१० खेलाडीमा सीमित नेदरल्याण्डस चेक रिपब्लिकसँग पराजित


विचार
आयोमेल संवाददाता
व्यवसायीलाई मन्त्री बनाउँदैमा विरोध गरिहाल्नु पर्दैन : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले व्यवसायीलाई मन्त्री बनाउँदैमा असन्तुष्टि र विरोध गर्न

आयोमेल संवाददाता
गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा

आयोमेल संवाददाता
‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक…

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक


काठमाडौं – चेक रिपब्लिक युरोकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। १० खेलाडीमा सीमित नेदरल्याण्डसलाई २-० ले पराजित गर्दै चेक रिपब्लिक क्वार्टरफाइनल प्रवेश गरेको हो भने नेदरल्याण्डसको आगामी यात्रामा पूर्णविराम लागेको छ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि ५२ औं मिनेटमा नेदरल्याण्डसका म्याथिस डी लिटले रातो कार्ड पाउँदै मैदान छोड्नुपरेपछि उसमाथि संकट आइपरेको थियो। काउन्टर अट्याकमा बल अगाडि बढाएका प्याट्रिक सिचलाई रोक्न खोज्दा डी लिट चिप्लिएका थिए। उनी चिप्लिएपछि बललाईसमेत हातले हानेर पछाडि फर्काएका थिए। रेफ्रीले पहिले डी लिटलाई पहेँलो कार्ड देखाए पनि भिएआरको सहयोगमा रातो कार्ड देखाएका थिए।

त्यसको १६ मिनेटपछि नै नेदरल्याण्डसले पहिलो गोल खान पुग्यो। टोमस होल्सले हेडमार्फत गोल गर्दै चेक रिपब्लिकलाई अग्रता दिलाए। बराबरी गोलका लागि प्रयास गरिरहेको नेदरल्याण्डसले ८० औं मिनेटमा दोस्रो गोल खान पुग्यो। यसपटक चेक रिपब्लिकका लागि प्याट्रिकले गोल गरे। दुई गोलले पछाडि परेपछि नेदरल्याण्डले जितको आस मारेको थियो।

सेमिफाइनलमा स्थान बनाउन चेक रिपब्लिकले अब डेनमार्कसँग शनिबार खेल्ने छ। डेनमार्क वेल्सलाई ४–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेको थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
व्यवसायीलाई मन्त्री बनाउँदैमा विरोध गरिहाल्नु पर्दैन : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले व्यवसायीलाई मन्त्री बनाउँदैमा असन्तुष्टि र विरोध गर्न जरूरी नरहेको बताएका छन्। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको

गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल सरकारमा सहभागी…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा नजाने भएको छ। आज बिहान बालुवाटारमा बसेको गठबन्धन बैठकमा सो

‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक आज दिउँसो ३ बजेका लागि तय गरिएको थियो।

गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट नगरपालिका-४ स्थित दोभान भन्ने स्थानमा लु १ ज ४५५९ नम्बरको