माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि तँलाई नै खान्छु भनेर झम्टिन आयो


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सिद्धिन लागेको माओवादीलाई आफूले पार लगाउँदा उल्टै आक्रमण गरेको आरोप लगाएका छन्। नेपाल टेलिभिजनलाई अन्तर्वार्ता दिँदै ओलीले ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत दिएर सहयात्रा गरेको बताए।

‘मैले सिद्धिन लागेको, ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत दिएर सहयात्रा गरेँ। माओवादीले जुन हैसियत प्राप्त गर्‍यो, सिंह बनाएपछि तैंलाई खान्छु भनेर झम्टिन आयो। मैले एकता र एकीकरण गरेको थिएँ। कसका कति मान्छे होइन, एकताको भावनासाथ एकीकृत पार्टीको निर्माण गरेको थिएँ। तर, त्यसको हैसियतको दुरुपयोग गरेर पार्टीभित्र अपवित्र, अनुचित, अस्वस्थ्य, हानिकारक र अनैतिक खालको गठबन्धन गरियो।’, ओलीले भने।

कम्युनिष्ट आन्दोलन विश्रृंखलित र विघटित भएका बेला नयाँ एकीकरणको अभियान थालेर यहाँसम्म ल्याइपुर्‍याउने र नेपालको कम्युनिस्ट आन्दोलनलाई एकजुट बनाउने कामको अभियान सुरु गरेको बताउँदै ओलीले एमालेको महाधिवेशनबाट निर्वाचित भएको आफूलाई अस्वस्थ्य र अनुचित गठबन्धनबाट स्वार्थहरुको भागबण्डा गरेर अध्यक्षबाट निष्कासन गरेको घोषणा गर्ने काम भएको बताए।

‘म प्रथम अध्यक्ष, मलाई जनकारी पनि छैन। मलाई कसैले सोध्दैन। तर, निष्कासन गरेको अखबारबाट सुनिन्छ। यो तमासा मैले गरेको होइन। संसदीय दलको नेताबाट हटाएको होइन? एउटाले दोस्रो अध्यक्षको पगरी फ्याँक्छ, पहिलो अध्यक्षको लगाउँछ। पगरी नभएकाले दोस्रो अध्यक्षको पगरी टिपेर लगाउँछ। संसदीय दलको नेताबाट हटाएर दलको नेताको पगरी लगाएको देखियो। त्यतिले धित मरेन। पुच्छर चटपटाउँछ। पुच्छर चटपटायो भने जिउँदो हुन सक्छ। बाघ जबसम्म घोप्टो रहन्छ, होसियार हुनुपर्छ भनेर घोप्टो पर्न पनि दिनुभएन। पुच्छर चटपाउन पनि दिइएन। साधारण सदस्यबाट पनि हटाइयो।’, उनले भने।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार

फोर्ड नेपालका अनुसार फिगो शृंखलाका ‘फोर्ड फिगो टाइटेनियम एटी’ र ‘फोर्ड फिगो टाइटेनियम प्लस एटी’ गरी दुई नयाँ भेरियन्ट सार्वजनिक

एमालेले गठन गर्‍यो ९ वटा विभाग, माधव समूहका लागि ठाउँ…

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी महाधिवेशनलाई लक्षित गरेर विभिन्न विभागहरू गठन गरेको छ। तीन दिनदेखि जारी स्थायी कमिटी बैठकको

नेप्सेमा झिनो सुधार, बजार पूँजीकरण ४२ खर्ब ९८ अर्ब

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साेमबार पनि झिनो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.०६ बिन्दुले