ओलीलाई सर्वोच्चको अर्को झड्का : पूर्वमन्त्री कार्कीलाई राजदूत नियुक्त नगर्न अन्तरिम आदेश


विचार
आयोमेल संवाददाता
गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा

आयोमेल संवाददाता
‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक…

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक

आयोमेल संवाददाता
गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट


काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतबाट एकपछि अर्को झड्का खाइरहेका छन्। नागरिकता अध्यादेश, मन्त्रिपरिषद विस्तारलगायतका निर्णयपछि ओलीले गरेको अर्को एक निर्णयमाथि पनि सर्वोच्चले रोक लगाइदिएको छ।

पूर्वमन्त्री युवराज कार्कीलाई राजदूतमा सिफारिस गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश दिएको हो। वैशाख २५ गते बसेको मन्त्रिपरिषद बैठकले कार्कीलाई बहराइनको राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो।

तर, राजदूत नियुक्तिसम्बन्धी निर्देशिका २०७५ कार्यान्वयन नगर्न यसअघि नै सरकारलाई सर्वोच्चले आदेश दिइसकेको भन्दै न्यायाधीश सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको इजलासले कार्कीलाई नियुक्ति नदिन आदेश दिएको हाे।

कार्कीलाई राजदूतमा नियुक्त गर्न सरकारले निर्देशिका संशोधन गरेको थियो। राजदूत नियुक्त हुन स्नातक उतीर्ण हुनुपर्ने निर्देशिकाले व्यवस्था गरेको छ। तर, सरकारले वैशाख २५ गते निर्देशिका संशोधन गरी मन्त्री भइसकेका व्यक्तिको हकमा त्यो दफा लागू नहुने व्यवस्था गरेको थियो।

निर्देशिका संशोधन भएकै दिन सरकारले कार्कीलाई राजदूतका लागि सिफारिस गरेको थियो। तर, सर्वोच्च अदालतले निर्देशिका संशोधन तत्काल कार्यान्वयन गर्न अन्तरिम आदेश जारी गरेको थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल सरकारमा सहभागी…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा नजाने भएको छ। आज बिहान बालुवाटारमा बसेको गठबन्धन बैठकमा सो

‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक आज दिउँसो ३ बजेका लागि तय गरिएको थियो।

गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट नगरपालिका-४ स्थित दोभान भन्ने स्थानमा लु १ ज ४५५९ नम्बरको

सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय बाँडफाँटको जिम्मा…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच तत्काल मन्त्रिपरिषद विस्तार गर्ने सहमति जुटेको