भक्तपुर क्यान्सर अस्पताललाई अध्ययन संस्थान मातहत सञ्चालन गर्ने निर्णयको स्वागत


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


भक्तपुर–क्यान्सर रोगको अध्ययन, अनुसन्धान र उपचार गर्न राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गरी भक्तपुर क्यान्सर अस्पताललाई त्यसैमातहत सञ्चालन गर्ने सरकारी निर्णयको स्वागत गरिएको छ। भक्तपुर क्यान्सर अस्पताल कर्मचारी कल्याणकारी संघका अध्यक्ष शिवराम धुख्वाले आइतबार विज्ञप्ति जारी गर्दै उक्त निर्णयको स्वागत गरेका हुन्।

सरकारले भक्तपुर क्यान्सर अस्पतालका साथै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई अध्ययन संस्थान मातहत सञ्चालन गर्ने निर्णय गरेको थियो। भक्तपुर क्यान्सर अस्पताललाई संस्थानमातहत सञ्चालन गर्ने सरकारी निर्णयको नेपाली कांग्रेसले विरोध जनाएको थियो।

विज्ञप्तिमा भनिएको छ, ‘बिपी कोइराला क्यान्सर अस्पतालजस्तो संस्थान क्यान्सर प्रतिष्ठानमा विकसित हुनुपर्छ। अझ भन्ने हो भने क्यान्सर विश्वविद्यालय नै हुनपर्छ भन्ने हाम्रो मान्यता छ। यस विश्वविद्यालयअन्तर्गत सातै प्रदेशमा क्यान्सर संस्थान वा क्यान्सर अस्पताल सञ्चालन गरी देशमा क्यान्सर रोकथाम, अध्ययन, अध्यापन र क्यान्सर उपचारमा निर्देशिका बनाइ उपचारमा एकरुपता ल्याउन सहकार्य पनि गर्न सकिन्छ भन्ने हाम्रो आशा छ।’

केही मेडिकल क्यान्सर माफियाहरुले आप्mनो स्वार्थका लागि अन्य ठाउमा क्यान्सर संस्थान खोलिनु हुँदैन भनेर सिण्डिकेट लगाउने षडयन्त्र गरिएको भन्दै विरोध गरिएको छ।

भक्तपुर क्यान्सर अस्पतालले देशका एक तिहाई क्यान्सर बिरामीलाई सेवा प्रदान गर्दै आएको पनि विज्ञप्तिमा उल्लेख छ। बजेट कार्यक्रममा उल्लेख भए अनुसार अध्ययन संस्थानलाई जतिसक्दो चाँडो विकास गर्न अपिल पनि गरिएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार

फोर्ड नेपालका अनुसार फिगो शृंखलाका ‘फोर्ड फिगो टाइटेनियम एटी’ र ‘फोर्ड फिगो टाइटेनियम प्लस एटी’ गरी दुई नयाँ भेरियन्ट सार्वजनिक

एमालेले गठन गर्‍यो ९ वटा विभाग, माधव समूहका लागि ठाउँ…

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी महाधिवेशनलाई लक्षित गरेर विभिन्न विभागहरू गठन गरेको छ। तीन दिनदेखि जारी स्थायी कमिटी बैठकको

नेप्सेमा झिनो सुधार, बजार पूँजीकरण ४२ खर्ब ९८ अर्ब

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साेमबार पनि झिनो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.०६ बिन्दुले