प्रदेश २ मन्त्रिपरिषद पुनर्गठनविरुद्धको रिट : उच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार


विचार
आयोमेल संवाददाता
सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता

आयोमेल संवाददाता
राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी संग्रहालयको उद्घाटन (फोटो फिचर)

सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण सम्पन्न गरेको युद्ध संग्रहालयको राष्ट्रपति विद्यादेवी

आयोमेल संवाददाता
बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ। बैठकमा मन्त्रिपरिषद


काठमाडौं

प्रदेश २ सरकारको मन्त्रिपरिषद पुनर्गठनविरुद्ध दायर रिटमा उच्च अदालत जनकपुरले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। समावेशी सिद्धान्तअनुसार मन्त्रिपरिषद पुनर्गठन नभएको भन्दै अधिवक्ता राजकुमार महासेठले दायर गरेकाे रिटउपर उच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

अधिवक्ता महासेठले संविधानको धारा १६८ (९) बमोजिम मन्त्रिपरिषद समावेशी बनाउन भन्दै प्रदेश प्रमुख राजेश झा ‘अहिराज’, मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा ऊर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका तथा युवामन्त्री वीरेन्द्रप्रसाद सिंहलाई विपक्षी बनाइ परमादेश जारी गर्न माग गर्दै रिट दायर गरेका थिए।

रिट उपर शुक्रबार सुनुवाइ गर्दै उच्च अदालतले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।

मुख्य न्यायाधीश विनोद शर्माको इजलासले असार १६ गते दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेश दिएको रिट निवेदक अधिवक्ता महासेठले बताए।

मुख्यमन्त्री राउतले जेठ २६ गते नेपाली कांग्रेसलाई समावेश गराएर मन्त्रिमण्डल विस्तार गरेका थिए। मन्त्रिपरिषदको पुनर्गठन समावेशी समानुपातिक सिद्धान्तअनुसार नभएको भन्दै नवनियुक्त मन्त्रीलाई कामकाजमा रोक लगाउन रिटमा माग गरिएको छ।

मन्त्रिपरिषद पुनर्गठन गर्दा राउतले कांग्रेस संसदीय दलका नेता रामसरोज यादवलाई भौतिक, सांसद ओमप्रकाश शर्मालाई ऊर्जा र बीरेन्द्रप्रसाद सिंहलाई बालबालिका तथा युवामन्त्रीमा नियुक्त गरेका थिए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय बाँडफाँटको जिम्मा…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच तत्काल मन्त्रिपरिषद विस्तार गर्ने सहमति जुटेको

राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी संग्रहालयको उद्घाटन (फोटो फिचर)

सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण सम्पन्न गरेको युद्ध संग्रहालयको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन्। संग्रहालयको उद्घाटनका लागि राष्ट्रपति भण्डारी हेलिकप्टरमार्फत

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ। बैठकमा मन्त्रिपरिषद विस्तार, सरकारका न्यूनतम साझा कार्यक्रमलगायत समसामयिक राजनीतिमाथि छलफल भइरहेको बताइएको

भारतमा पुन: बढ्न थाल्यो कोरोना संक्रमण

भारतमा कोरोना संक्रमण पुन: बढ्न थालेको छ। नयाँ भेरियन्टले भारतमा केही समययता सुस्त बन्न लागेको संक्रमणलाई पुन: बढाउँदै लगेको छ।