इटालीले दियो नेपाललाई स्वास्थ्य सामग्री


आयोमेल संवाददाता
उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य

आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका


काठमाडौं-

नेपाललाई कोरोना महामारीको दोस्रो लहरविरुद्ध लड्न युरोपियन युनियन (ईयु) को नागरिक संरक्षण संयन्त्रमार्फत इटालीले स्वास्थ्य उपकरण र सामग्री हस्तान्तरण गरेको छ।

नेपालको सहायता अपिललाई मध्यनजर गर्दै स्वास्थ्य उपकरण तथा सामग्री पठाउने ईयुका १२ सदस्य राष्ट्रमध्ये इटाली एक हो। अन्य राष्ट्र स्पेन, फिनल्यान्ड, फ्रान्स, बेल्जियम, जर्मनी, स्लोभेनिया, अस्ट्रिया, माल्टा, डेनमार्क र आयरल्यान्ड, लिथुवेनिया र जर्मनीबाट थप सहयोग आउने अपेक्षा छ।

‘यस चुनौतीपूर्ण समयमा इटाली कोरोना भाइरसविरुद्धको लडाइँको अग्रपंक्तिमा छ। ईयुको नागरिक संरक्षण संयन्त्रमार्फत नेपालका लागि प्रदान गरिएको यस राहत नेपालप्रति इटालीको सहयोग र ऐक्यबद्धता हो,’ नेपालका लागि इटालीका राजदूत भिन्सेन्जो डि लुकाले भने।

इटालीले उपलब्ध गराएका राहत उपकरणमा २० भेन्टिलेटर, ६ हजार आइसोलेसन गाउन र १० हजार प्रोटेक्टिभ कवरल्स छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इटालीका लागि मानार्थ कन्सुल प्रतिमा पाण्डे र नेपालका लागि ईयुका राजदूत नोना डेप्रेले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेललाई ती सामग्री हस्तान्तरण गरेका थिए। ‘टिम युरोप’ मर्म आत्मसात गर्दै जर्मनी र फ्रान्सका राजदूतहरू पनि कार्यक्रममा उपस्थित थिए।

‘लामो समयदेखिको मित्र र साझेदारका रूपमा ईयु र सदस्य राष्ट्रले कठिन समयमा नेपाललाई सहयोग गरिरहेका छन्। यी स्वास्थ्य सामग्रीले कोभिड फैलिनबाट रोक्न सहयोग पुग्ने विश्वास छ,’ नेपालका लागि ईयुका राजदूत डेप्रेले भनिन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
साझा कार्यक्रमलाई अन्तिमरूप दिन आज पुन: कार्यदलको बैठक बस्दै

सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज पुन: सत्तारुढ गठबन्धन कार्यदलको बैठक बस्दैछ। मंगलबार बसेको बैठकले कार्यक्रमलाई अन्तिमरूप दिन आज

उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य जे जति हल्ला व्याप्त भए पनि यस देशमा केही मानिस

मन्त्रिपरिषद् निर्णयः भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज

सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मीलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को मंगलबारकाे बैठकले आयोगको सदस्यमा डिल्लीराम रिमाल र नन्दकुमारी महर्जनलाई

४१ राजनीतिक दलको दर्ता खारेज

निर्वाचन आयोगले ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ। समयभित्रै लेखापरीक्षण प्रतिवेदन नबुझाउने ४१ राजनीतिक दलको दर्ता आयोगले मंगलबार