आफू नै अवैध भएका प्रचण्डलाई राष्ट्रपतिभन्दा राजा किन प्यारो नहोस् त : सूर्य थापा


आयोमेल संवाददाता
उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य

आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफू नै अवैध भएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई राष्ट्रपतिभन्दा
राजा मन पर्नु स्वभाविक भएको प्रतिक्रिया दिएका छन्।

आज ट्विट गर्दै थापाले पार्टीको महाधिवेशन नगरी चलेकाले अध्यक्ष ‘प्रचण्ड’ र माओवादी केन्द्र पार्टी नै वैधानिक नरहेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन्। उनले भनेका छन्, ‘पार्टीको महाधिवेशन नगरी चलेकाले अध्यक्ष प्रचण्ड र माके पार्टी नै वैधानिक छैनन्। निर्वाचन आयोग, प्रचण्ड र माकेको अविलम्ब ध्यानाकर्षण हुनुपर्छ। २०७५ जेठ ३ यताको ३ वर्ष शून्य अवधि र थप समय पाउँदा पनि ६ महिनायता प्रचण्ड स्वयं अवैध भइसकेछन्। अनि राष्ट्रपतिभन्दा उहाँलाई राजा मन नपरोस् त?’

पार्टी वैधानिक हुन अनिवार्यत: कानून परिपालना गरेको हुनैपर्ने भन्दै थापाले गैरकानुनी रूपमा चलेकाहरुले अरूलाई प्रश्न उठाउन नमिल्ने बताए।

‘कानुनीराजको बर्खिलापका कार्य दण्डनीय छन्। प्रभु साहजीले उठाएको प्रश्न अत्यन्त जायज छ। बैधानिक हैसियतविना प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवका कार्यहरू नै अवैध छन्।’, थापाले भनेका छन्।

विभिन्न सञ्चारमाध्यमका सम्पादकसँगको अन्तरक्रियामा बिहीबार प्रचण्डले राष्ट्रपतिको भन्दा राजाकै बढी शान, मान र इज्जत रहेको टिप्पणी गरेका थिए।

‘राष्ट्रपति संविधानको संरक्षक हुनेछ भनेर भनिएको छ। तर प्रधानमन्त्रीले जे भन्यो त्यो मात्र खुरुखुरु गरेको छ। यो भन्दा त राजा हुँदा नै बढी शान थियो। अहिले शान पनि छैन, मान पनि छैन र इज्जत पनि छैन,’ प्रचण्डले भनेका थिए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
अष्ट्रेलियाविरुद्धको टी-२० मा बंगलादेशलाई ऐतिहासिक जित

बंगलादेशले अष्ट्रेलियाविरुद्धको पाँच खेलको टी-२० सिरिजअन्तर्गत पहिलो खेलमा ऐतिहासिक जित निकालेको छ। बंगलादेशले टी-२० मा पहिलो पटक अष्ट्रेलियालाई पराजित गरेको

कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुन्छ, हल्लाको पछि नलाग्नुस्…

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने स्पष्ट पारेको छ। बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले केही सञ्चार माध्यममा

उच्च जोखिममा रहेका घरमा नबस्न आग्रह

गत असार १ गतेदेखि आएको बाढीले नदीतटीय घर बस्तीमा क्षति पुर्‍याएको बेलासमेत स्थानीय सरकारले बेवास्ता गरेको भन्दै आलोचना भइरहेको बेला

अफगानिस्तानका रक्षामन्त्रीको घरमा आक्रमण, चारजनाको मृत्यु

अफगानिस्तानका रक्षामन्त्रीको घरमा गरिएको आक्रमणमा परी चारजनाको मृत्यु भएको छ। बन्दुकधारीले काबुलको सबैभन्दा सुरक्षित मानिने ग्रीन जोनस्थित रक्षामन्त्री विस्मिल्लाह खान