भोलिपल्ट कुखुरो हराउँदैछ भनेर अघिल्लो दिन नै स्यालले कसरी थाहा पायो? : ओली


आयोमेल संवाददाता
उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य

आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका


काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले मुुलुकमा प्रजातन्त्रविरुद्ध अराजकता ल्याउन खोजिएकाले महन्थ ठाकुरको साथ लिएको बताएका छन्।

‘उहाँहरूले महन्थजीलाई प्रधानमन्त्री बनाउँदा हुने, मैले साथ लिँदा नहुने,’ विपक्षी गठबन्धनतर्फ इंगित गर्दै परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यक्रममा ओलीले भने,‘उहाँसँग केही सम्झौता पनि गरेको छैन। अराजकता ल्याउन खोजिएपछि साथ लिएको हुँ।’

प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई लक्षित गरेर भइरहेका टिकाटिप्पणीप्रति रोष व्यक्त गरेका छन्। ‘राष्ट्रपतिलाई गाली गर्ने प्रतिस्पर्धा नै चलेको छ,’ उनले भने,‘हिजो पनि भूतपूर्वहरूको लस्करले प्रेस मिट गरेको देखेँ, राष्ट्रपतिभन्दा राजा नै राम्रो भन्ने पनि सुनियो।’
आफूले पाएको अधिकार क्षेत्रभित्रै बसेर राष्ट्रपतिले काम गरिरहेको उनको भनाइ छ।

‘राष्ट्रपतिलाई जति अधिकार दिएका छौं उहाँ त्यसमै सीमित हुनुहुन्छ, गणतन्त्रविरोधको खेलपनि हुनसक्छ,’ ओलीले थपे,‘उहाँहरू (विपक्षी गठबन्धन) असभ्य समाज बनाउन खोज्नु भएको छ।’

बाह्य हस्तक्षेपको आरोप लागिरहेका बेला उनले बाह्य हस्तक्षेप हुनसक्ने र हुने गरेको जिकिर गरे। अदालतबाट राजनीतिक फैसला गर्न खोजिएको भन्दै उनले आक्रोश पोखेका छन्।

‘प्रधानमन्त्री छान्ने स्थान अदालतलाई बनाउन खोजिएको छ। अदालतबाट राजनीतिक फैसला गर्न खोजियो भने के होला?,’ प्रचण्डको नाम नलिइ उनले भने,‘कसैले एक दिन अगाडि धादिङ पुगेर भोलि मन्त्रीहरू बर्खास्त हुने सूचना आफूले पाएको भन्यो। न्याय निश्पक्ष रूपमा हुँदैछ कि सेटिङमा ? भोलिपल्ट कुखुरो हराउँदैछ भनेर अघिल्लो दिन नै स्यालले कसरी थाहा पायो।’

राजनीतिबारे भ्रम फैलाउन खोजिएको भन्दै संसदमा खुर्सानीको धुलो बोकेर जाने र माइकले लडाइँ गर्नेहरूलाई शान्तिकै अस्त्रबाट परास्त गरिने जिकिर गरे।

प्रणालीलाई कार्यान्वयनको चरणमा जानै नदिइ भत्काउन खोज्नु खतरनाक विषय रहेको उनले बताए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
उच्च जोखिममा रहेका घरमा नबस्न आग्रह

गत असार १ गतेदेखि आएको बाढीले नदीतटीय घर बस्तीमा क्षति पुर्‍याएको बेलासमेत स्थानीय सरकारले बेवास्ता गरेको भन्दै आलोचना भइरहेको बेला

अफगानिस्तानका रक्षामन्त्रीको घरमा आक्रमण, चारजनाको मृत्यु

अफगानिस्तानका रक्षामन्त्रीको घरमा गरिएको आक्रमणमा परी चारजनाको मृत्यु भएको छ। बन्दुकधारीले काबुलको सबैभन्दा सुरक्षित मानिने ग्रीन जोनस्थित रक्षामन्त्री विस्मिल्लाह खान

साझा कार्यक्रमलाई अन्तिमरूप दिन आज पुन: कार्यदलको बैठक बस्दै

सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज पुन: सत्तारुढ गठबन्धन कार्यदलको बैठक बस्दैछ। मंगलबार बसेको बैठकले कार्यक्रमलाई अन्तिमरूप दिन आज

उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य जे जति हल्ला व्याप्त भए पनि यस देशमा केही मानिस