ्गलबार मध्याह्न साढे १२ बजे बस्ने भएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार

फोर्ड नेपालका अनुसार फिगो शृंखलाका ‘फोर्ड फिगो टाइटेनियम एटी’ र ‘फोर्ड फिगो टाइटेनियम प्लस एटी’ गरी दुई नयाँ भेरियन्ट सार्वजनिक

एमालेले गठन गर्‍यो ९ वटा विभाग, माधव समूहका लागि ठाउँ…

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी महाधिवेशनलाई लक्षित गरेर विभिन्न विभागहरू गठन गरेको छ। तीन दिनदेखि जारी स्थायी कमिटी बैठकको

नेप्सेमा झिनो सुधार, बजार पूँजीकरण ४२ खर्ब ९८ अर्ब

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साेमबार पनि झिनो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.०६ बिन्दुले