अमेरिकी अस्वेत नागरिक फ्लोइडको हत्या गर्ने प्रहरी अधिकारीलाई साढे २२ वर्षको जेल सजाय


विचार
आयोमेल संवाददाता
सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता

आयोमेल संवाददाता
राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी संग्रहालयको उद्घाटन (फोटो फिचर)

सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण सम्पन्न गरेको युद्ध संग्रहालयको राष्ट्रपति विद्यादेवी

आयोमेल संवाददाता
बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ। बैठकमा मन्त्रिपरिषद


काठमाडौं – अमेरिकी अदालतले गतवर्ष हत्या गरिएका अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोयडका हत्यारा प्रहरी अधिकारीलाई साढे २२ वर्षको जेल सजाय सुनाएको छ।

अदालतका न्यायाधीशले प्रहरी अधिकारी डेरेक साउभिनले आफ्नो पद र अधिकारको गलत प्रयोग गरेको र फ्लोयडसँग उनले क्रुर व्यवहार गरेको भन्दै सो सजाय सुनाएको हो। उनलाई आजीवन हतियार राख्न पनि प्रतिबन्ध लगाइएको छ। उनीसँगै अन्य तीन प्रहरी अधिकारीमाथि पनि फ्लोयडको नागरिक अधिकार हनन् गरेको आरोप लगाइएको छ।

फ्लोयडका परिवार र उनका समर्थकले साउभिनमाथि सुनाइएको सजायको स्वागत गरेका छन्। अमेरिकी वकिल बेन क्रम्पले यो अदालतको ऐतिहासिक फैसला भएको भन्दै सजायले फ्लोयडको परिवारका साथै देशलाई पनि न्याय गरेको बताए।

फ्लोयडकी बहिनी ब्रिजेट फ्लोयडले अदालतको फैसलाले प्रहरीले गरेका क्रुरतालाई गम्भीरताका साथ लिइरहेको प्रष्ट भएको बताइन्। उनले यस्ता विभेदविरुद्ध अझै धेरै लामो यात्रा तय गर्न बाँकी रहेकव बताइन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यो फैसला उचित लागेपनि यससम्बन्धमा आफूलाई पूरै जानकारी थाहा नभएको बताए।

४५ वर्षीय प्रहरी अधिकारी साउभिनमाथि गत वर्ष एक अस्वेत नागरिक फ्लोयडको घाँटी नौ मिनेटसम्म घुँडाले अँठ्याएर मारेको आरोप लगाइएको थियो। उनले फ्लोयडमाथि गरेको व्यवहारको भिडियो सामाजिक सञ्जालमार्फत भाइरल भएपछि त्यसको अमेरिकासहित विश्वका धेरै देशबाट विरोध भएको थियो। अमेरिकामा अस्वेत नागरिकमाथि भएको दमनलाई जोडेर यसको सर्वत्र आलोचना भएको थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय बाँडफाँटको जिम्मा…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच तत्काल मन्त्रिपरिषद विस्तार गर्ने सहमति जुटेको

राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी संग्रहालयको उद्घाटन (फोटो फिचर)

सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण सम्पन्न गरेको युद्ध संग्रहालयको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन्। संग्रहालयको उद्घाटनका लागि राष्ट्रपति भण्डारी हेलिकप्टरमार्फत

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ। बैठकमा मन्त्रिपरिषद विस्तार, सरकारका न्यूनतम साझा कार्यक्रमलगायत समसामयिक राजनीतिमाथि छलफल भइरहेको बताइएको

भारतमा पुन: बढ्न थाल्यो कोरोना संक्रमण

भारतमा कोरोना संक्रमण पुन: बढ्न थालेको छ। नयाँ भेरियन्टले भारतमा केही समययता सुस्त बन्न लागेको संक्रमणलाई पुन: बढाउँदै लगेको छ।