राष्ट्रगानका गायक अजय थापाको कोरोना संक्रमणबाट निधन


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


झापा–

राष्ट्रगानका १० गायकमध्ये एक अजय थापाको कोरोना संक्रमणबाट निधन भएको छ। लोकतन्त्र प्राप्तिपछिको राष्ट्रगान ‘सयौं थुङ्गा फूलका हामी …’ राष्ट्रगानमा थापा सहित १० जनाको स्वर छ।

झापाको मेचीनगर नगरपालिका ३ बाहुनडाँगीको बडाखाल स्थायी घर भएका उनलाई एक साताअघि कोरोना पुष्टि भएको थियो। सङ्क्रमित भएर बीएन्डसी हस्पिटल बिर्तामोडमा उपचार गराइरहेका उनको भेन्टिलेटरमै निधन भएको बीएन्डसी हस्पिटलले जनाएको छ।

राष्ट्रगानमा अम्बर गुरुङले संगीत भरेका हुन् भने व्याकुल माइलाले रचना गरेका हुन्। यो २०६४ साउन १४ गतेदेखि नेपालमा लागू गरिएको हो। अजय अम्बर गुरुङका निकट सहयोगी थिए। थापाकी पत्नी राधा थापालाई समेत कोरोना सङ्क्रमण भएको छ । उनको बीएन्डसी हस्पिटलमा नै उपचार भइरहेको छ। उनका दुई छोरी र एक छोरा अमेरिकामा अध्ययनरत छन्। बुवाआमा बिरामी भएपछि अमेरिकाबाट छोरीहरु बिहीबार काठमाडौँ आइपुगेको र छोरा शनिबार आइपुग्ने बताइएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार

फोर्ड नेपालका अनुसार फिगो शृंखलाका ‘फोर्ड फिगो टाइटेनियम एटी’ र ‘फोर्ड फिगो टाइटेनियम प्लस एटी’ गरी दुई नयाँ भेरियन्ट सार्वजनिक

एमालेले गठन गर्‍यो ९ वटा विभाग, माधव समूहका लागि ठाउँ…

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी महाधिवेशनलाई लक्षित गरेर विभिन्न विभागहरू गठन गरेको छ। तीन दिनदेखि जारी स्थायी कमिटी बैठकको

नेप्सेमा झिनो सुधार, बजार पूँजीकरण ४२ खर्ब ९८ अर्ब

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साेमबार पनि झिनो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.०६ बिन्दुले