नेपाल आउने पर्यटक ८१ प्रतिशतले घटे, आइपुगे २ लाख ३० हजार


आयोमेल संवाददाता
उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य

आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका


काठमाडौं-

कोरोना भाइरस महामारीका कारण सन् २०२० मा नेपाल घुम्न आउने पर्यटक करिब ८१ प्रतिशतले घटेका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको ताजा तथ्यांकअनुसार हवाई मार्ग हुँदै आउने पर्यटक ८१.६ प्रतिशत तथा स्थल मार्ग हुँदै आउने पर्यटक भने ७६.७ प्रतिशतले घटेका हुन्।

मन्त्रालयका अनुसार २०२० मा हवाई र स्थल मार्ग हुँदै २ लाख ३० हजार ८५ पर्यटक नेपाल आइपुगेका थिए। तर, यो संख्या २०१९ को दाँजोमा ८०.८ प्रतिशतले कम हो। त्यसबेला ११ लाख ९७ हजार १ सय ९१ पर्यटकले नेपाल भ्रमण गरेका थिए।

हवाई मार्गबाट १ लाख ८३ हजार १ सय ३० पर्यटक नेपाल आएका थिए। जबकि, अघिल्लो वर्ष २०१९ मा ९ लाख ९५ हजार ८ सय ८४ पर्यटकले नेपाल भ्रमण गरेका थिए।
त्यसैगरी गत वर्ष स्थल मार्गबाट ४६ हजार ९ सय ५५ पर्यटक नेपाल आइपुगेका थिए। तर, अघिल्लो वर्ष २०१९ मा २ लाख १ हजार ३ सय ७ जनाले नेपाल घुमेका थिए।

पर्यटक आगमन घटे पनि उनीहरूको नेपाल बसाइ दर भने लम्बिएको तथ्यांक पर्यटन मन्त्रालयले समेटेको छ। गत वर्ष २०२० मा नेपाल आएका पर्यटकको औसत बसाइ दर १५.१ दिन थियो भने अघिल्लो वर्ष २०१९ मा १२.७ दिन थियो।

गत वर्ष १ लाख २४ हजार ४८ पुरुष र १ लाख ६ हजार ३७ महिला पर्यटक आएका थिए। अघिल्लो वर्ष ६ लाख २६ हजार ८ सय ६६ पुरुष र ५ लाख ७० हजार ३ सय २५ महिला पर्यटक नेपाल आइपुगेका थिए।

मन्त्रालयका अनुसार २०२० मा नेपाल आएकामध्ये सबैभन्दा धेरै भारतबाट आएका थिए। भारतबाट ४० हजार ३ सय ६६ जना आएका थिए।
त्यसपछि म्यानमार, थाइल्यान्ड, चीन र अमेरिकाबाट धेरै पर्यटक आएका थिए। भारतबाहेक तेस्रो मुलुकबाट गत वर्ष १ लाख ८९ हजार ७ सय ४९ पर्यटक आएका थिए।

पर्यटन मन्त्रालयका अनुसार बिदा मनाउन १ लाख ३९ हजार २ सय २, धार्मिक यात्राका लागि २८ हजार ५ सय ३०, पदयात्रा तथा पर्वतारोहणका लागि ३५ हजार ८ सय ९३ र अन्य उद्देश्यले २६ हजार ४ सय ६० पर्यटक नेपाल आएका थिए।

२०२० मा नेपाल वायुसेवा निगमले सबैभन्दा धेरै पर्यटक ओसारेको थियो। त्यसपछि क्रमशः कतारको कतार एयरवेज, दुबईको फ्लाई दुबई, भारतको एयर इन्डिया र सारजहाँको एयर अरेबियाले बढी पर्यटक ल्याएका थिए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोरोना उपचारमा बढी शुल्क असुल्ने निजीलाई छैन कारबाही, मन्त्रालयकै कर्मचारी…

'धेरैजसो मन्त्रालयका चिकित्सकहरु निजी अस्पतालमा काम गर्ने गरेका छन्। जबसम्म एक चिकित्सक एक अस्पतालको नियम लागू गरिँदैन तबसम्म समस्या समाधान

क्रिकेटको बन्द प्रशिक्षणका लागि १९ खेलाडीलाई बोलाइयो

१९ सदस्यीय क्रिकेट टोलीलाई बन्द प्रशिक्षणका लागि बोलाइएको छ। ओमानमा हुने आइसिसी क्रिकेट वर्ल्ड कप लिग-२ को ट्राई सिरिजका लागि

झापामा दैनिक कोरोना संक्रमण दर ३५ प्रतिशतभन्दा बढी

झापा – झापामा कोरोना संक्रमण दिनदिनै बढ्दो छ। जिल्लामा कोरोना संक्रमण दर ३५ प्रतिशतभन्दा बढी छ। यो देशभरकै उच्च संक्रमण

झापामा जटिल बन्दै अवस्था : कोरोना संक्रमितले भरिए अस्पताल

विज्ञहरुले कोरोनाको तेस्रो लहर छिट्टै आउने चेतावनी दिइरहेका बेला झापाका कोभिड अस्पतालहरु संक्रमितले भरिभराउ भएका छन्।