इरान समर्थित लडाकुविरुद्ध अमेरिकाको हवाइ हमला


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


काठमाडौं – अमेरिकाले इरान समर्थित लडाकुमाथि हवाइ हमाला गरेको छ। अमेरिकी रक्षा विभागले राष्ट्रपति जो बाइडेनको निर्देशनमा इराक र सिरियामा रहेका लडाकुमाथि हवाइ हमला गरिएको जनाएको छ।

अमेरिकाले इराकमा रहेका आफ्ना नागरिक र उनीहरुको सुविधामाथि भएको ड्रोन हमलाको बदलामा आक्रमण गरेको जनाएको हो। पेन्टागनका अनुसार राष्ट्रपति बाइडेनले इराक-सिरियाको सीमामा आक्रमणका लागि निर्देशन दिएका थिए। अमेरिकाले आक्रमणलाई आफ्नो कानुनी दायरामा रहेर आत्मरक्षाका लागि गरेको स्पष्ट पारेको छ।

पेन्टागनले आक्रमणमा परी कतिजनाको मृत्यु भएको छ भन्ने नखुलाएपनि सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले पाँच लडाकुको मृत्यु भएको र केही घाइते भएका जानकारी दिएको छ। यस्तै सिरियाको स्टेट न्युज एजेन्सीले एक बालकको मृत्यु भएको र तीन अन्य घाइते भएका जनाएको छ।

इराकमा रहेका अमेरिकी सैनिकमाथि इरानबाट बेलाबेलामा ड्रोनबाट हमला भइरहेको आरोप अमेरिकाले लगाएको छ। तर, इरानले भने यसलाई इन्कार गर्दै आएको छ। इराकमा २५ सय अमेरिकी सैनिक इस्लामिक स्टेटविरुद्ध बनेको अन्तर्राष्ट्रिय गठबन्धनका लागि खटिएका छन्।

बाइडेनको आदेशमा भएको यो दोस्रो हमला हो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालसहित २६ देशका विद्यार्थीलाई कोरिया प्रवेश नगर्न सुझाव

दक्षिण कोरियामा डेल्टा भेरियन्टसहित कोभिड सङ्क्रमण दर उच्च भएपछि यहाँ अध्ययन गर्न आउने नेपालीलगायत विदेशी विद्यार्थीलाई तत्काल कोरिया प्रवेश नगर्न

गठबन्धन शीर्ष नेताको बैठकः न्यूनतम साझा कार्यक्रम मंगलबार सार्वजनिक गर्ने…

सत्ता गठबन्धनमा सहभागी दलले सरकारको न्यूनमत साझा कार्यक्रमका बारेमा छलफल गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको प्रमुख शीर्ष नेताको

बसलाई ओभरटेक गर्न खोज्दा सप्तरीमा मोटरसाइकल ठोक्किए, दुईको मृत्यु, दुई…

सप्तरीमा सोमबार साँझ सडक दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका–४ अमाहामा भएको दुर्घटनामा

बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)