गाउँ जान जब भारतीय राष्ट्रपतिले रेल रोजे


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


काठमाडौं
रामनाथ कोविन्द शक्तिशाली राष्ट्रमध्येकाे एक भारतका राष्ट्रपति हुन्। भारत सरकारले राष्ट्रपतिका लागि हरेकखाले सुविधा उपलब्ध गराएको हुन्छ। राजधानी दिल्ली बाहिर जानुपर्दा हेलिकप्टर वा जहाज प्रयोग गर्न सक्ने सुविधा राष्ट्रपतिसँग हुन्छ।

तर, उत्तर प्रदेशको कानपुरस्थित पाराउन्खस्थित आफ्नो गाउँ जान राष्ट्रपति कोविन्दले रेल प्रयोग गर्न रूचाए।

कोविन्द र उनकी श्रीमती नयाँदिल्लीको सफदरजंग स्टेशनबाट रेल चढेर गाउँ गएका छन्। १५ वर्षपछि भारतका राज्य प्रमुखले पहिलोपटक यस्तो गरेका छन्।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘कोविन्दले जनतासँग सम्पर्क राख्न रेल यात्रा गरेको आफ्ना पूववर्तीहरूको परम्पराअनुसार यस्तो निर्णय गर्नुभएको हो।’

कोविन्द चारदिन कानपुर र त्यहाँको देहातमा बसेर परिवारका साथै साथीहरूसँग भेटघाट गर्नेछन्।

२०१७ मा पदभार ग्रहण गरेयता कोविन्द पहिलोपटक जन्मस्थल पुगेका छन्।

‘उहाँ आफ्नो गाउँ जान खोजिरहनु भएको थियो तर, कोरोना महामारीका कारण सम्भवन हुन सकिरहेको थिएन,’ राष्ट्रपति कार्यालयको विज्ञप्तिमा भनिएको छ।

सन् २००६ मा एपीजे अब्दुल कलाम पछिल्लो पटक दिल्लीबाट देहरादुनका लागि राष्ट्रपतिको रूपमा विशेष सैन्य रेल चढेर भारतीय सैन्य प्रतिष्ठानमा क्याडेट्सको परेडमा भाग लिन पुगेका थिए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार

फोर्ड नेपालका अनुसार फिगो शृंखलाका ‘फोर्ड फिगो टाइटेनियम एटी’ र ‘फोर्ड फिगो टाइटेनियम प्लस एटी’ गरी दुई नयाँ भेरियन्ट सार्वजनिक

एमालेले गठन गर्‍यो ९ वटा विभाग, माधव समूहका लागि ठाउँ…

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी महाधिवेशनलाई लक्षित गरेर विभिन्न विभागहरू गठन गरेको छ। तीन दिनदेखि जारी स्थायी कमिटी बैठकको

नेप्सेमा झिनो सुधार, बजार पूँजीकरण ४२ खर्ब ९८ अर्ब

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साेमबार पनि झिनो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.०६ बिन्दुले