तिम्बुका युवाः जसले २ दिन लगाएर डरलाग्दो जंगलमा बनाए गोरेटो


आयोमेल संवाददाता
उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य

आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका


तिम्बु (हेलम्बु)-

सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्येको एक हो, हेलम्बु गाउँपालिका।

जंगलै जंगलले घेरिएपनि गाउँहरु एकअर्कासँग जोडिएका थिए।

झोलुङ्गे पुल, मोटरेबल पुल ठाउँ-ठाउँमा थिए। ७ वडा रहेको यो गाउँपालिकाका कुनै पनि वडाका नागरिकलाई अर्को वडा जान कठिन थिएन।

तर, असार १ को बाढीले पुल, बाटो सबै बगायो। जसले अहिले हेलम्बुका धेरै वडासँगको सम्पर्क टुट्यो।

दिन वित्दै जाँदा नुन, तेलकै हाहाकार हुने अवस्था बन्नसक्ने देखे स्थानीयले।

यसरी कसरी हुन्छ ? हेलम्बु १ तिम्बुका स्थानीय युवाले आफैंसँग प्रश्न गरे र आफैं जुक्ति पनि लगाए, पितापुर्खाले प्रयोग गरेको जंगलको बाटो पहिल्याउने र त्यसैलाई गोरेटो बनाउने।

तर त्यो सहज काम थिएन।

मेलम्ची उर्लिएर आए, जंगलको पाखो नै बगाउने कटान गर्नसक्ने अवस्था छ। र त्यही उर्लिएर आएको बाढीमा आफूहरु पनि पर्न सकिन्छ।

बाढीको त्रास एकातिर भएपनि सत्य बाटो त चाहिएकै छ। त्यसैले उनीहरुले बाटो बनाउने विषयमा गाउँघरमा सल्लाह गरे।

उनीहरुको यो योजना त्यतिबेला अघि बढ्यो जतिबेला ६७ वर्षीय बृद्ध दावा लामा आफैं अघि आए र भने,’लु हिँड केटा हो। बाटो त बनाउनैपर्छ। बाढीले घर, खेत पो बगाएको हो त । आत्मविश्वास त छैन नि!’

घर्कँदो उमेरमा दावा लामाले देखाएको यो सक्रियता अन्यका लागि पनि प्रेरणाको श्रोत बन्यो। र सुरु भयो जंगलभित्र गोरेटो बनाउने यात्रा। जुन यात्रामा वडाध्यक्ष मीङमार लामाले पनि साथ दिए।

‘सुरुवातमा धेरै अफ्ठ्यारो भएको थियो, कताबाट सुरु गर्ने केही पत्तो पाइएन। तर साथीहरु सबैले निकै मिहिनेत गरेपछि पूरानो बाटो भेट्टायौं,’स्थानीय २२ वर्षीय युवा दोर्जे लामाले आयोमेलसँग भने।

असार ५ गते पहिलो दिन ३४ जना मिलेर गोरेटो बनाउने काम गरे। दोस्रो दिन ६ गते २५ जना खटिए।

र झण्डै ८ किलोमिटर सडक बगरमा परिणत भएर टुटेको किउल र तिम्बुको सम्बन्ध ६ दिनपछि जोडियो।

‘पहिला सडक नबन्दा बुवाबाजेहरुले त्यही जंगलबाट ओहोरदोहोर गर्नुहुन्थ्यो। अहिले बाढीले बनेका सडक सबै बगायदियो, त्यसैले हामीले बुवाबाजेले प्रयोग गरेको ठाउँ खोजेर गोरेटो बाटो बनाएका हौं,’ तिम्बुका अर्का युवा नुर्फु लामाले भने।

कतिबेला बाढी आउला र यही जंगलको भीर पनि कटान गर्ला भन्ने डर उनीहरुमा नभएको होइन। तर बाटो नबने भइपरि आउँदा ओहोर दोहोरसम्म गर्नसक्ने विकल्प उनीहरुसँग थिएन। त्यसैले त्रासलाई मेलम्चीसँगै बगाइदिए उनीहरुले। किनकि, जिन्दगीको गोरेटो पनि सहज त कहाँ छ र !


प्रतिक्रिया दिनुहोस्
थप समाचार
गृहमन्त्री खाँण र मुख्यमन्त्री राउतबीच भेटवार्ता

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँण र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतबीच भेटवार्ता भएको छ। गृह मन्त्रालयमा मंगलबार साँझ भएको

चीनमा यात्रा प्रतिबन्धमा कडाइ, केही ठाउँका हवाइ र रेलसेवा बन्द

काठमाडौ‌ – कोरोना संक्रमणलाई रोक्न चीनले यात्रा प्रतिबन्धलाई कडा बनाएको छ। चीनका ३१ राज्यका बढी भिडभाड हुने स्थानमा रेल तथा

अष्ट्रेलियाविरुद्धको टी-२० मा बंगलादेशलाई ऐतिहासिक जित

बंगलादेशले अष्ट्रेलियाविरुद्धको पाँच खेलको टी-२० सिरिजअन्तर्गत पहिलो खेलमा ऐतिहासिक जित निकालेको छ। बंगलादेशले टी-२० मा पहिलो पटक अष्ट्रेलियालाई पराजित गरेको

कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुन्छ, हल्लाको पछि नलाग्नुस्…

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने स्पष्ट पारेको छ। बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले केही सञ्चार माध्यममा