आपसी विवादमा ‘जेसिबी बकेट’ ले हिर्काएर वडाध्यक्षको हत्या


विचार
आयोमेल संवाददाता
सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता

आयोमेल संवाददाता
राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी संग्रहालयको उद्घाटन (फोटो फिचर)

सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण सम्पन्न गरेको युद्ध संग्रहालयको राष्ट्रपति विद्यादेवी

आयोमेल संवाददाता
बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ। बैठकमा मन्त्रिपरिषद


काठमाडौं – सर्लाहीमा एक वडाध्यक्षको हत्या भएको छ। सर्लाहीको ईश्वरपुर नगरपालिका–३ भक्तिपुरका वडाध्यक्ष सूर्य श्रेष्ठको हत्या भएको हो।

श्रेष्ठ हत्याको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ईश्वरपुर नगरपालिका–३ बस्ने ठेकेदार प्रेमराज दाहाल र जेसिबी चालक हरिपुर नगरपालिका–१ बस्ने रविन भनिने हर्क तामाङ रहेका प्रहरीले जनाएको छ।

शुक्रबार राति विवाद हुँदा जेसिबी चालक तामाङले वडाध्यक्ष श्रेष्ठको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी सन्तोष सिंह राठौरले जानकारी दिए।

शुक्रबार साँझ ठेकेदार दाहालसँगै वडाध्यक्ष श्रेष्ठसहितको टोली सौन्दर्यीकरण भइरहेको एक पोखरीको निरीक्षणका लागि पुगेका थिए। पोखरी निरीक्षणकै क्रममा उनीहरूबीच विवाद भएको थियो।

पछि सँगै खाजा खाएर विवाद समाधान गर्ने प्रयास गरेपनि कुराकानी नमिल्दा चालक तामाङले जेसिबीको बकेटले टाउको र छातिमा प्रहार गरी वडाध्यक्ष श्रेष्ठको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी राठौरले बताए।

पक्राउ परेका दाहाल र तामाङले आफूहरूले श्रेष्ठको हत्या गरेको स्वीकार गरेका प्रहरीसमक्ष बयान दिएका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय बाँडफाँटको जिम्मा…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच तत्काल मन्त्रिपरिषद विस्तार गर्ने सहमति जुटेको

राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी संग्रहालयको उद्घाटन (फोटो फिचर)

सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण सम्पन्न गरेको युद्ध संग्रहालयको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन्। संग्रहालयको उद्घाटनका लागि राष्ट्रपति भण्डारी हेलिकप्टरमार्फत

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ। बैठकमा मन्त्रिपरिषद विस्तार, सरकारका न्यूनतम साझा कार्यक्रमलगायत समसामयिक राजनीतिमाथि छलफल भइरहेको बताइएको

भारतमा पुन: बढ्न थाल्यो कोरोना संक्रमण

भारतमा कोरोना संक्रमण पुन: बढ्न थालेको छ। नयाँ भेरियन्टले भारतमा केही समययता सुस्त बन्न लागेको संक्रमणलाई पुन: बढाउँदै लगेको छ।