वेल्सलाई स्तब्ध बनाउँदै डेनमार्क पुग्यो युरोकपको क्वार्टरफाइनलमा


आयोमेल संवाददाता
उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य

आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका


काठमाडौं – डेनमार्क युरोकप २०२० को क्वार्टरफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ। शनिबार राति भएको अन्तिम १६ को खेलमा वेल्समाथि ४-० को प्रभावशाली जित निकाल्दै डेनमार्क क्वार्टरफाइनल प्रवेश गरेको हो।

डेनमार्कका लागि कास्पर डोलबर्गले उत्कृष्ट प्रदर्शन दिएका थिए। उनले दुई गोल गरे। पहिलो गोल २७ औं मिनेटमा पेनाल्टी बक्स बाहिरबाट गर्दै डेनमार्कको खाता उनले नै खोलेका थिए।

पहिलो हाफमा १-० को अग्रता बनाएको डेनमार्कले दोस्रो हाफमा थप तीन गोल गर्यो। वेल्सका निको विलियम्सले गरेको गल्तीमा डोलबर्ग नै ४८ औं मिनेटमा दोस्रो गोल गरे। विलियम्सले डिबक्स एरियाबाट क्लियर गरेको बल सोही एरियामा रहेका डोलबर्गको खुट्टामा परेपछि उनले त्यसमा गोल गर्दै अग्रता २-० बनाए।

डेनमार्कले ८८ औं मिनेटमा तेस्रो गोल थप्यो। उसका लागि जोकिम मेहेलले गोल गरे। त्यसपछि ९० औं मिनेटमा वेल्स १० खेलाडीमा सीमित बन्यो। उसका ह्यारी विल्सन रातो कार्ड पाउँदै मैदान बाहिरिन पुगे।

त्यसपछि १० खेलाडीमा सीमित बनेको वेल्सले अतिरिक्त समयमा अर्को गोल खायो। मार्टिन ब्रेथवेटले चौथो गोल थपेका थिए।

फिनल्यान्डसँगको पहिलो खेलमै आफ्ना स्टार खेलाडी क्रिस्टियन एरिक्सन मैदानमै हृदयघात भएर खेल्न नसक्ने भए पनि डेनमार्कले सम्हालिएर राम्रो प्रदर्शन गर्दै आएको छ। डेनमार्क अन्तिम १६ मा प्रवेश गर्दा समूह बीको उपविजेता भएको थियो भने वेल्स समूह एको उपविजेताको रुपमा आएको थियो।

५ वर्षअघि फ्रान्समा भएको प्रतियोगिताको पछिल्लो संस्करणमा वेल्स सेमिफाइनलसम्म पुगेको थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
गृहमन्त्री खाँण र मुख्यमन्त्री राउतबीच भेटवार्ता

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँण र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतबीच भेटवार्ता भएको छ। गृह मन्त्रालयमा मंगलबार साँझ भएको

चीनमा यात्रा प्रतिबन्धमा कडाइ, केही ठाउँका हवाइ र रेलसेवा बन्द

काठमाडौ‌ – कोरोना संक्रमणलाई रोक्न चीनले यात्रा प्रतिबन्धलाई कडा बनाएको छ। चीनका ३१ राज्यका बढी भिडभाड हुने स्थानमा रेल तथा

अष्ट्रेलियाविरुद्धको टी-२० मा बंगलादेशलाई ऐतिहासिक जित

बंगलादेशले अष्ट्रेलियाविरुद्धको पाँच खेलको टी-२० सिरिजअन्तर्गत पहिलो खेलमा ऐतिहासिक जित निकालेको छ। बंगलादेशले टी-२० मा पहिलो पटक अष्ट्रेलियालाई पराजित गरेको

कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुन्छ, हल्लाको पछि नलाग्नुस्…

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने स्पष्ट पारेको छ। बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले केही सञ्चार माध्यममा