६ वर्षपछि माइक्रोसफ्टले ‘लञ्च’ गर्‍यो विन्डोज ११, यस्ता छन् विशेषता


विचार
आयोमेल संवाददाता
सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता

आयोमेल संवाददाता
राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी संग्रहालयको उद्घाटन (फोटो फिचर)

सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण सम्पन्न गरेको युद्ध संग्रहालयको राष्ट्रपति विद्यादेवी

आयोमेल संवाददाता
बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ। बैठकमा मन्त्रिपरिषद


काठमाडौं – माइक्रोसफ्ट कम्पनीले ६ वर्षपछि विन्डोज ११ सार्वजनिक गरेको छ। सन् २०१५ मा कम्पनीले विन्डोज १० ल्याएको थियो। कम्पनीले यस वर्षको अन्त्यतिरबाट विन्डोज ११ कम्प्युटर तथा अन्य उपकरणमा प्रयोग गर्न मिल्ने बताएको छ।

कम्पनीले विन्डोज १० का प्रयोगकर्ताका लागि ११ को नि:शुल्क अपडेट उपलब्ध गराउने जनाएको छ।

कम्पनीले विन्डोज ११ मा एक महत्वपूर्ण विशेषता थपेको छ। अब ११ ले एन्ड्रोइड ओएसमा चल्ने सबै एप्लिकेसनलाई सपोर्ट गर्नेछ। यसका लागि विन्डोज ११ मा अमेजन एपस्टोरका माध्यमबाट एक नयाँ विन्डोज स्टोरलाई जोडिएको छ। माइक्रोसफ्टले इन्टेलसँग उसको इन्टेल ब्रिज प्रविधिको उपयोग गर्ने जनाएको छ।

कम्पनीले सन् २०१५ मा नै प्रोजेक्ट एस्टोरिया योजनामार्फत एन्ड्रोइड एप्सलाई विन्डोजमा चलाउने योजना बनाएको थियो। तर, उसले त्यसको एक वर्षपछि नै आफूहरु यसमा असफल भएको घोषणा गरेको थियो।

विन्डोज ११ मा नयाँ आइकन, एनिमेशन, नयाँ स्टार्ट मेन्यू, टास्कबार लेआउट देख्न पाइनेछ। यसका साथै कम्पनीले एपको ‘रि-एरेन्ज’ पनि गर्ने बताइएको छ जसको फाइदा मल्टिपल मोनिटरमा पाइनेछ। माइक्रोसफ्ट एक नयाँ एप स्टोरमा पनि काम गरिरहेको बताइएको छ।

विन्डोज अपरेटिङ सिस्टमको पहिलो संस्करण सन् १९८५ मा लन्च गरिएको थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय बाँडफाँटको जिम्मा…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच तत्काल मन्त्रिपरिषद विस्तार गर्ने सहमति जुटेको

राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी संग्रहालयको उद्घाटन (फोटो फिचर)

सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण सम्पन्न गरेको युद्ध संग्रहालयको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन्। संग्रहालयको उद्घाटनका लागि राष्ट्रपति भण्डारी हेलिकप्टरमार्फत

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ। बैठकमा मन्त्रिपरिषद विस्तार, सरकारका न्यूनतम साझा कार्यक्रमलगायत समसामयिक राजनीतिमाथि छलफल भइरहेको बताइएको

भारतमा पुन: बढ्न थाल्यो कोरोना संक्रमण

भारतमा कोरोना संक्रमण पुन: बढ्न थालेको छ। नयाँ भेरियन्टले भारतमा केही समययता सुस्त बन्न लागेको संक्रमणलाई पुन: बढाउँदै लगेको छ।