कोलम्बियाका राष्ट्रपति सवार हेलिकप्टरमाथि गोली प्रहार


विचार
आयोमेल संवाददाता
सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता

आयोमेल संवाददाता
राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी संग्रहालयको उद्घाटन (फोटो फिचर)

सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण सम्पन्न गरेको युद्ध संग्रहालयको राष्ट्रपति विद्यादेवी

आयोमेल संवाददाता
बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ। बैठकमा मन्त्रिपरिषद


काठमाडौं – कोलम्बियाका राष्ट्रपति सवार हेलिकप्टरमाथि लगातार गोली प्रहार भएको छ। भेनेजुयलासँगको सीमाना नजिकैबाट उडिरहँदा राष्ट्रपति इभान ड्युक सवार हेलिकप्टरमा लगातार गोली प्रहार गरिएको हो।

कोलोम्बियाको क्याटाटुम्बोबाट नोर्टे डि स्यान्टेन्डर प्रान्तको राजधानी कुकुटा जाने क्रममा उनीसँगै रक्षामन्त्री, आन्तरिक मामिला मन्त्री तथा उक्त प्रान्तका गभर्नर पनि हेलिकप्टरमा सवार थिए।

राष्ट्रपतिले हमलापछि भिडियो सन्देश जारी गर्दै आफूलाई कुनै चोट नआएको र यस्ता कायरहरुको हमलाबाट आफू नडराउने प्रतिक्रिया दिए। उनले कोलम्बिया यस्ता हमलाको सामना गर्न बलियो रहेको भन्दै सुरक्षाकर्मीलाई तत्काल त्यस्ता आतंककारीको पत्ता लगाउन निर्देशनसमेत दिए।

गोलीले हेलिकप्टरमा छिद्रहरु बनाएको छ। हेलिकप्टर जमिनभन्दा केही माथि मात्रै उडीरहेका समयमा आक्रमण गरिएको थियो।

घटनाको अहिलेसम्म कसैले जिम्मेवारी नलिएपनि आक्रमण भएको ठाउँमा वामपन्थी विचारधाराको लिव्रेशन आर्मी सक्रिय रहेको छ। यो कोलम्बियाको एक ठूलो विद्रोही समूह हो जसलाई अमेरिका र युरोपियन संघले पनि एक चरमपन्थी संगठन मानेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय बाँडफाँटको जिम्मा…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच तत्काल मन्त्रिपरिषद विस्तार गर्ने सहमति जुटेको

राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी संग्रहालयको उद्घाटन (फोटो फिचर)

सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण सम्पन्न गरेको युद्ध संग्रहालयको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन्। संग्रहालयको उद्घाटनका लागि राष्ट्रपति भण्डारी हेलिकप्टरमार्फत

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ। बैठकमा मन्त्रिपरिषद विस्तार, सरकारका न्यूनतम साझा कार्यक्रमलगायत समसामयिक राजनीतिमाथि छलफल भइरहेको बताइएको

भारतमा पुन: बढ्न थाल्यो कोरोना संक्रमण

भारतमा कोरोना संक्रमण पुन: बढ्न थालेको छ। नयाँ भेरियन्टले भारतमा केही समययता सुस्त बन्न लागेको संक्रमणलाई पुन: बढाउँदै लगेको छ।