कांग्रेसका ३ नेताको निष्कर्ष : साझा धारणा बनाएर अगाडि बढ्ने, संवाद जारी रहने


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


काठमाडौं

नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा सभापतिका आकांक्षी नेतात्रय उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ।

गत सोमबार उपसभापति निधि निवासमा भएको भेटपछि तीन नेताबीच शुक्रबार महाराजगञ्जस्थित कोइराला निवासमा भेट भएको हो।

बिहान ११ बजेदेखि झन्डै साढे २ घण्टासम्म चलेको संवादपछि तीनै नेताले आफूहरू एकै ठाउँमा रहेको संवाद निरन्तर चलिरहने बताएका छन्।

तीनै जनाबीचको छलफलमा साझा धारणा बनाएर अगाडि बढ्ने निष्कर्ष निकालिएको भेटपछि उपसभापति निधिले बताए।

‘समसामयिक राजनीतिक विषयका साथै आसन्न महाधिवेशनबारे गम्भीर रूपमा छलफल भएको छ,’ आयोमेलसँग निधिले भने,‘हामी एकै ठाउँमा छौं। साझा धारणा बनाएर अगाडि बढ्ने कुरा भएको छ।’

नेपाली कांग्रेस एकभएर कसरी जाने र आगामी चुनावमा कसरी बहुमत ल्याउनेलगायतका विषयमा आफूहरूबीच संवाद भएको उनले बताए।
निधि र कोइराला निवासपछि अब सिंह निवासमा बसेर तीनै नेता थप छलफल गर्ने भएका छन्।

‘केही दिनभित्रै अब प्रकाशमानजीको निवासमा बसेर संवाद गर्ने कुरा भएको छ,’ निधिले भने,‘शेरबहादुर र रामचन्द्र पौडेलजीसँग पनि कुरा गर्छौं। त्यसपछि सबै केन्द्रीय सदस्यहरूसँग पनि छलफल हुन्छ।’

आफूहरू एक ठाउँमा बस्दा देशभरका कार्यकर्ताबीच ज्यादै उत्साह देखिएको बताउँदै निधिले यो छलफल निरन्तर जारी रहने बताए।

महामन्त्री कोइरालाले पनि आगामी दिनमा पनि संवादलाई निरन्तरता दिइने बताए। संवादलाई निरन्तरता दिँदै सभापतिबारे आफूहरूबीच सहमति जुट्ने उनले विश्वास व्यक्त गरेका छन्।

‘हामी एकै ठाउँमा छौं, साझा धारणा बनाएर अगाडि बढ्ने कुरा भएको छ,’ उनले भने,‘हामीबीच सहमति हुने प्रवल सम्भावना छ।’

देशको समसामयिक जटिल राजनीतिक अवस्थाबारे नेतात्रयबीच छलफल भएको छ।

१४ औं महाधिवेशनमा नेतृत्व परिवर्तनको बहस सुरू भएको बेला कांग्रेसका संस्थापक नेताहरू बीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका पुत्र निरन्तर संवादमा जुटेका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार

फोर्ड नेपालका अनुसार फिगो शृंखलाका ‘फोर्ड फिगो टाइटेनियम एटी’ र ‘फोर्ड फिगो टाइटेनियम प्लस एटी’ गरी दुई नयाँ भेरियन्ट सार्वजनिक

एमालेले गठन गर्‍यो ९ वटा विभाग, माधव समूहका लागि ठाउँ…

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी महाधिवेशनलाई लक्षित गरेर विभिन्न विभागहरू गठन गरेको छ। तीन दिनदेखि जारी स्थायी कमिटी बैठकको

नेप्सेमा झिनो सुधार, बजार पूँजीकरण ४२ खर्ब ९८ अर्ब

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साेमबार पनि झिनो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.०६ बिन्दुले