अस्ट्रियामाथि कठिन जित निकाल्दै इटाली पुग्यो युरोकपको क्वार्टरफाइनलमा


विचार
आयोमेल संवाददाता
गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा

आयोमेल संवाददाता
‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक…

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक

आयोमेल संवाददाता
गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट


काठमाडौं – इटालीले अस्ट्रियामाथि कठिन जित निकाल्दै क्वार्टरफाइनलको यात्रा तय गरेको छ। निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल गोलरहित बराबरी भएको थियो। त्यसपछि ३० मिनेटको अतिरिक्त समयतर्फ खेल धकेलिएको थियो। अतिरिक्त समयमा दुवैतर्फबाट गरेर तीन गोल भए। खेल भने इटालीले २-१ ले जित्यो।

अतिरिक्त समय सुरु भएको पाँच मिनेटमै इटालीले अग्रता बनायो। उसका लागि फेड्रिको चेइसाले ९५ औं मिनेटमा गोल गरे। इटालीले १०५ औं मिनेटमा दोस्रो गोल थप्यो। यसपटक भने म्याटियो पेसिनाले गोल गरे। अष्ट्रियाका सासाले ११४ औं मिनेटमा एक गोल फर्काएपनि थप गोल गर्न नसक्दा २-१ को हार बेहोर्न बाध्य भयो।

अब इटालीले सेमिफाइनल प्रवेशका लागि आइतबार बेल्जियम र पोर्चुगलबीच हुने खेलको विजेताको सामना गर्नेछ। समूह चरणमा भएका तीनवटै खेलमा इटालीले जित निकालेको थियो। प्रतियोगितामा उसको यो लगातार चौथो जित हो। जितसँगै इटालीको अपराजित यात्राको कीर्तिमान ३१ खेल पुगेको छ। इटाली सन् २०१८ को यूईएफए नेसन्स लिगमा पोर्चुगलबाट अन्तिम पटक पराजित भएको थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल सरकारमा सहभागी…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा नजाने भएको छ। आज बिहान बालुवाटारमा बसेको गठबन्धन बैठकमा सो

‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक आज दिउँसो ३ बजेका लागि तय गरिएको थियो।

गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट नगरपालिका-४ स्थित दोभान भन्ने स्थानमा लु १ ज ४५५९ नम्बरको

सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय बाँडफाँटको जिम्मा…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच तत्काल मन्त्रिपरिषद विस्तार गर्ने सहमति जुटेको