कांग्रेस महाधिवेशन : ७३ हजार क्रियाशील सदस्यको नाममा उजुरी


आयोमेल संवाददाता
उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य

आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका


काठमाडौं नेपाली कांग्रेसले तोकिएकै मितिमा क्रियाशील सदस्यता वितरण कार्यलाई टुंगो लगाउने भएको छ।

पार्टीको आन्तरिक समायोजनलगायतका विषयले रोकिएको क्रियाशील सदस्यता वितरण तोकिएकै अवधिमा टुंगो लगाउने भएको हो।

आइतबार सानेपास्थित पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका संयोजकसमेत रहेका केन्द्रीय सदस्य रमेश लेखकले हालसम्म भएको प्रगतिबारे ब्रिफिङ गरेका छन्।

लेखकले विवाद रहेका जिल्लाहरूमा पनि क्रियाशील सदस्यता वितरण कार्य सुरू भइसेकेको बताएका छन्।

लेखक नेतृत्वको क्रियाशील सदस्यता छानबिन समितिलाई असार २० गतेसम्म क्रियाशील सदस्यको विवरण बुझाउन भनिएको छ।

तोकिएको मितिमा विवरण बुझाउने गरी समितिले काम गरिरहेको छानबिन समितिका सदस्य योगेन्द्र चौधरीले बताए।

‘महाधिवेशनको मिति घर्किँदै छ, युद्धस्तरमा काम गरिरहेका छौं,’ आयोमेलसँग कुरा गर्दै उनले भने,‘असार २० गतेभित्रै क्रियाशील सदस्यता विवरण बुझाउने गरी काम गरिरहेका छौं। बढीमा एक दुईदिन तलमाथि हुनसक्छ।’

दर्ता भएको उजुरीमाथि छानबिन गरेर मंगलबारसम्म ४० जिल्लाको टुंगो लगाउने योजना रहेको बताउँदै उनले त्यसपछि बाँकी जिल्लाको काम सुरू हुने जनाएका छन्।

पार्टी समायोजन समितिले दिएको निर्देशन जिल्लामा कार्यान्वयन नहुँदा क्रियाशील विवाद टुंग्याउन समितिलाई जटिलता थपिएको छ।

‘पहाडी जिल्लाभन्दा तराईका जिल्लाहरूबाट बढी उजुरी आएको देखिन्छ,’ चौधरी भन्छन्,‘समायोजन समितिको निर्देशन जिल्लामा कार्यान्वयन नहुँदा बढी समस्या देखिएको हो।’

उनले जनाएअनुसार यसअघि विवाद देखिएका बर्दिया, बारा र सोलुखुम्बुमा आइतबारदेखि सफ्टवेयरमा इन्ट्री गर्ने काम सुरू भएको छ।

छानबिन समितिका अर्का केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले इन्ट्री भएकामध्ये ७३ हजारको नाममा उजुरी आएको बताए।

‘हालसम्म इन्ट्री भएर सफ्टवेयरमार्फत सार्वजनिक भइसकेका ८ लाख २० हजार क्रियाशील सदस्यमध्ये ७३ हजार नाममा उजुरी आएको छ,’ उनले भने,‘छानबिनमा भइरहेका समस्याबारे पदाधिकारी बैठकमा शीर्ष नेताहरूलाई जानकारी गराएर सहजीकरण गरिदिन अनुरोध गरेका छौं।’

समितिले आइतबार थप ६ जिल्लाका ९ निर्वाचन क्षेत्रको क्रियाशील सदस्यहरूको नामावली सार्वजनिक गरेको छ।

समितिले सप्तरीको चारै निर्वाचन क्षेत्र, भोजपुर, धनुषा–१, रूकुम पश्चिम र प्युठानका क्रियाशील सदस्यहरूको विवरण सार्वजनिक गरेको हो।

छानबिन समितिका सदस्य चौधरीका अनुसार अहिलेसम्म ८ लाख २० हजार क्रियाशील सदस्यको नामवली सार्वजनिक भइसकेको छ। जसमध्ये नयाँ ४ लाख १९ हजार ९३९ छन भने नवीकरण भएका ३ लाख ८० हजार ३७८ जना छन्।

१० लाख क्रियाशील सदस्य पु¥याउने लक्ष्य लिइएपनि तोकिएको ९ लाख पुग्ने अनुमान कांग्रेसले गरेको छ।

क्रियाशील सदस्यता लिनेहरूमा ४० देखि ६० वर्ष उमेर समूहका बढी रहेको समितिले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
अफगानिस्तानका रक्षामन्त्रीको घरमा आक्रमण, चारजनाको मृत्यु

अफगानिस्तानका रक्षामन्त्रीको घरमा गरिएको आक्रमणमा परी चारजनाको मृत्यु भएको छ। बन्दुकधारीले काबुलको सबैभन्दा सुरक्षित मानिने ग्रीन जोनस्थित रक्षामन्त्री विस्मिल्लाह खान

साझा कार्यक्रमलाई अन्तिमरूप दिन आज पुन: कार्यदलको बैठक बस्दै

सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज पुन: सत्तारुढ गठबन्धन कार्यदलको बैठक बस्दैछ। मंगलबार बसेको बैठकले कार्यक्रमलाई अन्तिमरूप दिन आज

उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य जे जति हल्ला व्याप्त भए पनि यस देशमा केही मानिस

मन्त्रिपरिषद् निर्णयः भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज

सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मीलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को मंगलबारकाे बैठकले आयोगको सदस्यमा डिल्लीराम रिमाल र नन्दकुमारी महर्जनलाई