कोरोना रिटर्न्स ३ – भ्याक्सिनले सुरक्षा दिने छैन ग्यारेन्टी


विचार
आयोमेल संवाददाता
सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता

आयोमेल संवाददाता
राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी संग्रहालयको उद्घाटन (फोटो फिचर)

सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण सम्पन्न गरेको युद्ध संग्रहालयको राष्ट्रपति विद्यादेवी

आयोमेल संवाददाता
बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ। बैठकमा मन्त्रिपरिषद


भारतका विभिन्न राज्यका १८ जिल्लामा डेल्टा प्लस भेरिएन्ट(AY१ ) बाट संक्रमित हुनेको संख्या ५० पुगेको छ। स्मरणीय छ, कोरोनाको यो भेरिएन्ट भारत -नेपाललगायत विश्वका ८५ देशमा आतंक मच्चाइ रहेको डेल्टा भेरिएन्टमा खतरनाक म्यूटेसन K417N भएर बनेको हो। यो त्यै म्यूटेसन हो जुन दक्षिण अफ्रिकी भेरिएन्ट बीटामा देखिएको थियो र यस म्यूटेसनका कारण दक्षिण अफ्रिकामा भ्याक्सिनको प्रभावकारिता नगण्य हुन पुगेको थियो। यस K417N म्यूटेसनले डेल्टा भेरिएन्टको घातकता झनै बढाएको छ।

भारतको महाराष्ट्र, मध्य प्रदेश, पंजाब, गुजरात, केरल, आंध्र प्रदेश, तमिलनाडु, ओडिशा, राजस्थान, जम्मू र कर्नाटक राज्यमा डेल्टा प्लस भेरिएन्टका संक्रमित भेटिएका छन्। पछिल्लो जानकारी अनुसार भारतमा यस भेरिएन्टबाट संक्रमित चारजनाको मृत्यु भइसकेको छ।

भारतका विभिन्न डाक्टरहरुले यस डेल्टा प्लस भेरिएन्टलाई अहिलेसम्मकै सबैभन्दा घातक भेरिएन्ट हुनसक्ने चेतावनी दिएका छन्। डेल्टा भेरिएन्टकाविरुद्ध प्रभावकारी रहेको ककटेल एन्टिबडी थेरापी अर्थात मोनोक्लोनल एन्टिबडीज थेरपी(casirivimab/imdevimab र bamlanivimab/etesevimab) डेल्टा प्लसकाविरुद्ध प्रभावशाली नरहेको जानकारी पनि भारतीय विज्ञहरुले दिएका छन।

सबैलाई थाहा छ, कोरोना भाइरसको प्रारम्भिक भेरिएन्टकाविरुद्ध बनेका कुनै पनि भ्याक्सिन भाइरस म्यूटेन्ट भएर बनेका अन्य कुनै पनि भेरिएन्टकाविरुद्ध कुनै पनि किसिमको प्रभावकारिता राख्दैनन्। तर, यसबारे स्थानीय सरकारदेखि विश्व स्वास्थ्य संगठनले मुख खोल्दैनन्।

भ्याक्सिनको उपयोग र प्रभावकारिताबारे बुझ्न डाक्टर अथवा भाइरोलोजिस्ट हुनु पर्दैन। सामान्य ज्ञान भए पुग्छ। सबै भ्याक्सिन कोभिड-१९ भाइरस अथवा त्यसको स्पाइक प्रोटीन अथवा जेनेटिक म्याटेरियल अथवा प्रोटीन प्रयोग गरी बनाइएका हुन्। कोभिड-१९ को जुन स्पाइक प्रोटीन (भाइरसको बाहिरी खोल) थियो, भ्याक्सिनले त्यस स्पाइक प्रोटीनलाई तहसनहस गर्ने एन्टिबडी बनाएर सुरक्षा दिने काम गर्छ। तर, भाइरस म्यूटेन्ट भएर स्पाइक प्रोटीनमा जुन परिवर्तन आयो त्यसलाई तहसनहस गर्न भ्याक्सिनले बनेको एन्टिबडी सक्षम हुन्न।

यसै कारणले इन्फ्लूएन्जा भाइरसकाविरुद्ध बनेका भ्याक्सिन प्रत्येक वर्ष अपग्रेड गर्ने गरिन्छन्। भाइरस म्यूटेन्ट भएर नयाँ-नयाँ अवतार धारण गर्न समर्थ भएसम्म कुनै पनि भेरिएन्टकाविरुद्ध बनेका भ्याक्सिन त्यसपछि आउने नयाँ भेरिएन्टकाविरुद्ध प्रभावकारी हुन सक्दैनन्। विश्वका धेरै प्रबुद्ध व्यक्तिले घोषणा गरिसकेका छन् कि, कोरोना भाइरस भ्याक्सिनले रोकथाम हुन सक्दैन। तपाईं हामी सबैलाई थाहा नै छ, भ्याक्सिनले कोरोना संक्रमण हुनबाट जोगाउने होइन वरु भ्याक्सिनले बनेको एन्टिबडी (भ्याक्सिन लिनेमा एन्टिबडी बनेको छ) ले कोरोना संक्रमण हुँदा भाइरसको बाहिरी खोल अर्थात स्पाइक प्रोटीनलाई प्रहार गरी भाइरसलाई डिसइन्टिग्रेट गर्छ। तर म्यूटेसन भएर परिवर्तित भएको स्पाइक प्रोटीन अर्थात परिवर्तित भएको भाइरसको कवचलाई भ्याक्सिनले बनेको एन्टिबडीले ध्वस्त बनाउने सामर्थ्य राख्दैन।

