मौद्रिक नीतिलाई होटल उद्योगका सुझाव


आयोमेल संवाददाता
उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य

आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका


काठमाडौं-


होटल व्यवसायीहरूको छाता संगठन होटल एसोसिएसन नेपाल (हान) ले आगामी आर्थिक वर्ष २०७८–७९ को मौद्रिक नीतिमा होटल उद्योग संरक्षण र सम्वर्द्धनका बुँदा समेट्न सुझाव पेस गरेको छ।

हान अध्यक्ष सृजना राणाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री विष्णु पौडेललाई भेटेर ती सुझाव दिएको हो।

हानले बैंक तथा वित्तीय संस्थामार्फत उपभोग गरेका कर्जाको नेपाल राष्ट्र बैंकमार्फत पुनकर्जा भए नभएको सम्बन्धमा अनुगमन गर्ने, हाल कायम पुनर्कर्जाको रकम थप गरिनुपर्ने तथा सो कर्जाको अवधि अर्को एक वर्षसम्म कायम गरिनुपर्ने, पुनर्कर्जा प्रदान गर्दा हाल नेपाल राष्ट्र बैंकले तोकेको दरमा दुई प्रतिशतसम्म थप प्रिमियम लिने गरी गर्ने व्यवस्था रहेकोमा सो प्रिमियम रकम एक प्रतिशतसम्म मात्र लिन पाउने व्यवस्था हुनुपर्ने, हाल प्रयोगमा रहेका कोभिड लोन यस असार मसान्तसम्ममा भुक्तानी गरिसक्नुपर्ने व्यवस्था रहेकोमा सो कर्जा रकम होटलको व्यवसायिक योजना अनुसार नगद प्रवाह मूल्यांकन गरी भविष्यमा पुरानो कर्जा भुक्तानी भएपश्चात तीन वर्षमा भुक्तानी हुने गरी तालिकीकरण गर्नुपर्ने सुझाव दिएको छ।

त्यसैगरी पुनर्कर्जा प्रवाह गरिँदा राष्ट्र बैंकबाट तोकिएको दर तीन प्रतिशतबाट न्यूनतम दर कायम गरिनुपर्ने, कोरोना महामारीले बन्दाबन्दी अवस्थामा रहेको उद्योगलाई न्यूनतम मापदण्डमा कायम राख्न आवश्यक पर्ने चालू पँुजीका रुपमा थप कोभिड कर्जा मागअनुसार प्रदान गरिनुपर्ने, हाल कायम रहेका कर्जा (होटल व्यवसाय निर्माणाधीनमा रहेका तथा सञ्चालनमा रहेका) एक वर्षसम्मको वा कोभिडको असर रहेसम्मको ब्याज होटल व्यवसायीको व्यावसायिक योजनाअनुसार भविष्यमा भुक्तानी हुने गरी व्याजको पुँजीकरण गरिनुपर्ने सुझाव पनि हानले दिएको छ।

त्यस्तै हाल कायम कर्जाको किस्ता रकम गत वर्षसमेत पुनर्तालिकीकरण गरिसकिएको हुँदा यसपटक पुनः सो सुविधा व्यावसायिक योजनाअनुसार गर्न पाउने व्यवस्था हुनुपर्ने, साना तथा मझौला होटलका लागि कम्पनीको लगानीको आकार र आवश्यक व्यावसायिक योजनाको आधारमा बढीमा ५ करोडसम्म बिनाधितो कर्जा प्रदान गरिनुपर्ने, हालको अवस्था मध्यनजर गरी प्रवाह गरिने थप कर्जा रकम दिँदा हाल कायम मापदण्डअनुसार कमसेकम ८० प्रतिशत कर्जामात्र प्रवाह गर्न पाइने नियम लागू हुनु नपर्ने सुझाव हानको छ।

त्यसबाहेक हालको अवस्थामा आन्तरिक राजस्व विभागबाट लिइँदै आएका अन्तःशुल्क (मदिरा तथा बिँडी चुरोट), नवीकरण दस्तुर स्वतः एक वर्ष निःशुल्क गरिनुपर्ने, स्थानीय निकाय तथा आन्तरिक राजस्व कार्यालयबाट असुल गरिँदै आएको बहाल कर रकम बहाल भुक्तानी हुँदाको अवस्थामा मात्र भुक्तानी गरिनुपर्ने, स्थानीय निकायबाट व्यवसायीले नवीकरण गर्दा एक वर्ष निःशुल्क गरिनुपर्ने सुझाव आगामी मौद्रिक नीतिमा समेटिनुपर्ने सुझाव हानले दिएको छ।

त्यस्तै होटल कर्मचारी तथा श्रमिकलाई कोभिड–१९ विरुद्धको खोप अनिवार्य उपलब्ध गराइनुपर्ने, न्यूनतम विद्युत डिमान्ड शुल्क र जरिवाना, खानेपानीका अतिरिक्त र जरिवाना एक वर्ष मिनाहा गरिनुपर्ने, सामाजिक सुरक्षा कोषमा दाखिला गर्नुपर्ने रकम होटल तथा पर्यटन क्षेत्रका लागि दुई महिनाबाट बढाएर दुई वर्षसम्म सरकारबाट जम्मा गरिनुपर्नेलगायत माग हानको छ।

हानको प्रतिनिधिमण्डलमा पूर्वअध्यक्ष योगेन्द्र शाक्य, प्रथम उपाध्यक्ष विनायक शाह, कार्यकारिणी सदस्यहरू युवराज श्रेष्ठ, सिएन पाण्डे र प्रमुख सञ्चालन अधिकृत टेकबहादुर महत सहभागी थिए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
गृहमन्त्री खाँण र मुख्यमन्त्री राउतबीच भेटवार्ता

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँण र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतबीच भेटवार्ता भएको छ। गृह मन्त्रालयमा मंगलबार साँझ भएको

चीनमा यात्रा प्रतिबन्धमा कडाइ, केही ठाउँका हवाइ र रेलसेवा बन्द

काठमाडौ‌ – कोरोना संक्रमणलाई रोक्न चीनले यात्रा प्रतिबन्धलाई कडा बनाएको छ। चीनका ३१ राज्यका बढी भिडभाड हुने स्थानमा रेल तथा

अष्ट्रेलियाविरुद्धको टी-२० मा बंगलादेशलाई ऐतिहासिक जित

बंगलादेशले अष्ट्रेलियाविरुद्धको पाँच खेलको टी-२० सिरिजअन्तर्गत पहिलो खेलमा ऐतिहासिक जित निकालेको छ। बंगलादेशले टी-२० मा पहिलो पटक अष्ट्रेलियालाई पराजित गरेको

कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुन्छ, हल्लाको पछि नलाग्नुस्…

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने स्पष्ट पारेको छ। बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले केही सञ्चार माध्यममा