सुदूरपश्चिम प्रदेश : दुई दिनयता कोरोना संक्रमितको मृत्युदर शून्य


आयोमेल संवाददाता
उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य

आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका


कैलाली – कोरोना भाइरसको दोस्रो लहर फैलिएयता सुदूरपश्चिम प्रदेशमा पछिल्ला दुई दिनमा यो रोगबाट मृत्यु हुनेको संख्या शून्यमा झरेको छ। गएको ४८ घण्टामा प्रदेशमा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको जानकारी नआएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ। यो अवधिमा १ हजार ८९२ जनाको नमूना परीक्षण गरिएकोमा ९७ जनामा संक्रमण देखिएको छ। ४४४ जना उपचारपछि संक्रमणमुक्त भएका छन्। दोस्रो लहर फैलिएयता प्रदेशमा पहिलो पटक गएको जेठ २५ गते पनि मृत्युदर शून्य रहेको थियो।

प्रदेशमा अहिलेसम्म ४३ हजार ४४२ जना संक्रमित भएका छन्। २ लाख ५९ हजार ८८७ जनाको नमुना परीक्षण गरिसकिएको छ।

दोस्रो लहरको फैलिएयता गत जेठ ७ गते एकै दिनमा प्रदेशमा सबैभन्दा बढी ९८४ जना संक्रमित थपिएका थिए। प्रदेशमा सबैभन्दा बढी एकै दिन ३१ जना संक्रमितको मृत्यु भएको थियो।

प्रदेशका जिल्लाहरुमा पछिल्लो हप्तादेखि निषेधाज्ञा केही खुकुलो परिएको छ। पछिल्ला हप्तामा संक्रमण र मृत्यु हुने दर घटेको देखिए पनि जोखिम यथावत रहेको स्वास्थ्यकर्मीको भनाइ छ।

निर्देशनालयको तथ्यांक विश्लेषण गर्दा हालसम्म प्रदेशमा जम्मा नमुना परीक्षण गरिएकामध्ये ४३ हजार ४४२ जना अर्थात झण्डै १७ प्रतिशतमा संक्रमण पाइएको छ। संक्रमित हुने मध्ये ५७० जना आर्थात १ दशमलव ३१ प्रतिशतको मृत्यु भएको छ।

हालसम्म एन्टिजेन परीक्षण ६६ हजार ९५० जनाको गरिएकोमा ८ हजार ३४४ र पिसिआर परीक्षण १ लाख ९१ हजार ९३७ जनाको गरिएकोमा ३५ हजार ९८ जना संक्रमित भएका छन्। पिसिआर परीक्षण एक वर्षअघि देखि नै सुरु गरिएकोमा एन्टिजेन परीक्षण भने गत वैशाखदेखि गर्न थालिएको हो।

एन्टिजेन परीक्षण गराई संक्रमित पुष्टि भएकाको मृत्युदर २ दशमलव ९१ प्रतिशत रहँदा पिसिआर परीक्षण गराई संक्रमण पुष्टि भएकाको मृत्युदर शून्य दशमलब ९३ प्रतिशत रहेको छ। अहिलेसम्म एन्टिजेन परीक्षण गराएका २४३ र पिसिआर परीक्षण गराएका ३२७ जनाको उपचार व्यवस्थापनका क्रममा मृत्यु भएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुन्छ, हल्लाको पछि नलाग्नुस्…

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने स्पष्ट पारेको छ। बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले केही सञ्चार माध्यममा

उच्च जोखिममा रहेका घरमा नबस्न आग्रह

गत असार १ गतेदेखि आएको बाढीले नदीतटीय घर बस्तीमा क्षति पुर्‍याएको बेलासमेत स्थानीय सरकारले बेवास्ता गरेको भन्दै आलोचना भइरहेको बेला

अफगानिस्तानका रक्षामन्त्रीको घरमा आक्रमण, चारजनाको मृत्यु

अफगानिस्तानका रक्षामन्त्रीको घरमा गरिएको आक्रमणमा परी चारजनाको मृत्यु भएको छ। बन्दुकधारीले काबुलको सबैभन्दा सुरक्षित मानिने ग्रीन जोनस्थित रक्षामन्त्री विस्मिल्लाह खान

साझा कार्यक्रमलाई अन्तिमरूप दिन आज पुन: कार्यदलको बैठक बस्दै

सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज पुन: सत्तारुढ गठबन्धन कार्यदलको बैठक बस्दैछ। मंगलबार बसेको बैठकले कार्यक्रमलाई अन्तिमरूप दिन आज