७६(५) मा पनि दलीय ह्वीप लाग्छ, संविधानले फरक व्यवस्था गरेको छैन : महान्यायाधिवक्ता बडाल


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


काठमाडौं – महान्यायाधिवक्ता रमेश बडालले संविधानको धारा ७६(५) मा पनि दलीय ह्वीप लाग्ने दाबी गरेका छन्। प्रतिनिधिसभा विघटन मुद्दामा सरकारी पक्षबाट बहस गर्दै बडालले सबै उपधारा ४ मै गएर मिसिएकाले दलीय ह्वीप लाग्ने बताएका हुन्।

‘रिट निवेदक पक्षका वकिलले संविधानको धारा ७६ को उपधारा १, २, ३ मा मात्र ह्वीप लाग्ने तर, ५ मा नलाग्ने भन्नु भयो। यसो हो भने विश्वासको मत कसरी लिने? विश्वासको मत लिन त फेरि उपधारा ४ मै जानुपर्छ। अनि यी धारा कसरी छुट्याउने त?’, उनले भने।

बडालले नदीको उदाहरण दिँदै भने, ‘एउटा नदी उपधारा १, २ बाट आएर उपधारा ४ मा मिसिएको छ। अर्को उपधारा ३ पनि उपधारा ४ मै मिसिएको छ। अनि उपधारा ५ पनि त्यहीँ जोडिएको छ। अब छुट्याउने कसरी? संविधानको धारा ७६ को उपधारा ६ ले पनि फेरि उपधारा ४ मै पठाउँछ। उपधारा ४ समुन्द्र हो भने यसमा मिसिएका अरु उपधाराका भंगलो, कसरी छुट्याउने? त्यसैले उपधारा २/३ मा ह्वीप लागछ भने ५ मा पनि लाग्छ। ह्वीपको विषयमा संविधानले फरक व्यवस्था गरेको छैन।’

त्यसपछि बडाललाई बीचमै रोक्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोधे – एउटै दलको दुईवटा प्रतिनिधि हुने व्यवस्था छ?

जवाफमा बडालले एउटै दल एकै पटकमा कोही सत्तामा र कोही विपक्षमा हुन नसक्ने बताए। कहीँ कतै देखिएको यो गाईजात्रा त कर्णालीबाट सुरु भएको उनले बताए। उनले भने, ‘त्यसैले दल भनेको के हो त बुझ्नु पर्यो। दलीय अनुशासनको विषयलाई अदालतले राम्ररी व्याख्या गरेन वा गर्ने अवस्थामा छ। त्यो हुनु जरूरी छ।

बडालका लागि ३ घण्टा बहस गर्ने गरी समय छुट्याइएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार

फोर्ड नेपालका अनुसार फिगो शृंखलाका ‘फोर्ड फिगो टाइटेनियम एटी’ र ‘फोर्ड फिगो टाइटेनियम प्लस एटी’ गरी दुई नयाँ भेरियन्ट सार्वजनिक

एमालेले गठन गर्‍यो ९ वटा विभाग, माधव समूहका लागि ठाउँ…

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी महाधिवेशनलाई लक्षित गरेर विभिन्न विभागहरू गठन गरेको छ। तीन दिनदेखि जारी स्थायी कमिटी बैठकको

नेप्सेमा झिनो सुधार, बजार पूँजीकरण ४२ खर्ब ९८ अर्ब

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साेमबार पनि झिनो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.०६ बिन्दुले