त्यस एन्टिबडीले भने उल्टै भाइरसलाई (कोरोना संक्रमण रोकथाम गर्न भएका तमाम बाहियात मेडिकेसनले पनि) ‘प्रतिकूलतामा अनुकूलता विकसित गर्ने अवसर दिएर’ छिटो-छिटो म्यूटेन्ट भएर नयाँ-नयाँ प्रारूपमा परिमार्जित हुने अवसर प्रदान गर्छ।

कुनै पनि देशले भ्याक्सिनका लागि गरेको खर्च बालुवामा पानी हाले सरह हो। यसको कुनै पनि उपयोगिता छैन। बरु भ्याक्सिनले भविष्यमा मानव स्वास्थ्यमा के कस्तो प्रभाव र प्रतिक्रिया देखाउने हो, त्यसको खतरा रहिरहन्छ। म्यासेन्जर आरएनए भ्याक्सिन (फाइजर र मोर्डरोना ) प्रविधिका जनक डा. रोबर्ट मेलोन ( Robert Malone) ले भ्याक्सिन बारे चेतावनी दिएका छन्। नेपालजस्तो गरीब देशले भ्याक्सिनलाई प्राथमिकता दिनुको सट्टा परम्परागत विधिबाट सजिलै कोरोनाको निदान गर्नेबारे ध्यान दिनु नै श्रेयष्कर हुन्छ। परम्परागत स्वदेशी औषधोपचारसँग कोरोना संक्रमण हुन नदिने नै उपाय छन्।

शेरबहादुर देउवालगायत नेपाली कांग्रेसको आगामी महाधिवेशनबाट पार्टी सभापति हुने महत्वाकांक्षामा रहेका महानुभावले आजै बुझे हुन्छ तपाईंहरुले निर्धारित गरेको मितिमा महाधिवेशन हुन सक्दैन। कोरोनाको तेस्रो लहरले यसलाई पोस्टपोन गराउँछ। सरकार-प्रतिपक्षी दल- ‘अब त न्यायलय पनि’ का साथै सबै सामान्यजनले कोरोना संक्रमणकाविरुद्ध युद्धस्तरमै तयारी र सुरक्षा मापदण्ड पालन नगरे स्थिति दोस्रो लहर भन्दा पनि जटिल हुनसक्छ।

दुबै डोज भ्याक्सिन लाएका अथवा एक डोज भ्याक्सिन लाएका अथवा पूर्वमा कोरोना संक्रमित भई निको भएका सबैजनालाई नै डेल्टा प्लस भेरिएन्टबाट संक्रमित हुने खतरा छ। कुनै किसिमको फूर्ती नगरी सबैजनाले संक्रमण हुनबाट जोगिने उपाय र कोरोना गाइडलाइन अनुपालन गर्नु नै बुद्धिमत्ता हुनेछ।

सरकारले अविलम्ब सबै स्थानहरुमा एन्टिजेन टेस्ट सित्तैमा उपलब्ध गराउने व्यवस्था गर्नु पर्ने आवश्यक भएको छ। कोरोनाको डेल्टा प्लस भेरिएन्ट पहिलाको भेरिएन्टभन्दा धेरै गुणा संक्रामक रहेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय बाँडफाँटको जिम्मा…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच तत्काल मन्त्रिपरिषद विस्तार गर्ने सहमति जुटेको

राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी संग्रहालयको उद्घाटन (फोटो फिचर)

सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण सम्पन्न गरेको युद्ध संग्रहालयको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन्। संग्रहालयको उद्घाटनका लागि राष्ट्रपति भण्डारी हेलिकप्टरमार्फत

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ। बैठकमा मन्त्रिपरिषद विस्तार, सरकारका न्यूनतम साझा कार्यक्रमलगायत समसामयिक राजनीतिमाथि छलफल भइरहेको बताइएको

भारतमा पुन: बढ्न थाल्यो कोरोना संक्रमण

भारतमा कोरोना संक्रमण पुन: बढ्न थालेको छ। नयाँ भेरियन्टले भारतमा केही समययता सुस्त बन्न लागेको संक्रमणलाई पुन: बढाउँदै लगेको छ।