पुनर्कर्जाको अधिकतम सीमा ५ करोड


आयोमेल संवाददाता
उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य

आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका


काठमाडौं-

मुलुकको केन्द्रीय बैंकले आह्वान गरी इजाजतप्राप्त संस्थालाई एकमुष्ट प्रदान हुने प्रतिग्राहक पुनर्कर्जाको अधिकतम सीमा ५ करोड रुपैयाँ बनाएको छ।

केन्द्रीय बैंकले शुक्रबार जारी गरेको ‘नेपाल राष्ट्र बैंक पुनर्कर्जा कार्यविधि २०७७ दोस्रो संशोधनसहित’ ले ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थाका लागि उक्त सीमा तोकेको हो।

संशोधित कार्यविधिअनुसार एकमुष्ट प्रदान गरिने पुनर्कजा रकम कूल पुनर्कर्जा प्रदान गर्न सकिने रकमको ७० प्रतिशतभन्दा बढी हुने छैन। बैंकले ग्राहकअनुसार मूल्यांकन गरी उपलब्ध गराउने पुनर्कर्जाको अधिकतम सीमा प्रतिग्राहक २० करोड रुपैयाँसम्म हुनेछ।

तर, स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगलाई लिक्विड अक्सिजन प्लान्ट स्थापना गर्न दिइने कर्जाका हकमा प्रतिग्राहक ऋणी ५० करोड रुपैयाँसम्म पुनर्कर्जा प्रदान गरिने कार्यविधिमा उल्लेख छ। यो भने कूल पुनर्कर्जा रकमको २० प्रतिशतभन्दा बढी हुनेछैन।

त्यसैगरी लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जामा राष्ट्र बैंकले लिने ब्याज दर दुई प्रतिशत हुनेछ भने इजाजतप्राप्त संस्थाले ग्राहकबाट पाँच प्रतिशत लिन पाउनेछन्।

त्यस्तै विशेष पुनर्कर्जाको ब्याज केन्द्रीय बैंकले एक प्रतिशत लिने छ भने अन्य वित्तीय संस्थाले ग्राहकबाट तीन प्रतिशत लिन पाउनेछन्। साधारण पुनर्कर्जाको ब्याज राष्ट्र बैंकले तीन प्रतिशत लिने छ भने अन्य वित्तीय संस्थाले ग्राहकबाट पाँच प्रतिशत लिन पाउनेछन्।

एकमुष्ट प्रदान गरिने पुनर्कर्जाको अवधि बढीमा एक वर्षको हुने तर त्यस्तो कर्जा नवीकरण नहुने कार्यविधिमा उल्लेख छ।

कार्यविधिअनुसार केन्द्रीय बैंकमा विद्यामान विकास कोषको रकम, सञ्चालक समितिले तोकेका बैंकका अन्य कोषका रकम, दातृ निकायबाट प्राप्त भई सरकारबाट स्वीकृति प्रदान भएका रकम र सरकारले प्रदान गरेका रकम पुनर्कर्जाको जोखिम व्यहोर्ने कोषका स्रोत हुनेछन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुन्छ, हल्लाको पछि नलाग्नुस्…

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने स्पष्ट पारेको छ। बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले केही सञ्चार माध्यममा

उच्च जोखिममा रहेका घरमा नबस्न आग्रह

गत असार १ गतेदेखि आएको बाढीले नदीतटीय घर बस्तीमा क्षति पुर्‍याएको बेलासमेत स्थानीय सरकारले बेवास्ता गरेको भन्दै आलोचना भइरहेको बेला

अफगानिस्तानका रक्षामन्त्रीको घरमा आक्रमण, चारजनाको मृत्यु

अफगानिस्तानका रक्षामन्त्रीको घरमा गरिएको आक्रमणमा परी चारजनाको मृत्यु भएको छ। बन्दुकधारीले काबुलको सबैभन्दा सुरक्षित मानिने ग्रीन जोनस्थित रक्षामन्त्री विस्मिल्लाह खान

साझा कार्यक्रमलाई अन्तिमरूप दिन आज पुन: कार्यदलको बैठक बस्दै

सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज पुन: सत्तारुढ गठबन्धन कार्यदलको बैठक बस्दैछ। मंगलबार बसेको बैठकले कार्यक्रमलाई अन्तिमरूप दिन आज