जातीय विभेद प्रकरणमा मन्त्रीको भूमिका व्यक्तिगत स्वेच्छाचारिता हो कि राज्यकै प्रतिनिधित्व ? : कांग्रेस


आयोमेल संवाददाता
उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य

आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका


काठमाडाैं

नेपाली कांग्रेसले जातीय विभेद प्रकरणमा मन्त्रीको भूमिकाले राज्यको भूमिकामाथि गम्भीर प्रश्न उठेको बताएको छ। जातीय विभेदको आरोपमा पक्राउ परेकी काठमाडौं बबरमहलकी सरस्वती प्रधानलाई रिहा गराउन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ आफैं पुगेका थिए।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा शुक्रबार विज्ञप्ति जारी गरेर ‘घटनाको अनुसन्धान, कारबाही र समाधानको एउटा निश्चित विधि हुन्छ। राज्यवादी रहने मुद्दामा मन्त्रीको भूमिकाले एक पक्षधरताको प्रष्ट सन्देश दिनु कानुनी र नैतिक कुनै कोणबाट तार्किक र न्यायोजित छ प्रधानमन्त्रीज्यू?’ प्रश्न गरेका छन्।

घटनालाई लिएर नागरिक तहबाट पक्ष–विपक्षमा धारणा व्यक्त हुँदै गर्दा राज्यले विशेष सतर्कता र गम्भीरता राख्नुपर्ने भूमिकाबाट राज्यलाई विमुख गराउन लागिएको उनले बताएका छन्।

‘द्वन्द्व निरूपण होइन भड्कावलाई बल पुर्‍याउने मन्त्रीको भूमिका व्यक्तिगत स्वेच्छाचारिता हो कि राज्यकै प्रतिनिधित्व? मन्त्रीले राज्यको प्रतिनिधित्व गरेका होइनन् भने अझै किन मन्त्री कायम?,’ शर्माको प्रश्न छ।

रुपा सुनार र सरस्वती प्रधानबीचको विवादको मात्रै प्रश्न नरहेको भन्दै उनले कस्तो समाज र कस्तो न्याय प्रणाली स्थापित गर्न चाहेका हौं त्यो विषय महत्वपूर्ण रहेको जिकिर गरेका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
गृहमन्त्री खाँण र मुख्यमन्त्री राउतबीच भेटवार्ता

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँण र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतबीच भेटवार्ता भएको छ। गृह मन्त्रालयमा मंगलबार साँझ भएको

चीनमा यात्रा प्रतिबन्धमा कडाइ, केही ठाउँका हवाइ र रेलसेवा बन्द

काठमाडौ‌ – कोरोना संक्रमणलाई रोक्न चीनले यात्रा प्रतिबन्धलाई कडा बनाएको छ। चीनका ३१ राज्यका बढी भिडभाड हुने स्थानमा रेल तथा

अष्ट्रेलियाविरुद्धको टी-२० मा बंगलादेशलाई ऐतिहासिक जित

बंगलादेशले अष्ट्रेलियाविरुद्धको पाँच खेलको टी-२० सिरिजअन्तर्गत पहिलो खेलमा ऐतिहासिक जित निकालेको छ। बंगलादेशले टी-२० मा पहिलो पटक अष्ट्रेलियालाई पराजित गरेको

कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुन्छ, हल्लाको पछि नलाग्नुस्…

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने स्पष्ट पारेको छ। बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले केही सञ्चार माध्यममा